लामो समययता थाती रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। सत्ता राजनीतिक स्वार्थको द्वन्द्वमा फसेको उक्त विधेयक अन्ततः तीन दलबीच सहमति भएपछि बुधबार संसद्बाट पारित भएको हो।
कार्यदल सदस्यहरू कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका तर्फबाट प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका तर्फबाट उपमहासचिव जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीसहितको बैठकले संसद्बाट पास गर्ने सहमति गरेको थियो।
बैठकमा पूर्वकानुनमन्त्री ध्रुवबहादुर प्रधान, महान्यायाधिवक्ता रमेश बडाल र नेपाली सेनाका उपरथी जीवनप्रसाद दाहालसमेत सहभागी रहेकाले सबै पक्षको हितलाई ध्यानमा राखेर कानुन निर्माणको चरणमा पुगेको भन्न कठिन छैन।
प्रचलित नेपाली कानुन, अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतका कार्य भएर पनि मानवअधिकारको उल्लंघन मानिनेका लागि सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा जनसमुदायविरुद्ध लक्षित गरी वा योजनाबद्ध रूपमा गरिएको हुनुपर्ने प्रावधान छ।
यस प्रावधानप्रति मानवअधिकारकर्मी एवं द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन्। यसले युद्ध अपराध र मानवताविरुद्धको अपराधका सबै अवयवलाई मानवअधिकारको गम्भीर उल्लंघन मानिने अन्तर्राष्ट्रिय मान्यता आत्मसात् नगरेको द्वन्द्वपीडितको भनाइ छ।
त्यस्तै युद्ध अपराध र मानवताविरुद्धको अपराधको थ्रेस होल्डलाई सन्तुष्ट नपार्ने प्रकृतिका उल्लंघनहरूलाई मानवअधिकारको उल्लंघनको दायराबाट बाहिर राखिनु संक्रमणकालीन न्यायको उद्देश्यविपरीत भएको र मानवअधिकारको गम्भीर उल्लंघनको परिभाषा पनि अन्तर्राष्ट्रिय कानुनी मापदण्डअनुरूप नभएको अधिकारकर्मीले दाबी गरेका छन्।
जबाफदेहिता निगरानी समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा गम्भीर त्रुटि रहेको जनाउँदै सच्याउन आग्रह गरेको थियो। तर उनीहरूले उठाएको विषयवस्तुलाई समेटिएको छैन। निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईं, सहसंयोजकद्वय राजन कुइँकेल र रुकमनी महर्जन तथा सदस्यहरू चरण प्रसाईं, डा. गौरीशंकरलाल दास, डा. मन्दिरा शर्मा, प्रा. कपिल श्रेष्ठ, डा. गोपालकृष्ण शिवाकोटी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी, द्वन्द्वपीडित सुमन अधिकारी, देवी सुनुवार, बाबुराम गिरी, डा. वीरेन्द्र थपलिया, अधिवक्ता ओमप्रकाश अर्याल, जनकबहादुर राउत, अधिकारकर्मी इन्द्रप्रसाद अर्याल र महामुनीश्वरले संयुक्त विज्ञप्ति जारी गरेका थिए। सशस्त्र द्वन्द्वका क्रममा निःशस्त्र व्यक्ति वा जनसमुदायविरुद्ध लक्षित गरी वा योजनाबद्धबाहेक युद्धको नियम उल्लंघन गरी जोसुकैविरुद्ध गरिएका हत्या, बेपत्ता पार्ने कार्य, यातनालगायत उल्लंघनलाई समेट्न चुकेको अधिकारकर्मीको भनाइ थियो।
केके छन् अपेक्षा?
पीडितमैत्री कानुन बन्नुपर्छ भन्ने जनताको भावनाअनुरूप नै कानुन निर्माण भएको राजनीतिक दलका नेताहरू बताएका थिए। विधेयक संसद्मा टेबुल हुँदाका बखत प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता सहकार्य गरिरहेको प्रमुख दल कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पीडितमैत्री विधेयक आएको भन्दै खुसी व्यक्त गरेका थिए।
मेलमिलापलाई न्यायको विकल्पका रूपमा लिन नहुने चाहना जनताको हो। प्रतिनिधिसभाबाट पारित विधेयकमा रहेको खतरा यही हो। यसै विषयमा सरोकारवालाले प्रश्न उठाइरहेका छन्। विश्वका धेरै भागमा मेलमिलापलाई पूर्ववर्ती शासन व्यवस्थाका सदस्यहरूले पीडितहरूलाई माफी दिन एवं बिर्सन सर्तका रूपमा अघि सार्ने गरेका छन्।
नेपालमा यस्तो हुनुहुँदैन भनेर सरोकारवालाको खबरदारी छ। त्यसैगरी नेपाली जनताले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले पीडितहरूको केन्द्रीयतालाई विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ। शीर्ष नेताहरूले यो विषयमा पनि प्रतिबद्धता जनाएका छन्। योसँगै द्वन्द्वबाट अत्यधिक प्रभावित समूहको पहिचानमा विभेद भयो भने पनि अहिले प्रतिनिधिसभाबाट पारित विधेयकले न्याय दिन सक्दैन।
द्वन्द्वबाट असर परेका समुदायको पहिचानमा कमजोरी भयो भने पनि त्यसले अर्को विद्रोह जन्माउने खतरा रहन्छ। यसपछि यो कानुनको निर्माणसँगसँगै जीवनयापन सुनिश्चित गर्न आर्थिक सहायता प्राप्त गर्नु र अन्य तत्कालिक आवश्यकताहरू जस्तै मनोसामाजिक तथा स्वास्थ्यजनित समस्याहरूको सम्बोधन गर्नु पनि हो।
सामान्यतया द्वन्द्वपीडितहरूका लागि न्याय भनेको सम्मानपूर्वक बाँच्नु र उनीहरूका दैनिक आवश्यकताहरू पूरा हुनु हो। उनीहरू सत्य र पुनःस्थापनात्मक न्याय हुने अपेक्षा गर्छन्। द्वन्द्वपीडितले न्यायसँगै सामाजिक–आर्थिक आवश्यकताहरूमा जोड दिने गरेका छन्।
द्वन्द्वपीडितहरूको दैनिक जीवनमा न्यायको अर्थ उनीहरूको मनोवैज्ञानिक तथा भौतिक आवश्यकताहरूसँग सम्बन्धित हुन्छ। पीडित तथा तिनका परिवारहरू समाजमा उनीहरूको व्यक्तिगत तथा पारिवारिक जीवनलाई पूर्ण स्वाभिमान र सम्मानका साथ निरन्तरता दिन चाहन्छन्।
द्वन्द्व अन्त्य भएको १८ वर्षभन्दा बढी समय बितिसक्दा पनि पीडितहरूको मुद्दा सम्बोधन भएका छैनन्। विभिन्न औपचारिक र अनौपचारिक पहल भए पनि द्वन्द्वपीडितहरूको अवस्था भने अझैसम्म उल्लेखनीय रूपमा रूपान्तरण हुन सकेको छैन।
संक्रमणकालीन न्यायकोे अभ्यास र पीडितहरूले खोजेका संक्रमणकालीन न्यायमा भने उल्लेखनीय अन्तर छ। संक्रमणकालीन न्यायमा पीडितकेन्द्रित अवधारणाको एक महŒवपूर्ण पक्ष पीडितहरूसँग बृहत् तहमा परामर्श हो।
छलफललाई आकार दिने तथा नीति तर्जुमा गर्ने कार्यमा परामर्शको ठुलो भूमिका हुन्छ। पीडितको भूमिका तथा प्रतिनिधित्व बढाउन र उनीहरूलाई संक्रमणकालीन न्यायिक प्रक्रियामा योगदान दिने तथा त्यसको स्वामित्व लिने मामिलामा सशक्त बनाउन पीडितलाई नीति मस्यौदादेखि लागु हुने चरणसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न गराउनु आवश्यक हुन्छ।
कहिले के भयो?
कांग्रेस र एमालेको बहुमत रहेको कानुन समितिमा मतदानबाट यो विधेयक गत पुसमै पारित गर्न तयार भएको थियो। तत्कालीन कानुनमन्त्री धनराज गुरुङले २०८० पुस ५ गतेको कानुन समितिको बैठकमा नमिलेका विषयमा सहमति हुने विश्वास दिलाउँदै मतदान नगर्न आग्रह गरेका थिए। त्यसपछि समितिले मतदानको प्रक्रिया रोकेको थियो।
समितिले मतदान नगर्ने भएपछि समितिभित्रको कोर टिमसँग यो विषयमा छलफल भइरहेको थियो तर कानुन समितिको उपसमितिका संयोजक ध्रुवबहादुर प्रधान नेतृत्वको उपसमितिले चार विषयमा सहमति गर्न नसकेर २०८० असोज १८ मा बुझाएको प्रतिवेदनका तीन विषयमा सहमति गरेको थियो। एक विषय बाँकी थियो, पीडितका बीचमा त्यो मेलमिलाप हुन नसके के गर्ने भन्ने तर यो विषयलाई कि सहमतिमा कि मतदानमा टुंगो लगाउने भनेर फागुन २० मा छलफल भइरहँदा कांग्रेस र माओवादी गठबन्धन भत्किएको थियो।
त्यसपछि लामो समय समितिको बैठक बस्न सकेन। उपसमितिले दिएको प्रतिवेदनमा रहेर समितिमा दुईपटक छलफल भएको थियो। तर अब धेरै छलफल नगर्ने मतदानबाट टुंगोमा पुर्याउन समिति तयार थियो।
यो विधेयकलाई लम्ब्याउन नहुने भन्दै कांग्रेस र एमालेले भूमिका खेल्दै गत असार १३ गते कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीचको छलफलले कार्यदल बनाएको थियो। रमेश लेखक, महेश बर्तौला र जनार्दन शर्मा सदस्य रहेको कार्यदलले पहिल्यै नै मिलेका तीन र हालै मिलेको एक गरी चार विषयको सहमति भएको कुरा बाहिर आएको थियो।
अघिल्लो संसद् २०७४ देखि २०७९ को कार्यकालमा सहमति हुन नसकेर निष्क्रिय बनेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ नयाँ संसद् आएपछि २०७९ फागुन २५ मा संसद्मा दर्ता गरिएको थियो। प्रतिनिधिसभाको बैठकले २०८० वैशाख १५ गते समितिमा पठाएको थियो।
कानुन समितिमा पुगेपछि २०८० जेठ ५ गते विधेयकमा दफाबार छलफल गर्न समितिले ११ सदस्यीय उपसमिति गठन गरेको थियो। उपसमितिले पीडित, विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरेर तीन साताभित्र प्रतिवेदन बुझाउनुपर्ने भनेको थियो। उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्ताैला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, पूर्णबहादुर घर्ती, सन्तोष परियार, ध्रुवबहादुर प्रधान, रञ्जुकुमारी झा, शेरबहादुर कुँवर र गोमा लाभ सापकोटा सदस्य थिए।
यो समितिले २०८० असोज १८ मा उपसमितिले चार विषयबाहेकका विषयमा सहमति जुटाएको थियो। अघिल्लो संसद्को अवधि सकिनुभन्दा एक महिनाअघि २०७९ भदौ २९ मा सत्यनिरूपण तथा मेलमिलापसम्बन्धी विधेयकमा सहमति खोज्न संसद्को कानुन तथा मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको थियो।
कार्यदलमा एमालेका तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य थिए। तर एक महिनाको अवधिमा यो कार्यदलले सहमति जुटाउन नसकेपछि संसद्को अवधिसँगै विधेयक निष्क्रिय बनेको थियो। शान्ति प्रक्रियाको बाँकी काम संक्रमणकालीन न्याय टुंग्याउन २०७१ मा कानुन बने पनि पीडितमैत्री नभएको, अन्तर्राष्ट्रिय मूल्य–मान्यताविपरीत भएको भन्दै सर्वाेच्चले पूर्ण कानुन बनाउन आदेश दिएको थियो।
यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
