जुम्लाका किशोरी भन्छन्-गरिबी र अशिक्षाले बालविवाह हट्न सकेन
३० साउन २०८१
•
४ मिनेट पाठ
जुम्लाका किशोरी भन्छन्-गरिबी र अशिक्षाले बालविवाह हट्न सकेन
जुम्लाका किशोरीहरुले कुसंस्कार र कुरीतिको प्रतीकको रुपमा रहेको बाल विवाहलाई हटाउन कानुनहरुको कडाइकासाथ पालना गर्नुपर्ने बताएका छन्।




मंगलबार २५ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको आयोजना तथा प्लान नेपाल जुम्लाको आर्थिक सहयोगमा बालविवाह अन्त्यका लागि कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको रणनीति छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।

बाल विवाहलाई रोक्न थुप्रै ऐन कानुन बने पनि कार्यान्वयन हुन नसकेको उनीहरु बताउँछन्। कनकासुन्दरी गाउँपालिकाका ८ कि सृष्टि भट्टले भनिन्, ‘बाल विवाहलाई रोक्न थुप्रै ऐन कानुन नबनेका होइनन्। तर त्यसको प्रर्याप्त कार्यान्वयन नहुँदा बाल विवाहमा हामीले सोचे जस्तो कमी आउन सकेको छैन।’

कुसंस्कार, गरिबी र अशिक्षाका कारण समाजमा कुसंस्कारको रुपमा रहेको बालविवाह हट्न नसकेको सृष्टिले गुनासो गरिन्। ‘हामी जस्ता किशोरी र बालबालिकाहरुलाई विभिन्न किसिमका शोषणबाट जोगाउँदै उनीहरुको पूर्ण व्यक्तित्वको विकास र अधिकारको संरक्षण आजको हाम्रो प्रमुख चुनौती हो,’ उनले भनिन्।

अहिले पनि कनकासुन्दरीमा २० प्रतिशत बालविवाह हुने गरेको पाइएको छ। गरिबी र अशिक्ष नै बालविवाहको प्रमुख कारणले बालविवाह हुने गरेको उनको भनाइ छ। यस्तै, गुठीचौर गाउँपालिकामा ३३ प्रतिशत, पातारासीमा २४, तिलामा २२, तातोपानीमा २०, हिमामा १७, सिंजामा १५ र चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी आमा बनेको जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ।

कनकासुन्दरी गाउँपालिका-६ की किशोरी मनिशा बिकले गरिबी, अशिक्षाका कारण बाल विवाह सामाजिक कुरितीको रुपमा विकास हुँदै गएको बताइन्। 

सामाजिक सञ्जालको दुरुपयोग, फोन म्यासेज जस्ता प्रविधिको दुरुपयोगले बालविवाह बढ्दो छ। यस्तै कनकासुन्दी गाउँपालिका- ६ दलित सञ्जालकी उपाध्यक्ष राजकली कामीले विगतमा भन्दा केही हदसम्म न्युनीकरण भएको बताइन्। ‘अझै पनि न्यूनीकरणमा समस्या छ। यी कार्यका लागि सामूहिक प्रयास आवश्यका हुन्छ। एक्लैले केही गर्न नसक्ने भएकाले सबैको प्रयास जुट्नुपर्ने हुन्छ’, उनले भनिन्।

यता सोही गाउँपालिका-५ दर्पण उपाध्यायका अनुसार बालविवाहको अन्त्य गर्न सरकार, नागरिक समाज, धार्मिक व्यक्ति तथा संस्थाहरू, समाजका नेताहरू र युवाहरूबीच सहकार्य हुन जरुरी छ। बढ्दो बालविवाह रोक्न गाउँपालिकाले रणनीतिक बनाइसकेको गाउँपालिका उपाध्यक्ष प्रेमकली बुढाले बताउँछिन्। सरकारी सेवा सुविधा रोक्ने, कानुनी प्रक्रियामा लैजाने, बालविवाह गरेको भोजभतेरमा सहभागी नहुने,दिन दिने धामीझाँक्रीदेखि गाउँबस्तीमा सचेतना फैलाउने काम गरिरहेको उनले दाबी गरिन्।

चालू आर्थिक वर्षमा गाउँपालिकाले ५ वटा बालविवाह रोकिएको उनको भनाइ छ। उनले १७ वर्षको आमा बनेको अनुभव सुनाउँदै् बालविवाह गर्दा निकै कष्ट ब्यहोर्नु पर्यो, उनले भनिन् ,‘बालविवाहको असर अहिले देखा पर्न थालेको छ। निकै पश्चातापमा छु।’ स्वास्थ्यमा विभिन्न समस्या देखा परेका र किशोर किशोरीलाई राम्रोसँग पढेर आफ्नो खुट्टामा उभिएर मात्रै विवाह गर्न उनको सुझाव छ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जंगलाल बुढाले वडाका सबै स्वास्थ्य संस्थासम्म बालविवाह सम्बन्धि सचेतना दिइने काम भइरहेको बताए। उनले भने,‘स्वास्थ्य शिक्षाका बारेमा परामर्श दिन्छौं, चालू आर्थिक वर्षको पालिका भरिएका १५ जना किशोरी २० वर्षमुनिका गर्भजाँच गर्न पुगेका छ। ५ र ६ वडालाई आगामी भदौ १ गते बालविवाह मुक्त घोषणा वडा गर्ने तयारी छ।’ बालविवाह धेरै हुने गरेको भए पनि जिल्ला प्रहरी कार्यालयमा  हालसम्म कुनै उजुरी नपरेको जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।

मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ। सन २०१८ देखि सिंजा क्षेत्रका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा बालविवाह न्युनिकरण, छाउपडी प्रथा न्युनिकरणका क्षेत्रमा क्याड नेपालले काम गर्दै आएको छ।  बालविवाह जिल्लाको एक नगरपालिकासहित ७ वटा गाउँपालिकामै व्याप्त देखिन्छ।  

जनस्वास्थ्य रिपोर्ट हेर्ने हो,भने गत आर्थिक वर्षमा जिल्लाका ८ सय ६० जना किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन् । चन्दननाथमा १ सय ९० जना,पातारासीमा १ सय ३४ जना, तातोपानीमा ६६ जना, कनकासुन्दरीमा ९०, सिंजामा ६८, गुठीचौरमा ९५ जना, तिलामा १ सय ४० र हिमा गाउँपालिकामा ७७ जना किशोरी आमा बनेका छन्।
अर्को समाचार
विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस् : मिस पबी
२५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस् : मिस पबी
टिकटकर मिस पबी अर्थात् पवित्रा साकी मानसिक रूपमा परिपक्व नहुने भन्दै विवाहको उमेर घटाउन नहुने बताउँछिन्।




प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले गठन गरेको उपसमितिले विवाहको उमेरहद २० बाट घटाएर १८ वर्ष बनाउनुपर्ने सुझाव सरकारलाई दिएपछि उनको यो प्रतिक्रिया आएको हो ।  

‘शारीरिक रूपमा हलक्कै भए पनि १७/१८ वर्षको उमेरमा मानिस मानसिक रूपले परिपक्व हुँदैन,’ उनले भनिन्, ‘यो उमेर भनेको बेबी माइन्ड हो।’ बेबी माइन्डले पछिसम्मको सोच्न नसक्ने भन्दै सानो उमेरमा विवाह गर्न कानुनले छुट दिनु नहुने उनको बुझाइ छ।

‘यो उमेरमा बालबालिकालाई शिक्षादीक्षा दिएर राम्रो भविष्य बनाउन प्रेरित गर्नुपर्ने हो,’ उनी थप्छिन्, ‘आफ्नो जीवनको अनुभवबाट म भन्छु १८ वर्षको उमेरलाई विवाहयोग्य मान्न सकिँदैन।’

सरकार र सम्बन्धित निकायले १८ वर्षका किशोर किशोरीलाई विवाह गर्ने अनुमति दिनुभन्दा सुन्दर भविष्य कोर्नेतर्फ प्रेरित गर्नुपर्ने उनको जिकिर छ। ‘मुलुकमा धेरै दुर्गम क्षेत्र र विपन्न बस्ती छन्, त्यहाँ गुणस्तरीय शिक्षा, स्वास्थ्य पुर्याउनुस्।

उनले थपिन्, ‘विवाह उमेर घटाएर बालबालिकाको भविष्यसँग खेलबाड नगर्नुस्।’

यो पनि पढ्नुहोस्

२० वर्षपारि नै हुनुपर्छ बिहेवारी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस