असला माछा जोगाउने प्रयास, गलकोटका खोलामा माछा मार्न प्रतिबन्ध
२४ साउन २०८१
•
३ मिनेट पाठ
असला माछा जोगाउने प्रयास, गलकोटका खोलामा माछा मार्न प्रतिबन्ध
माछा मिठो असला दरमखोलाको




ओई मायाले सुनेनौं र बोलाको किन टोलाको

चर्चित गायक बसन्त थापाले शब्द संगीत र स्वर दिएको गीतको पंक्ति हो। यसमा महिला कलाकारको रूपमा निता पुनले साथ दिएकी छिन्। झन्डै एक दशक अगाडि बजारमा आएको यो गीतले खुब चर्चा पायो । यो गीतले मात्रै चर्चा पाएन। दरमखोलाको असला माछाको ख्याति र पहिचान पनि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा थप बढायो। बागलुङको गलकोट भन्नेबित्तिकै असला माछा खाने भन्ने सबैको मुखमा झुन्डिन थाल्यो। माछाको चर्चासँगै माग बढेपछि जथाभावी माछा पार्ने प्रवृत्ति पनि बढेपछि गलकोट नगरपालिकाले असला माछाको संरक्षण थालेको छ।

नगरपालिकाले गतवर्षबाट जलचर संरक्षण ऐन निर्माण गरी जारी गरेर गलकोटको पहिचान बनेको असला माछा संरक्षणका लागि पहल थालेको हो। गलकोट नगरपालिकाको माछा जोगाउन नगरपालिकाले अहिले मार्न प्रतिबन्ध लगाएको छ। गलकोट नगरपालिकाले दरमखोला र गौंदीखोलामा तीन महिनाका लागि माछा मार्न प्रतिन्ध लगाएको हो । गलकोटकै पहिचान बनेको असला प्रजातिको माछा संरक्षणका लागि नगरपालिकाले माछाले फुल पार्ने समय भएकाले भदौदेखि कात्तिकसम्म मार्न रोक लगाएको हो।

गतवर्षको अनुभवले असला संरक्षणका लागि फुल पार्ने समयमा प्रतिबन्ध लगाइएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी ‘हेमन्त’ले बताए। ‘गलकोट आएपछि माछा खाने भन्ने अधिकांशको रोजाइ हुन्छ,’ भण्डारी भन्छन्, ‘गलकोटलाई देश भित्र र बाहिर पनि चिनाउने असला माछा जोगाउन हामीले कार्यविधि नै बनाएर काम गरेका छौं। गतवर्ष तीन महिनाका लागि माछा मार्न रोक लगाएका कारण हिउँदमा खोलामा प्रशस्त माछा पाइएको थियो ।’ फुल पार्ने समयमा माछा मार्दा नयाँ उत्पादन रोकिने भएका कारण माछा नै नपाइने अवस्था सिर्जना हुनबाट रोक्न यस्तो गरिएको उनी बताउँछन्।

‘माछा गलकोटको पहिचान नै बन्यो, यसलाई जोगाउनुपर्छ भन्ने हेतुले नै यो कार्य गरेका हौं, फुल पार्ने बेलामा मात्रै जोगाउँदा माछा उल्लेख्य वृद्धि भएको पाइयो,’ उनले भने। गलकोटमा माछा छैन भनेपछि पाहुनाहरू गलकोटमा नरोकिने गरेको होटल व्यवसायी कौशिला घर्ती बताउँछिन्। ‘माछा खानकै लागि भनेर त आउँदैनन् तर गलकोट आइसकेपछि माछा नै सबैको रोजाइ हुन्छ,’ उनी भन्छिन्, ‘माछा छैन भनेपछि पाहुनाहरू यहाँ रोकिनुहुन्न । टाढाबाट आउने पाहुनालाई गलकोटमा रोक्ने भनेकै माछा खाने निहुँमा हो।’ देश विदेशामा माग बढेपछि एक ताका निकै महँगो भएको माछाको मूल्य अहिले स्थिर हुँदै गएको उनी बताउँछिन्।

‘गलकोटबाट जापानमा धेरै गएका कारण कोसेलीको रूपमा सुकाएर त्यता पठाउने भएकाले एक ताका त हामी स्थानीय होटल व्यवसायीले माछा पाउनै गाह्रो भयो,’ उनले भनिन्, ‘आलो माछाकै मूल्य चौध पन्ध्रसय रूपैयाँ प्रतिकिलोसम्म पुग्यो। अहिले जापानले सुकुटी माछामा रोक लगाएपछि अलि सहज रूपमा पाइन थालेको छ। सुकेको माछोको मूल्य नै चौथ पन्ध्र हजार पुगेको थियो। अहिले आठदेखि दश हजार रूपैयाँमा पाइन्छ ।’ जापानले सुकुटी माछा लैजान नदिएपछि अहिले अलि सहज भएको उनको भनाइ छ। गलकोट नगरपालिकाले जलचर संरक्षण ऐन नै बनाएर माछा संरक्षणको प्रयास थालेको छ।

प्रतिबन्धित समयमा माछा मारेमा एक लाख रूपैयाँसम्म जरिवाना तोकिएको छ। जथाभावी माछा मार्न रोक लगाउँदै आएको गलकोट नगरपालिकाले अब माछा मार्नेहरूका लागि अनुमतिपत्रको समेत व्यवस्था गर्न लागेको छ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रममै माछा मार्नेहरूका लागि अनुमति पत्र व्यवस्था गर्ने उल्लेख गरेको छ। माछाको संरक्षणसँगै व्यावसायिकरण र यसबाट राजस्वमासमेत वृद्धि गर्ने उद्देश्य अनुसार नगरपालिका अगाडि बढेको नगरप्रमुख भरत शर्मा गैरे बताउँछन्। 
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस