कपिलवस्तुमा एक वर्षमा ११ जना एचआईभी संक्रमितको मृत्यु
२२ साउन २०८१
•
२ मिनेट पाठ
कपिलवस्तुमा एक वर्षमा ११ जना एचआईभी संक्रमितको मृत्यु
कपिलवस्तुमा एक वर्षको अवधिमा ११ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०-८१ मा ८ जना पुरुष र ३ महिला संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालको एआटी सेन्टरको रेकर्डमा रहेका ७ र महाराजगंज एआटी सेन्टरको रेकर्डमा रहेका ४ जनाको मृत्यु भएको हो । 




एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए । जिल्लामा हालसम्म १४७ जना एचआईभी संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको  छ । 

एआटी सेन्टर तौलिहवामा ७८७ र महाराजगंजमा १५० जना एचआईभी संक्रमितको दर्ता छ । तर तौलिहवामा ४८९ र महाराजगंजमा ११७ जनाले मात्र एआरटी खाने गरेको रेकर्ड छ । ९२ जना सम्पर्कविहीन भएर औषधि समेत खान छाडेका छन् । उनीहरुको खोजी गरिए पनि सम्पर्कविहीन अवस्थामा रहेकोले समस्या परेको उनले खाँले बताए ।

संक्रमितहरुको उपचार, परिक्षण औषधि सबै निःशुल्क छ । तर अझै पनि हेयभाव, भेदभाव र डरले धेरै संक्रमितहरु खुल्न नसेककोले समस्या परेको खाँले बताए । उपचारका लागि कपिलवस्तु अस्पताल र महाराजगंजमा एआटी सेन्टर संचालित छन् । सिडीफोर काउन्ट रगत परीक्षण, चाहिने औषधिहरु सेन्टर मै उपलब्ध हुने गरेको तौलिहवा एआरटी सेन्टरकी परामर्शदाता जरिना खातुनले बताईन । 

‘हामीले यहीँबाट सबै सेवाहरु दिने गरेका छौं, उपचारमा आउने कतिपय संक्रमितहरु लामो सयम देखि सम्पर्कविहीन छन् । जसले गर्दा उनीहरुको ज्यान जोखिमा परेको छ’ उनले भनिन ‘फेला परेका संक्रमितहरु समेत उपचारमा लापरवाही गर्दा समस्या आएको छ’ । जिल्लामा ८२७ जना संक्रमित रहेको दर्ता छ तर ६०६ जनाले मात्र एआटी खाने गरेका छन् ।  जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल एक हजार ६ सय संक्रमितहरु रहेको अनुमान गरेको छ । 

जिल्लाका रोजगारीका लागि भारत गएका थुप्रै मानिसहरु रहेकोले अनुमानित संख्याभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्यर्मी बताउँछन् । फेला परेका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएका बेला असुरक्षित यौन सम्पर्क गरेपछि संक्रमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन मोहोम्मद ईरफानले बताए । त्यही संक्रमित श्रीमानबाट आफनो श्रीमतीमा रोग सरेको उनले बताए । आफूहरुमाथी अझै दोस्रो दर्जाको व्यक्ति जस्तै व्यवहार हुने भएकोले धेरै खुल्न नचाहेको संक्रमितहरु आफैं बताउँछन् ।  

स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले समाजका लुकेर बसेका संक्रमितहरुलाई स्वास्थ्य परिक्षणका लागि सहजस्थिति बनाइएको बताए । ‘अझ पनि थुप्रै संक्रमितहरु लुकेर बसका छन् । यो समस्याको विषय हो सबै सरोकारवाला यस विषयमा गम्भीर हुनुपर्छ’ उनले भने । 

सक्रिय सेवा समाजकी टिम लिडर सुशीला बेल्बासेले संक्रमितहरुलाई पहिलेको भन्दा अहिले उपचार, परामर्श लगातयका धेरेै सहजता आएको बताईन । तर पनि अझै धैरे संक्रमितहरु स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु चिन्ताको विषय रहेको उनले बताईन् । 

जिल्लामा चलायमान समूह ७० हजार, यौनकर्मी चार सय, यौनकर्मी ग्राहक एक हजार सात सय, लागूऔषध प्रयोगकर्ता तीन सय रहेको अनुमान गरिएको छ । जिल्लाबाट रोजगारीका लागि तेश्रो मुलुक समेत गएका छन् । जसले गर्दा पनि जिल्लामा संक्रमितहरुको संख्या बढी हुने अनुमान गरिएको छ ।  
अर्को समाचार
कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव
२८ असार २०८२
•
१ मिनेट पाठ
कपिलवस्तुमा ५३ प्रतिशत रोपाइँ, किसानलाई सिँचाइ र मलको अभाव
कपिलवस्तुमा यस वर्ष हालसम्म ५३ प्रतिशत धान रोपाइँ सकिएको छ। असार दोस्रो सातापछि मात्र फाटफुट सुरु भएको रोपाइँ केही दिनयता वर्षा सुरु भएसँगै तीव्र बनेको छ। 




गत वर्ष यही अवधिमा ४० देखि ४५ प्रतिशतको हाराहारीमा मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीको अभावले यस वर्ष पनि ढिलो गरी मात्र रोपाइँ सुरु भएको थियो।

जिल्लाका १० वटा पालिकाका कृषि शाखासँग लिएको तथ्यांकका आधारमा जिल्लामा ५३ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले जानकारी दिए। 

जिल्लामा ८३ हजार हेक्टर बढी खेतीयोग्य जमिन छ। जसमध्ये ६५ हजार ८६१ हेक्टर जमिनमा धान खेती हुन्छ। सिँचाइको सुविधा रहेका उत्तरी क्षेत्रमा अत्यधिक रोपाइँ हुँदा सिँचाइ सुविधा नभएका दक्षिणी क्षेत्रमा भने कम रोपाइँ भएको ज्ञान केन्द्र प्रमुख पौडेलले बताए। 

जिल्लामा कुल खेतीयोग्य जमिनको २०.१ प्रतिशत मात्रै सिञ्चित जमिन छ। यस्तै बाह्रै महिना सिँचाइ हुने जमिन ५ दशमलव ६७ प्रतिशत र मौसमी सिँचाइ हुने क्षेत्रफल १४ दशमलव ३८ प्रतिशत रहेको छ।

हरेक वर्ष जसो यस वर्ष पनि किसानले सिँचाइ र मल खादको अभाव झेलिरहेका छन्।  कृषक महासंघका सचिव बाल गोविन्द त्रिपाठीले मनसुन ढिलो भएको र मल खादको अभाव यस पटक पनि हुन पुगेकाले धान उत्पादनमा असर पर्ने बताए। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस