यो गीतका शब्दमा जस्तै अहिले हरेकका भान्सामा कादोका परिकार पाक्दैनन्। भात र बजारका तयारी परिकार नै हाम्रो मुख्य खाना भइरहेको छ। यस्ता खानेकुराले हाम्रो स्वास्थ्य जीवनमा नै प्रतिकुल असर गर्दछ। खानपिनकै कारण धेरै मानिसहरु प्राणघातक रोगको सिकार बनेका छन्। पछिल्लो समय रैथाने बालीको महत्त्व बुझेर नै यसतर्फ भरतपुरका केही मानिसहरु आकर्षित देखिन्छन्।
‘सधैं भात खाँदा खेरी सुगर प्रेसर बढेर
अहिले हाम्ले कोदो रोप्यौं खाम्ला भनेर’
भरतपुर–८ स्थित ज्योति टोलमा आइतबार सामूहिक रुपमा कोदो रोप्दै यहाँका महिलाले यसको महत्त्व गीत मार्फत यसरी दर्शाइरहेका थिए। गीत गाउनेहरूमा कोही पहिलो पटक कोदो रोपिरहेका भेटिन्थे त कोही लामो समयपछि रोप्दै थिए।
पहिलो पटक कोदो रोपिरहेकी थिइन् भरतपुरकी दुर्गा सापकोटा। ‘म ४० वर्षकी भएँ, कोदो रोपेकी थिइन बजारबाट नै किनेर खान्थ्यौं’,उनले भनिन् ‘अहिले भने समूहमा मिसिएकी छु।’
यसरी सामूहिक रुपमा कोदो रोप्ने अवसर जुराएको हो भरतपुर–९ को त्रिपुरेश्वर कृषि सहकारी संस्थाले। सहकारी मार्फत यहाँ रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ। यस कृषि सहकारीले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरु मार्फत अभियान संचालन गरिरहेको छ।
सहकारी संस्था मार्फत आइतबार भरतपुर वडा नम्बर–८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ। सुरुवातमा बाँझो रहेको आठ कठ्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलो पटक सामूहिक रुपमा कोदो रोपिएको हो।
‘सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छोड्ने, बाँझो राख्ने क्रम उच्च छ, सापकोटाले भने, खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौं।’
सापकोटाका अनुसार भरतपुर महानगरपालिका-८ र ९ नम्बर वडामा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ। यस वर्ष मात्रै सहकारी संस्था मार्फत बिउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ।
रैथाने बाली संरक्षणका लागि संस्थाले तीन वर्षदेखि काम गरेको उनले बताए। ‘कोदो पोषणका लागि पनि राम्रो हुने भएकाले किसानले बाँझो जमिनमा खेती गर्न थालेका छन्। कोदो रुखो जमिनमा पनि हुन्छ’, उनले भने, ‘यसले माटोको बढी अम्लीयपन समेत सहन सक्छ।’ उनका अनुसार ८ दशमलव ५ युपिएस अम्लीयपनमा पनि कोदो हुन्छ।
सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक केजी रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो। त्यसबाट ४१ केजी बीउ उत्पादन भएको थियो। त्यस बीउ मध्य संस्थाका सदस्यलाई यस वर्ष २२ केजी बीउ वितरण गरिएको सापकोटाले बताए।
लामो समय पछि कोदो रोप्न पाउँदा स्थानीय समेत हर्षित भएका छन्। भरतपुर–८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए।
विगतमा पहाडमा रहँदा १० मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि कोदो रोप्न छाडेका थिए। तर, यस वर्ष भने उनले २ कठ्ठा जमिनमा कोदो रोपेको बताए। ‘बाहुनले कोदो खानु हुँदैन भन्ने मान्यता थियो, राती राती कोदो बेचिन्थ्यो’, उनले भने, ‘हिजोआज किनेर खानुपर्ने बाध्यता छ।’
तनहुँबाट चितवन झरेकी शान्तीमाया थापालाई कोदो निकै मनपर्छ। तर उनले रोप्न छाडेको भने २३ वर्ष पुगिसक्यो। चितवन झरेपछि कोदोसँगको सम्बन्ध टाढा हुँदै गएको उनले बताइन। बजारबाटै कोदो किनेर खाँदै आएको भन्दै उनले अहिले भने समूहमार्फत कोदो खेती गर्न पाउँदा खुसी भएको बताइन।
भरतपुर महानगरपालिका वडा नम्बर-९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागि परेको बताए। महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने बताए।
अहिले बजारमा कोदोको मूल्य प्रतिकेजी सय रुपैंया रहेको छ। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ।
चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा गर्न सकिने भएकाले किसानका लागि समेत यो लाभदायक हुने कृषि विकास कार्यालय चितवनका कृषि अधिकृत उमनाथ अर्यालले बताए।
चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव २ मेट्रिक टन छ। गत वर्ष जिल्लामा १ हजार ४ सय ६५ हेक्टरमा कोदो खेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...