अन्नबाली जोगाउन विद्युतीय पासो थाप्दा आफ्नै ज्यान जोखिममा
३१ साउन २०८१
•
३ मिनेट पाठ
अन्नबाली जोगाउन विद्युतीय पासो थाप्दा आफ्नै ज्यान जोखिममा
किसानका लागी आफूले लगाएको बाली जोगाउन सबै भन्दा सकसको विषय बन्दै गएको छ। आफूले लगाएको अन्नबाली जोगाउन अनेक उपाय अपनाउँदा आफ्नै ज्यान जाने गरेका थुप्रै घटनाहरू छन्।




यही बुधवार बेलुका भुमिकास्थान नगरपालिका वडा नम्बर १०, धनचौरमा एक जनाको विद्युतीय पासोमा परेर ज्यान गएको छ। धनचौरको पाकुमा आफ्नै घरको बारीमा जङ्गली जनावरलाई लगाएको विद्युतीय पासोमा करेन्ट लाग्दा ४६ वर्षीय ज्ञानुकला चुँदालीको ज्यान गएको हो।

साँझ खाना खाएर बाहिर निस्किएकी ज्ञानुकला धेरै अबेरसम्म घरमा नआएपछि परिवारले उनको खोजी गरेको थियो। सोही क्रममा उनी बारीमा मृत फेला परेकी थिइन्। आफ्नो अन्नबाली जोगाउन थापेको विद्युतीय पासोमा परेर उनको मृत्यु भएको वडा अध्यक्ष खगेश्वर पन्थीले जानकारी दिए।

पोष्टमार्टम रिपोर्टका अनुसार पनि उनको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको प्रहरीले जनाएको छ। बाँदर, बँदेल र दुम्सीबाट बारीमा लगाएको मकै जोगाउन खोज्दा ज्ञानुकलाले ज्यान नै गुमाउन प¥यो। उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमान् चुरामणी चुँदालीलाई लापरबाही अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ।

यता आमाको मृत्यु भयो, उता बुवालाई प्रहरीले लगेपछि घरमा छोराछोरीको बिचल्ली भएको छ। पाँच छोरी र एक छोरा रहेका चुँदाली दम्पतीका तिन छोरीहरूको विवाह भईसकेको छ भने ३ सन्तान घरमै छन्। आफ्ना अभिभावकहरू नहुँदा उनीहरू एक्लो जस्तो बनेका छन्।

विगत दुई वर्षयता विद्युतीय पासोमा परेर मृत्यु भएको यो चौथो घटना हो। यसअघि तिन जनाको विद्युतीय पासोमा परेर मृत्यु भईसकेको छ। छत्रदेव गाउँपालिका र शितगंगा नगरपालिकामा विद्युतीय पासोमा परेर तिन जनाको मृत्यु भएको छ।  यस्तै जनावर लखेट्ने क्रममा भिरबाट लड्दा मालारानीमा दुई जनाको मृत्यु भएको छ भने छत्रदेवमा एक जनाको मृत्यु भएको छ। भुमिकास्थानमा जनावरलाई मार्न बन्दुक लिएर हिँड्दा पड्किएर आफ्नै ज्यान गएका घटनाहरू समेत भएका छन्।

गाउँघरमा फल्दै गरेका मकै बाँदरले नोक्सान गरेपछि स्थानीयहरूले अनेक उपायहरू अपनाउँछन्। विद्युतीय पासो थाप्ने, भिड जम्मा भएर लखेट्ने, बन्दुक पड्काएर तर्साउने/मार्ने, कुकुरको प्रयोग गर्ने, गुलेलीले हान्ने जस्ता उपायमार्फत उनीहरू अन्नपात जोगाउन प्रयासरत रहन्छन्। तर, जनावरलाई भनेर खनेको खाल्डोमा आफै पर्ने गरेका छन्। जस कारण अकालमा ज्यान गुमाउनु परेका घटना घट्छन्।

कतिपयले जङ्गली जनावरलाई भगाउन जङ्गलमा आगो लगाउने गर्दछन्। आगो नियन्त्रण गर्न नसक्दा गाउँ बस्तीमा आगो पस्ने र कयौँको ज्यान समेत जाने गरेको छ। जनावरलाई मार्न खोज्दा यहाँका किसान मानवीय क्षति खेप्न बाध्य छन्।

बाँदरले बारीको बाली खानु र नष्ट बनाउनु दैनिकी जस्तै बनेपनी हिजोआज घरभित्रै पसेर चामल–दाल खाने, अन्नपात छर्ने, मान्छे माथि नै आक्रमण गर्ने गरेर हैरान बनाएको सन्धिखर्क ११ डिभर्नाका विशाल आचार्यले बताए। ‘दिउँसोमा बाँदरले हैरान पार्छ, रातीमा बँदेलले नोक्सानी गर्छ,उनले भने,‘किसानले के के भ्याउनु ? कता कता हेर्नु?’

यहाँका स्थानीय तहले खेती जोगाउन विभिन्न उपाय अपनाएपनी पूर्णतः सफल भने देखिएका छैनन्। जङ्गली जनावर लखेट्न हेरालुको व्यवस्था गर्ने देखी तार जाली बाँड्ने, भोटे कुकुर वितरण गर्ने, बाँदर लखेट्ने यन्त्र (गन) समेत वितरण गरे। तर, किसानको सास्ती भने कम भएको छैन। उनीहरूको दैनिकी अन्नबाली जोगाउने कसरी ? लखेट्ने कसरी ? र आफू जोगिने कसरी भन्नेमै बित्छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
५७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस