विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा आइतबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
अस्पतालको आइसियुमा दिउँसो ३ बजेतिर सुरु भएको आगलागी विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन।
आइसियु कक्षभित्र विद्युत् ‘सर्ट’ भएर आगलागी भएको हुनसक्ने बताउँदै, डिएसपी बस्नेतले भने, ‘आगलागीको वास्तविक कारण थाहा पाउनका लागि अनुसन्धान थालेका छौं। आगलागीबाट मानवीय क्षति नभई भौतिक क्षति मात्रै भयो। आइसियु कक्षमा बिरामी नभएका कारण मानवीय क्षति हुन पाएन। अस्पतालको अन्य वार्डका बिरामी सशंक्ति भए पनि आगो त्यसतर्फ सल्कन पाएन।’
आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालले १० बेडको आइसियु सञ्चालन गरिरहेको थियो। अस्पतालका डाक्टर कैलाश श्रेष्ठका अनुसार आइसियुको एसीबाट आगलागी सुरु भएको थियो।
‘आगोले एसी, भेन्टिलेटर, मनिटर, पोर्टेबल एक्स–रे मेसिन, बेडलगायत आइसियु कक्षभित्र रहेका सबै सामान जले नष्ट भयो। ‘सर्ट सर्किट’ हुँदा सिटी स्क्यान मेसिन पनि बिग्रियो। धन्न आइसियु कक्षमा बिरामी थिएनन् र मानवीय क्षति हुनबाट बच्यो।’ डा. श्रेष्ठले भने।
आगलागीपछि ओपिडीलगायतका सबै सेवा तत्काललाई बन्द गरिएको थियो। आगलागीका कारण अस्पतालको सेवा प्रवाह अवरुद्ध बनेको हो। आइसियुबाहेकका सबै सेवा सोमबारदेखि नियमित रूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ।