‘छिचोलियो’ संक्रमणकालीन न्याय प्रक्रिया
२७ साउन २०८१
•
५ मिनेट पाठ
‘छिचोलियो’ संक्रमणकालीन न्याय प्रक्रिया
संसद्मा संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयकको प्रक्रिया अघि बढिरहँदा नेताहरूले यसलाई राजनीतिक ‘ब्रेक थ्रु’ (छिचोलिएको) भनेका छन्। यो प्रक्रियालाई अघि बढाउन कार्यदलमा रहेर काम गरेका गृहमन्त्री रमेश लेखकले शनिबार द्वन्द्वपीडितका कुरा सुन्दै ‘ब्रेक थ्रु’ भएको दाबी गरेका हुन्।




१० वर्षे सशस्त्र द्वन्द्वका समयमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा संलग्नलाई कानुनको कठघरामा ल्याउने गरी १८ वर्षपछि बल्ल प्रक्रिया अघि बढ्न लागेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरूपण तथा मेलमिलाप ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक लामो समयपछि प्रक्रियामा जानुलाई पीडितले ठुलो कुरा भएको बताएका छन्। 

संशोधन विधेयकप्रति द्वन्द्वपीडितका झिनामसिना असन्तुष्टि त छँदैछन्। तर पनि विधेयक पारित भएपछि कार्यान्वयनका लागि पनि सरकारले चासो देखाउनुपर्ने उनीहरूको भनाइ छ। दुवै सदनबाट विधेयक पारित भएपछि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ। गृहमन्त्री लेखकले पीडितको निरन्तरको अभियान र चासोले दलहरूलाई सहमतिमा पुग्न प्रेरित गरेको बताए।

‘बन्दुक बोकेका, नबोकेका जो कसैलाई पनि बलात्कार भनेको गम्भीर अपराध हो। यसमा सजाय पनि घट्दैन,’ उनले भने। सर्वोच्च अदालतका नजिर, फैसलाको अध्ययन, अन्तर्राष्ट्रिय कानुन, पीडितका मान्यतालाई ध्यानमा राखेर ऐन संशोधन विधेयक पारित हुने उनले बताए। ‘योभन्दा राम्रो के हुन सक्छ ? यो पनि अगाडि बढ्न सकेन भने अर्को १० वर्ष बित्छ,’ गृहमन्त्री लेखकले भने, ‘अब सबै मिलेर, दृढ बनेर कार्यान्वयन गरौं । कार्यान्वयनमा सहयोग गर्नुस्।’

उनले अहिलेको विधेयकका पक्षमा सबै पीडितलाई एकै ठाउँमा हुन आग्रहसमेत गरे। ‘जुनसुकै पक्षबाट भए पनि पीडा एउटै हो। पीडामा पनि राजनीति हुन्छ र ?’ उनले प्रश्न गरे। अबको प्रक्रिया बिथोलिएमा फेरि अर्को दशक लाग्ने उनले बताए।

‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धि ऐन कार्यान्वयनमा द्वन्द्वपीडितहरूको सहभागिता’ विषयक अन्तक्रियामा कार्यदलका सदस्य, पीडित, सरोकारवालालगायत उपस्थित थिए। गम्भीर मानवअधिकार उल्लंघनका पीडितको राष्ट्रिय सञ्जालले शनिबार अन्तक्र्रिया आयोजना गरेको हो। अन्तक्र्रियामा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री अग्नि खरेलले संक्रमणकालीन न्याय परम्परागत कानुनभित्र नपर्ने बताए । ‘शान्ति प्रक्रियाको एउटा काम अघि बढेको छ,’ उनले भने।

कतिपय घटना स्विकार गरेर भविष्यप्रति सोच्न पनि उनले पीडितलाई आग्रह गरे। कार्यदलका सदस्य नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पीडितहरूको पीडा सम्बोधन गर्नेगरी विधेयक संशोधन हुन लागेको बताए। ‘एकाध कुराबाहेक संशोधन विधेयक पीडितकेन्द्रित नै भएको छ। यसबाट समग्र शान्ति र स्थिरता ठुलो योगदान पुग्नेछ,’ उनले भने।

शान्ति प्रक्रियामा नेपालको मौलिकतासँगै अन्तर्राष्ट्रिय मान्यता पनि जोडिने भएकाले अरूलाई सिकाउन सक्नेगरी काम भएको उनले बताए।

पीडितहरूले आफूहरूले पूर्णरूपमा न्याय पाउन नसक्ने हो कि भन्ने आशंका प्रकट गरे। कतिपय पीडितले विधेयकमा राजनीतिक सहमति भएकाले न्याय पाउने आशा पलाएको बताए। कतिपयले विधेयकमा सुरक्षाकर्मीलाई पनि समेटिएको विषयमा नेताहरूसँग कारण मागे। कतिपयले विधेयक पारित भएपछि दुई आयोगमा नियुक्त हुने पदाधिकारी र कानुन कार्यान्वयनको विषयमा चासो व्यक्त गरे।

‘मेरो बुबा बेपत्ता हो । राज्यले खोजेर ल्याएर दिन सक्दैन। तर विधेयक पारित प्रक्रियामा लगेर सरकार केही जिम्मेवार बन्न खोजेको महसुस भैरहेको छ,’ द्वन्द्वपीडित केशव खनालले भने, ‘अब राज्यले तुरुन्त आयोग बनाएर काम अघि बढाउनुपर्छ।’

द्वन्द्वकालमा बलात्कृतबाट जन्मिएका बालबालिकाको राज्यले कसरी अभिभावकत्व लिन्छ र मानसिक रूपमा विक्षिप्तलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने पीडितहरूको प्रश्न थियो।

द्वन्द्वपीडित गीता रसाइलीले दुई आयोगमा पीडितको पनि दाबी रहेको बताइन् । ‘कस्ता खालका आयुक्त आउँछन्। पीडितको पनि आयुक्तमै दाबी छ। पीडितको सहभागिता हुन जरुरी छ,’ उनले भनिन्।

त्यसैगरी सुशीला चौधरीले आफूहरू विधेयक पारित भएपछि कार्यान्वयनमा सहयोग गर्न तयार रहेको तर त्यसका लागि सरकारले विश्वासको वातावरण बनाउनुपर्ने टिप्पणी गरिन्। उनले दलहरूले प्रतिबद्धता जनाउने र काम नगर्ने यसअघिको उदाहरण दिँदै आलोचनात्मक सहयोग रहने बताइन्।

नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले विश्वभरि द्वन्द्वका विषयमा पूर्णरूपमा क्षतिपूर्ति हुन नसकेको घटना सुनाए। जतिसक्दो यो विधेयकमा समेटने प्रयास गरिएको र आइन्दा यस्तो खालको अवस्था भोग्न नपरोस भन्ने प्रतिज्ञा भएको उनले बताए। ‘सम्पूर्ण कुरा प्राप्त गर्न सकिँदैन तर अधिकतम प्रयास भएको छ’, देवकोटाले भने, ‘दलबीचको एकताको जगमा टेकेर यो समस्याको समाधान गर्नुपर्छ । समाधानको वातावरण भत्काउन कतै कतै खिचडी पाकिरहेको हुन सक्छ।’

द्वन्द्वपीडित साझा चौतारीका पूर्वअध्यक्ष भागीराम चौधरीले विधेयकमा पीडितका अजेन्डा सम्बोधन भएकाले पारित भए आफूहरूले एकार्यान्वयनमा सहयोग गर्ने बताए। उनले परिपूरणमा पीडितको अधिकार स्थापित गर्नु ठुलो कुरा भएको बताए।

‘भुइँतहका पीडितका कुरालाई जोड दिएर आवाज उठाएका थियौं। गम्भीर मानव अधिकार उल्लंघनका घटनामा माफी नदिने कुरा पनि राम्रो भयो,’ उनले भने, ‘संक्रमणकालीन न्यायमा सांकेतिक सजाय पनि न्याय हो। कसैलाई सामाजिक रूपमा बहिष्करण गर्नु, राजनीतिक रूपमा अयोग्य बनाइदिनु पनि न्याय हो।’

संक्रमणकालीन न्याय फौजदारी न्यायभन्दा फरक भएको उनले बताए। ‘सामाजिक न्याय, आर्थिक, सांस्कृतिक न्याय, राज्य व्यवस्था परिवर्तनसँग जोडिएर आउने परिवर्तनलाई न्यायका रूपमा बुझ्नुपर्छ। एकोहोरो न्याय मात्रै भनेर हुँदैन,’ चौधरीले भने।

