पछाडि परेका वर्गको उत्थान गर्न राज्यले आरक्षणको व्यवस्था गरेको छ। राजनीति तथा निजामती सेवामा समावेशिता काय गर्न आवश्यक पदमध्ये ४५ प्रतिशत सिट लक्षित समूहलाई नै छुट्टाइएको छ। आरक्षित सिट मध्येबाट आदिवासी जनजातिलाई ३२ प्रतिशत, मधेसीलाई २६, विपन्न खस–आर्यलाई १२, दलितलाई १२, थारुलाई ५, अपाङ्गता भएका व्यक्तिलाई ५, पिछडिएको क्षेत्रलाई ४, मुस्लिमलाई ३ र पिछडा वर्गलाई १ प्रतिशत सुरक्षित गरिएको छ। तर, आदिवासी जनजातिको आरक्षण सिटमा पछाडि परेका आदिवासी समुदायले लाभ लिन नसकेको नेपाल बोटे समाजका सचिव सन्तोष बोटे बताउँछन्।
‘राज्यले आदिवासी जनजातिलाई केही कोटा छुट्टाएको छ। त्यसभित्र पनि टाठाबाठा समुदायका मानिसहरूले लाभ लिइरहनु भएको छ’, आदिवासी जनजाति दिवसको अवसरमा आयोजित कार्यक्रममा नारायणगढमा आएका बोटेले भने, ‘हाम्रो समुदायलाई आरक्षण सिटले केही गरेको छैन।’ उनका अनुसार, चितवन जिल्लामा बोटे समुदायबाट एक जना मात्र जनप्रतिनिधि छन्। निजामती सेवामा बोटे समुदायको संख्या नगन्य छ। देशभर ११ हजारको हाराहारीमा रहेको बोटे समुदायको जीवन दयनीय नै छ। निर्वाचित जनप्रतिनिधि पनि बोटे समुदायको प्रतिनिधित्व गर्न नसकेको उनको भनाई छ।
‘हाम्रो समुदायबाट २०७४को स्थानीय तहको निर्वाचनमा एक जना वडा सदस्य र अहिले एक जना वडा सदस्यमा निर्वाचित हुनुहुन्छ। उहाँहरूले लेखपढ गर्न सक्नुहुँदैन,’ उनले भने ‘सरकारले राजनीतिक रुपमै बोटे समुदायको लागि छुट्टै व्यवस्था गर्नुपर्दछ।’
प्रतिनिधि सभामा पनि आदिवासी जनजातिको उपस्थिति अनिवार्य भनिएको छ। त्यहाँ राजनीतिक दलले आदिवासी जनजातिको उपस्थिति गराए पनि सक्षम व्यक्ति नियुक्त नगरेको नेपाल मगर महिला संघको केन्द्रीय उपाध्यक्ष देवि थापामगर बताउँछिन्। ‘संसदमा सबै वर्ग समेटिनुपर्दछ। तर, अहिले संसदमा हुनुभएका महिला दिदी बहिनीहरूले बोलेको सुन्दा खेरी हाम्रो जनजाति महिलाहरु पढेलेखेको क्षमतावान् नगएको हो कि जस्तो लाग्छ,’ मगरले भनिन, ‘आन्तरिक प्रतिस्पर्धाबाट गएमा संसदमा सक्षम व्यक्ति जान्छ र त्यसले समग्र जनजातिको प्रतिनिधित्व गर्दछ।’ राजनीतिक दलले सक्षम व्यक्ति छनोट गर्न समेत उनले सुझाव दिएकी छन्।
लक्षित समुदायको जनसंख्या, समावेशिताको अहिलेको अवस्थाका आधारमा आरक्षणको व्यवस्था गर्नुपर्ने माग उठिरहेको छ। अहिले धेरै आरक्षणको लाभांश पाउनुपर्ने, तिनै समुदायलाई थप उत्पीडित बन्ने खतरा बढेको काजि दुरा बताउँछन्। ‘प्रशासन क्षेत्रमा आदिवासी जनजातिका लागि कोटा आवश्यक छ। तर, कोटाका नाममा एउटै व्यक्ति निरन्तर जानुहुँदैन,’उनले भने। आरक्षण सिटले केहीलाई राम्रो गरेपनि सबैभन्दा बढी मार नेपाली समाजको पिँधमा राखिएका व्यक्ति रहेको उनले बताए।
जनजाति समुदायको अहिले समानुपातिक प्रतिनिधित्व छ। आरक्षण मार्फत तिनै समुदायले फाइदा पाइराख्नु उपयुक्त हुँदैन। ५ प्रतिशत जनसंख्या भएका नेवार समुदायसँग बोटे, दराई कुमाल समुदायलाई एउटै आरक्षणमा राख्न नहुने विज्ञहरूले समेत बताउने गर्दछन्। नेपाल आदिवासी जनजाति महासङ्घ चितवनका पूर्व अध्यक्ष पदम गुरुङ पछाडि पारिएका व्यक्तिलाई आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् जस्ता सङ्घसंस्थाबाट छनोट गरेर नेतृत्वदायी भूमिकामा पुर्याउनुपर्ने बताउँछन्। ‘राजनीति दलहरु केही ठाउँमा बाध्यकारी भएर आरक्षणको पालना गरेका छन्। तर, सामाजिक, सांस्कृतिक सन्तुलन मिलिराखेको छैन’, उनले भने ‘जातिको जनसंख्यालाई किटान गरेर समानुपातिक प्रतिनिधित्व भएको भए राम्रो हुने थियो।’
आदिवासी जनजातिको हक अधिकारका लागि संविधानले आरक्षणको व्यवस्था गरेपनि कार्यान्वयन हुन नसकेको उनले बताए। सक्षम नागरिकका रुपमा जनजाति उभिएपछि आरक्षणको आवश्यकता नपर्ने समेत उनले बताए । ‘संरक्षित कोटा सधैभरी हुनुहुँदैन’, उनले भने ‘जबसम्म जनजातिको सांस्कृतिक, भाषिक, धार्मिक र सामाजिक विकासले फड्को मार्दै जान्छ त्यो कोटा सिस्टम बोकिराख्न पर्छ भन्ने छैन ।’