कपिलवस्तुमा यस वर्ष ३१ हजार ७३५ हेक्टरमा गहुँ लगाइएको छ। जिल्लामा ८३ हजार हेक्टर खेती योग्य जमिन मध्ये धान ७९ हजार हेक्टरमा लगाइन्छ। धानपछि सबैभन्दा बढी गहुँ खेती हुन्छ।
उन्नत जातको बीउ, मलखाद र सिंचाई अभावका बावजुद गहुँ लगाइएको हो। गत वर्ष पनि साढे ३१ हजार हेक्टरमा गहुँ लगाएर १ लाख ११ हजार ७२ मेट्रिक टन उत्पादन भएको थियो। मौसमको अनुकूलता, उन्नत जातको बीउ र क्षेत्रफलको विस्तारले उत्पादन बढ्ने अनुमान छ। यस वर्ष प्रति हेक्टर ३५ क्विन्टल औसत उत्पादनको अपेक्षा गरिएको छ।
मलको अपर्याप्तताका बावजुद क्षेत्रफल बढेको र मौसम अनुकूल भएकाले उत्पादन वृद्धि हुने बताइएको छ। कृषकहरुले आफ्नै प्रयासमा सिंचाई गरेका छन्। रोग र कीराको प्रकोप नदेखिए उत्पादन बढ्ने देखिन्छ।
कृषकहरुले भारतबाट सस्तो बीउ र मल ल्याएर गहुँ छरेका छन्। बजारमा गहुँ ४५(५० रुपैयाँमा बिक्री हुन्छ। जिल्लामा विजया, एनएल ९७१, भृकुटी, एचडी ३४३ जस्ता बीउ प्रयोग गरिएको छ। पकडी, तौलिहवा, महाराजगञ्ज, कोपवा, गजेहडा, गोटिहवा जस्ता ठाउँमा गहुँ बढी उत्पादन हुन्छ।