अन्तर्राष्ट्रिय फौजदारी कानुन वा अन्तर्राष्ट्रिय मानवीय कानुन युद्ध अपराध, नरसंहार, मानवताविरुद्धको अपराधका सम्बन्धमा अनुसन्धान तथा अभियोजन गर्न अन्तर्राष्ट्रिय फौजदारी ट्राइबुनलको गठन गरिएको छ।
खासगरी राष्ट्रिय संस्थाहरू यस्ता अपराधका सम्बन्धमा कारबाही गर्न असक्षम वा अनिच्छुक भए यस्ता न्यायिक निकायको गठन गर्ने अभ्यासको विकास भएको छ। युद्ध अपराध, नरसंहार, मानवताविरुद्धको अपराधका सम्बन्धमा अनुसन्धान तथा अभियोजन गर्न तीन प्रकारका ट्राइबुनलहरू गठन भएको देखिन्छ–अन्तर्राष्ट्रिय सैनिक ट्राइबुनल, अन्तर्राष्ट्रिय फौजदारी ट्राइबुनल र वर्णशंकर/मिश्रित ट्राइबुनल।
अन्तर्राष्ट्रिय सैनिक ट्राइबुनल
दोस्रो विश्वयुद्धको समाप्तिपछि विजेता राष्ट्रहरूका तर्फबाट दुईवटा सैनिक ट्राइबुनल गठन गरिएको थियो। नाजी सेना तथा जापानी सेनाले अन्य देशविरुद्ध आक्रमणको षड्यन्त्र गरेको, आक्रमण (युद्ध) गरेको र युद्धको समयमा निर्धारित नियमको उल्लंघन, आम नरसंहार, लुटपाट, जबर्जस्ती यौनशोषणलगायत आरोपमा छानबिन गर्ने उद्देश्यले यी ट्राइबुनलको गठन गरिएको थियो।
जर्मनी
दोस्रो विश्वयुद्धका समयमा जर्मन नाजी सेना तथा नेताहरूबाट भएगरेका चार प्रकारका अपराधको छानबिन गरी सजाय गर्न यस प्रकारको ट्राइबुनल गठन भएको थियो। उक्त ट्राइबुनलले निम्नानुसारका अपराधबारे मुद्दा सुनुवाइ गरेको थियो। शान्तिविरुद्धको अपराध, मानवताविरुद्धको अपराध, युद्ध अपराध र उक्त तीनवटा अपराध गर्ने योजना वा षड्यन्त्र।
उक्त ट्राइबुनलले सन् १९४५ देखि १९४६ सम्ममा दर्जनौं संख्यामा सुनुवाइ गरेको थियो र नाजी नेतृत्वले अपराध गरेका माथि उल्लिखित घटनाका विषयमा छानबिन र अभियोजनापछि सुनुवाइ गरेर निर्णय दिइएको थियो। उक्त ट्राइबुनले आफ्नो निर्णयमा केही आधारभूत सिद्धान्तसमेत तय गरेको थियो। उक्त ट्राइबुनलको निर्णयका आधारमा अन्तर्राष्ट्रिय कानुन आयोगले देहायका सात आधारभूत सिद्धान्तलाई संहिताबद्ध गरेको छ।
पूर्वयुगोस्लाभिया
यो पूर्वयुगोस्लाभियामा सन् १९९१ देखि २००१ सम्म भएका युगोस्लाभिया युद्ध, अत्याचार र जातीय सफायाको छानबिन र अभियोजनका लागि संयुक्त राष्ट्र सुरक्षापरिषद्को प्रस्ताव नम्बर ८२७ बमोजिम सन् १९९३ मा पूर्वयुगोस्लाभियाका लागि अन्तर्राष्ट्रिय फौजदारी ट्राइबुनलको स्थापना भएको थियो। यसको कार्यस्थान नेदरल्यान्ड्सको हेगमा राखिएको थियो। यो २४ वर्ष सञ्चालनमा रहेर डिसेम्बर २०१७ मा बन्द गरियो।
सन् १९९१ देखि पूर्वयुगोस्लाभियामा जेनेभा महासन्धिको उल्लंघन, युद्ध अपराध, नरसंहार, मानवताविरुद्धको अपराधका विषयमा छानबिन र अभियोग गर्ने क्षेत्राधिकार तोकिएको थियो। उक्त ट्राइबुनलले एक सय ६१ जना व्यक्तिविरुद्ध अभियोग दर्ज गराएको थियो। त्यसमध्ये ८९ व्यक्तिलाई दोषी घोषित गरिएको, १८ व्यक्तिलाई सफाइ दिइएको र १३ जनासँग सम्बन्धित मुद्दा राष्ट्रिय अदालतमा पठाइएको थियो। ३७ जनाविरुद्धका मुद्दा फिर्ता लिइएको वा अभियोग लागेका व्यक्तिको मृत्यु भएको थियो।
रुवान्डा
रुवान्डामा १ जनबरी ११९४ देखि ३१ डिसेम्बर १९९४ सम्म भएका आम नरसंहारका घटनाहरू त्यहाँका अल्पसंख्यक जनताविरुद्ध भएका नरसंहारमा संलग्न व्यक्तिहरूको सत्यनिरूपण तथा मेलमिलाप आयोग सम्बन्धमा छानबिन र अभियोजनका लागि संयुक्त राष्ट्र सुरक्षापरिषद्को प्रस्ताव नं. ९९५ बमोजिम सन् १९९४ मा रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी ट्राइबुनलको स्थापना भएको थियो। यसको कार्यस्थल तान्जानियाको आरुसामा राखिएको थियो। यो ट्राइबुनलले २० वर्षको अवधिमा आफ्नो अन्तिम निर्णय दिएपछि डिसेम्बर २०१५ मा बन्द गरियो।
यो ट्राइबुनले ९३ व्यक्तिविरुद्ध अभियोग लगाइएको थियो। तीमध्ये ६१ जनालाई दोषी ठहर गरी सजाय गरिएको थियो भने १४ जनालाई सफाइ दिएको थियो। पाँच मुद्दा रुवान्डा र फ्रान्सका राष्ट्रिय अदालतसमक्ष पठाइएको थियो। दुईवटा अभियोग फिर्ता लिइएको थियो भने तीन अभियुक्तको सुनुवाइको अवधिमा नै मृत्यु भएको थियो।
लेबनान
लेबनानी सरकारले संयुक्त राष्ट्रसंघलाई गरेको अनुरोधका आधारमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव नं. १७५७ का आधारमा लेबनानका लागि विशेष ट्राइबुनलको स्थापना गरिएको थियो। यो ट्राइबुनलमा लेबनानी तथा विदेशी न्यायाधीशहरू रहने व्यवस्था गरिएको थियो। यो ट्राइबुनलको मुख्यालय नेदरल्यान्ड्सको हेगमा र एक अर्को कार्यालय लेबनानको बेरुतमा राखिएको थियो।
सन् २००५ फेब्रुवरीमा प्रधानमन्त्री रफिक हरारीलगायत २२ जनाको हत्या भएको घटनाको छानबिन गर्ने अधिकार यो ट्राइबुनललाई दिइएको थियो। साथै ट्राइबुनलको सुनुवाइमा पीडितहरूको सहभागिता सत्यनिरूपण तथा मेलमिलाप आयोग रहने व्यवस्था पनि गरिएको थियो। यो ट्राइबुनलमा पीडितको सहभागिताको अधिकार, पीडक अधिकार र अभियोजकको रणनीतिबीच सन्तुलन कायम गर्ने नीति पनि अवलम्बन गरिएको थियो।
पूर्वी टिमोर
सन् १९९९ मा पूर्वी टिमोरमा भएका गम्भीर अपराधको छानबिन तथा अभियोजनका लागि सन् २००० मा संयुक्त राष्ट्र संक्रमणकालीन प्रशासनद्वारा वर्णशंकर ट्राइबुनलको स्थापना गरिएको थियो। जसको नाम डिल्ली कोर्ट अफ सिरियस क्राइम प्यानेल (इस्ट टिमोर) राखिएको थियो।
उक्त प्यानेललाई आम नरसंहार, युद्ध अपराध, मानवताविरुद्धको अपराध, हत्या, यौनसम्बन्धी अपराध र यातनाका विषयमा छानबिन, अभियोजन र निर्णय गर्ने अधिकार दिइएको थियो। यो विशेष प्यानेलले चार सय व्यक्तिविरुद्ध अभियोग दर्ज गरेको थियो। तीमध्येका अधिकांश व्यक्तिहरू इन्डोनेसियन नागरिक थिए र उनीहरूलाई त्यहाँको सरकारले सुपुर्दगी नगरेका कारण मुद्दाको कारबाही नै प्रभावित भएको थियो।
उक्त प्यानेलले ८८ व्यक्तिविरुद्ध मुद्दाहरूको ५५ वटा सुनुवाइ गरेको थियो र त्यसमा ८४ जना व्यक्तिलाई सजाय गरिएको थियो भने चार जनालाई सफाइ दिइएको थियो। यसका अतिरिक्त पाँच सय १४ उजुरीहरू छानबिनका क्रममा नै थिए र संयुक्त राष्ट्रबाट आर्थिक सहयोग रोकिएका कारण तिनको छानबिन नै प्रभावित भएको थियो। यी सहित आठ सय २८ उजुरीका सम्बन्धमा छानबिन हुन सकेन।
विशेष कोर्ट अफ कम्बोडिया
सन् १९९७ मा कम्बोडियन सरकारले खमेररुज शासनकालमा (सन् १९७५ देखि १९७९ सम्म) भएका अपराधको छानबिनका लागि सहयोग गर्न संयुक्त राष्ट्रलाई अनुरोध गरिएको थियो। त्यसपछि कम्बोडियाको नेसनल एसेम्लीले सन् १९७५ देखि १९७९ सम्ममा खमेरुज शासन अवधिमा भए गरिएका गम्भीर अपराधको छानबिन तथा अभियोजन गर्ने अदालतको स्थापना गर्न कम्बोडिया विशेष अदालतको स्थापना गरिएको थियो।
यो अदालतलाई कम्बोडिया अदालतले असाधारण च्याम्बर नाम दिइएको थियो। अदालतको क्षमता वृद्धिका लागि संयुक्त राष्ट्रसंघ र कम्बोडिया सरकारबीच एक सम्झौता सम्पन्न भएको थियो र सो सम्झौताका आधारमा विदेशी स्टाफहरू पनि उपलब्ध गराइएको थियो।