अब कार्यान्वनयको पाटोमा चासो राख्नुपर्ने उनको भनाइ थियो। आयोगमा जाने व्यक्तिले राजनीति, समाज, संक्रमणकालीन न्याय बुझेको हुनुपर्ने उनले बताए। ऐन संशोधनमा राजनीतिक इच्छाशक्ति देखिएकाले कार्यान्वयनमा सघाउनुपर्ने उनको भनाइ छ।

२०६३ मंसिर ५ मा बृहत शान्ति प्रक्रिया भएको थियो। शान्ति प्रक्रियाका मुख्य तिनवटा काम थिए । संविधान लेखन, सेना समायोजन र संक्रमणकालीन न्याय। तीमध्ये दुई काम लगभग समयमै सकिए तर तेस्रो काम निकै लम्बियो। शान्ति सम्झौतापछि संविधानसभाको चुनाव सम्पन्न भएको ६ महिनाभित्र शान्ति प्रक्रियाका सबै काम सम्पन्न भएकाे छ। 
अर्को समाचार
‘संक्रमणकालीन न्यायदेखि पूर्वाधार विकाससम्म आशावादी’
२५ मंसिर २०८१
•
४ मिनेट पाठ
‘संक्रमणकालीन न्यायदेखि पूर्वाधार विकाससम्म आशावादी’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु। तस्बिर : रासस
अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संक्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेकामा नेपाल सरकारलाई बधाई दिँदै यस प्रक्रियामा अगाडि रहेका चुनौतीप्रति सजग गराएका छन्।




‘संक्रमणकालीन कानुन पारित गरेकामा म सरकारलाई बधाई दिन चाहन्छु,’ नेपालको दुईदिने भ्रमणका लागि आएका लुले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘मलाई थाहा छ, यस प्रक्रियामा अगाडि धेरै चुनौती छन् तर यसलाई सहमतिमा अनुमोदन गर्नु उत्साहपूर्ण छ। सरकार र प्रतिपक्ष दुवैतर्फका नेता अहिले आयोग गठनमा सँगै क्रियाशील भइरहेका छन्।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी जारी छलफल महत्त्वपूर्ण रहेको बताए। ‘हालै सार्वजनिक आयोग सदस्यहरूको सूचीले छलफललाई पारदर्शिता र समावेशिताको विषयलाई चर्काएको छ,’ उनले भने, ‘नेताहरूले समाजलाई संवादमा सरिक गराउनु र सार्वजनिक सुझावलाई ध्यानमा राख्नु आवश्यक छ। लोकतान्त्रिक प्रक्रियाले विगतका अन्यायलाई सम्बोधन गर्न जिम्मेवारी र निष्पक्षता सुनिश्चित गर्छ।’

भारत र श्रीलंकाको भ्रमणपछि आइतबार नेपाल आइपुगेका लुले विभिन्न नेतासँग भेटवार्ता गरेका छन्। कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायतसँग उनले सोमबार भेट गरेका हुन्।

यस क्षेत्रको अहिलेको जिम्मेवारीमा रहेर लुले गरेको नेपालको चौथो भ्रमण भए पनि उनी नेपालमा ६ पटक आइसकेका छन्। ‘यो ठाउँमा पहिलो पटक आइपुग्दाको सुखद अनुभूति ममा छ,’ उनले भने, ‘तीस वर्षअघि म एक युवतीसँग भ्रमणमा आएको थिएँ, जो अहिले मेरी पत्नी हुन्। पछि हामी हाम्रा नानीहरूसँग आयौं र पोखराको पदयात्रा र सुन्दर काठमाडौंको अवलोकन गर्‍यौं।’

भ्रमणका क्रममा आफूले नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धबारे छलफल गरेको उनले बताए।

यसमा अमेरिकी सहयोग नियोग (एमसिसी) कम्प्याक्टको कार्यान्वयन, युएसएआइडीको कार्यक्षेत्र विस्तार, विकास वित्त सहयोग, लगानी विस्तार र पिसकोर स्वयंसेवी कार्यक्रमबारे छलफल भएको उनले जानकारी दिए। उनले हिन्दकुश पर्वतीय क्षेत्रका निम्ति कार्यरत संस्था इसिमोडलाई नेपाल, भारत र बंगलादेशका महिलालाई हरित अभियान सञ्चालनमा सहयोग पुर्‍याउन ९ लाख अमेरिकी डलर अनुदान सहायता दिने समारोहमा सहभागी हुने सौभाग्य प्राप्त भएको पनि उनले खुलाए।

उनले नेपाल–अमेरिका उच्चस्तरीय संलग्नतामा जोड दिए। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयपछि राजनीतिक परिवर्तन भए पनि उनले विगतमा एसियालाई प्राथमिकतामा राखेका हुँदा त्यसको निरन्तरताप्रति आशावादी रहेको बताए।

‘हाम्रो ७७ वर्ष लामो साझेदारी हाम्रा जनताबिचको न्यानो मित्रतालाई प्रतिबिम्बित गर्दै अझ सुदृढ रहनेछ,’ उनले भने।

तपाईंको भ्रमण दक्षिण एसियाको भूराजनीतिक विकासबाट निर्देशित छ ? भनी सोधिएको प्रश्नमा उनले भने, ‘यो भ्रमण अमेरिकी प्रशासनको संक्रमणको समयमा भएको छ। पेसागत कूटनीतिक व्यक्तिका रुपमा हामीले डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रशासनमा सेवा गरेका छौं, अमेरिकी विदेशनीतिको त्यही निरन्तरतालाई सुनिश्चित गर्न यो भ्रमण भएको हो।’

भ्रमणका क्रममा आफूहरूले द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षबारे कुराकानी गरेको उल्लेख गर्दै लुले आर्थिक विकास, जलवायु संकट समाधान र निजी क्षेत्रसँगको सहकार्यबारे पनि छलफल भएको बताए। ‘उदाहरणका लागि तपाईंका प्रधानमन्त्रीले भर्खरै इलन मस्कसँग टेलिकन्फ्रेन्स गरी नेपालमा सम्भावित अमेरिकी लगानीबारे छलफल गर्नुभएको छ,’ उनले भने।

उनले भूराजनीतिक द्वन्द्वबारे प्रष्ट शब्दमा भने, ‘संयुक्त राज्य अमेरिका नेपालले आफ्ना छिमेकी भारत र चीनका साथै टाढाका साझेदार युरोप, जापान र टर्कीसँग पनि राम्रो सम्बन्ध राख्ने प्रयासको सधैं समर्थन गर्छ। यी सम्बन्धहरू नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको आपसी सम्मानमा आधारित हुनेछन् भन्नेमा हामी पूर्ण विश्वास गर्छौं। नेपाल बाह्य दबाबबेगर आफ्नो निर्णय आफैं गर्न सक्छ।’

अमेरिकाको नयाँ प्रशासनले बाइडेन प्रशासनले जस्तै जलवायु परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्ला ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘इमानदारीका साथ भन्छु, मसँग यसको प्रस्ट जवाफ छैन। अहिले म बाइडेन प्रशासनलाई प्रतिनिधित्व गरिहेको छु, जसले जलवायु परिवर्तनका समाधानलाई प्राथमिकतामा राखेको छ।’

‘ट्रम्प प्रशासनले विगतमा पेरिस सम्झौताबाट हात झिकेको भए पनि अहिले उनका थुप्रै सल्लाहकारले अन्तर्राष्ट्रिय जलवायु प्रयासको समर्थन गरेका छन्,’ उनले भने, ‘नेपाल र दक्षिण एसियाले सामना गरेको हिमताल पग्लिने र चर्को गर्मी यथार्थ हो। म आशा गर्छु, यसलाई सम्बोधन गर्न अमेरिका सरकार सशक्त साझेदारका रुपमा कायम रहनेछ।’

लुले एमसिसी कम्प्याक्टको प्रगति राम्रोसँग भइरहेको र नेपालमा १० हजार रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। यसले विद्युत् ट्रान्समिसन लाइन र सडक पूर्वाधार विकासमा मद्दत पुर्‍याउने उल्लेख गर्दै उनले भने, ‘यी परियोजनाले उल्लेख्य आर्थिक लाभ लिनुका साथै वार्षिक १० करोड अमेरिकी डलर भारतमा बिजुली निर्यातबाट प्राप्त गर्न सकिनेछ। यसअघिका राजनीतिक तनाव किनारा लागिसकेका छन् र यसको सकारात्मक प्रभावका लागि नयाँ सहमति भइसकेको छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस