सरकारले कर्मचारीहरूको तलबमान समायोजनको गृहकार्य अघि बढाएको छ। मन्त्रिपरिषद्मा यस विषयमा प्रस्ताव लगिएको बेला राजपत्र अनंकित कर्मचारीहरूले तलबमान निर्धारणमा भेदभाव नगर्न सरकारलाई चेतावनी दिएका छन्।
सरकारले तलबमान समायोजन गर्दा उनीहरूको पक्षमा अन्याय गरे सशक्त आन्दोलनमा उत्रिने घोषणा उनीहरूले गरेका छन्। राजपत्र अनंकित कर्मचारीहरूले सर्वोच्च अदालतको परामर्श अनुसार तलबमान निर्धारण गर्नुपर्ने माग राखेका छन्।
२०८० पुस २६ गते सहसचिव, उपसचिव र शाखा अधिकृतहरूले सुरक्षा निकायका कर्मचारीहरूसँगको तलब विभेदलाई लिएर सर्वोच्चमा रिट दायर गरेका थिए। २०८१ असार १० गते सर्वोच्चले मर्यादाक्रमअनुसार तलबमान निर्धारण गर्न सरकारलाई परामर्श दिएको थियो।
यसबारे सरकारले गृहकार्य अघि बढाएपछि राजपत्र अनंकित कर्मचारीहरूले चेतावनी दिएका हुन्। उनीहरूका अनुसार, सहसचिव, उपसचिव र शाखा अधिकृतहरूको मात्र तलब वृद्धि गर्दा नायब सुब्बा र तल्लो तहका कर्मचारीहरू अन्यायमा पर्नेछन्।
नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले भने, "यदि सरकारले हाम्रो माग सम्बोधन नगरी तलबमान निर्धारण गर्यो भने हामीलाई बाध्य भएर आन्दोलनमा जानु पर्नेछ।"
उनले थपे, "तल्लो तहका कर्मचारीहरू नागरिकसँग प्रत्यक्ष सम्पर्कमा हुने हुँदा उनीहरूको भूमिका महत्त्वपूर्ण छ। तर, वृद्धि, सेवा सुविधा, र वृत्ति विकासमा भेदभाव हुँदा असन्तोष बढिरहेको छ।"
सरकारले यस विषयमा उचित निर्णय नगरे श्रेणीगत विभेदका कारण द्वन्द्व सिर्जना हुने खतरा रहेको र यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी कुनै पनि ट्रेड युनियनले लिन नसक्ने शर्माको भनाइ छ।