मोरङको बेलबारीमा जंगली हात्तीको छावा (बच्चा) मृत अवस्थामा भेटिएको छ।
बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत अवस्थामा भेटिए सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख एवं वन अधिकृत दीपेशकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार विनोद थापाको टिक बगानभित्र अन्दाजी २/३ वर्षको जस्तो देखिने पोथी हात्ती मृत फेला परेको हो।
छावाको मृत्युको कारण यकिन हुन सकेको छैन। सिमल तरुल धेरै खाएर वा करेन्ट लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताइएको छ।
छावा आफैं मरेको वा कसैले मारेको हो भन्न सक्ने अवस्था नभएको बताउँदै, अधिकृत मिश्रले भने, ‘मेरो नेतृत्वमा घटनाको छानबिन तथा अनुसन्धान सुरु भएको छ। विभिन्न तवरबाट घटनाको अनुसन्धान थालेका छौं। कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले पोस्टमार्टम गरेपछि हात्तीको अन्त्येष्टि गरिएको छ। पोस्टमार्टमको रिपोर्टले पनि धेरै कुरा बाहिर आउँछ।’
कोशी टप्पुबाट आएका विज्ञको टोलीले छावाको पोस्टमार्टम गर्दै परीक्षणका लागि नमुना सङ्कलन गरेका छन्। वन कर्मचारी र इलाका प्रहरी कार्यालय बेलबारीलाई स्थानीयले हात्तीको छावा मृत फेला परेको जानकारी दिएका थिए। घटनास्थल वरपर सोमबार राति १०/१२ वटाको संख्यामा हात्ती देखा परेको थियो।
बेलबारी क्षेत्रमा एक सातायता हात्तीको हुल पुनः देखा पर्न थालेका छन्। हात्तीले स्थानीयले लगाएका बालीनाली खाइदिने र नष्ट गर्ने गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। मोरङमा पछिल्लो ७ महिनाको अवधिमा ३ वटा जंगली हात्ती मृत फेला परिसकेका छन्।