बाँकेको राप्ती सोनारीमा भएको धारिलो हतियार प्रहारको घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै तरुण दल बाँकेले प्रदर्शन गरेको छ।
कोहलपुरमा आइतबार दिउँसो तरुण दलका कार्यकर्ताले एक घण्टा सडकमा प्रदर्शन गरेका हुन्।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका व्यक्तिले शनिवार बेलुकी करिब साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका थिए।
घाइते दुवैको भारतको लखनउमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाको भर्त्सना गरेको नेपाल तरुण दल बाँकेका कार्यकर्ताले विरोध स्वरूप कोहलपुरमा आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।
प्रदर्शनका कारण केही बेरसम्म यातायात सेवा प्रभावित बन्न पुगेको थियो। इलाका प्रहरी कार्यालय कोहलपुर, चौराहा तथा न्यूरोड क्षेत्रमा ठुलो संख्यामा उपस्थित भएका तरुण दलका कार्यकर्ताले दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका थिए। तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले घटनामा संलग्न दोषीलाई कारबाही माग गर्दै एक घण्टा सडकमा प्रदर्शन गरिएको बताए।
उक्त घटनाको विषयमा तरुण दल बाँकेका अध्यक्ष शाह र सचिव विनोद रिजालले विज्ञप्ति निकालेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यस्तै तरुण दलका तीन वटै क्षेत्र र ८ वटा पालिका स्तरीय समितिले पनि संयुक्त विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।