संघिय सरकारको नीति तथा कार्यक्रममा संघिय अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पताल दुई सिफ्टमा सञ्चालन गर्ने भनिएको छ।
सोही नीतिलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले आफू मातहतका निकायलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ। तर, भरतपुर अस्पतालका चिकित्सकहरु दुई सिफ्टमा अस्पताल सञ्चालन गर्ने अवस्थामा देखिँदैनन्। दुई सिफ्टमा काम गर्नका लागि सेवा सुविधा थप गर्नुपर्ने अस्पतालका चिकित्सक बताउँछन्।
‘कुनै अध्ययन बिना सरकारले निर्णय गरेको छ। पहिले एमओयू अनुसार सर्वे गर्नुपर्यो’, अस्पतालका एक चिकित्सकले भने ‘समय थप गरेपछि सेवा सुविधा थप नगरे काम गर्न सकिँदैन।’
अहिलेको अवस्थामा दिउँसोको सिफ्टमा दुई घण्टा समय थप गर्न सकिने उनले बताए। जनशक्ति थप नहुँदा निजामती कर्मचारीले समेत नमान्ने ती चिकित्सक बताउँछन्।
अहिले भरतपुर अस्पतालले बहिरंग सेवा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म पहिलो सिफ्ट र ११ बजेदेखि चार बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने तयारी गरेको छ। दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्न जनशक्ति रहेकाले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न लागिएको अस्पताल स्राेतले बताउँछ। ‘हामीसँग ११ सयभन्दा बढी चिकित्सक तथा कर्मचारी छन्। यो भनेको प्रशस्त जनशक्ति हो’, स्राेतले भन्याे ‘सरकारी समयमा मात्र काम गर्न खोजेका हौँ।’ स्राेतले भन्याे।
निर्णय कार्यान्वयन हुँदा क्लिनिकमा बिरामीको संख्यामा कमी आउने निर्णय नमान्ने चिकित्सकहरुको बुझाइ छ। भरतपुर अस्पतालका चिकित्सकले अहिले सरकारी मापदण्ड अनुसार काम गर्दैन।
उनीहरुले दैनिक पाँच घण्टा काम गरेर अधिकांश चिकित्सक क्लिनिकमा पुग्ने गर्दछन्। चिकित्सकले १० बजेदेखि तीन बजेसम्म काम गर्दछन्। तर, स्वास्थ्य सेवा नियमवालीअनुसार डाक्टरले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने उल्लेख छ। अस्पतालले बढाएको समयले हप्ताको ३० घण्टा मात्र पुग्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ४ गते भरतपुर अस्पताललाई सेवा विस्तार गर्न ९ वटा बुँदे सहित परिपत्र गरेको छ। सरकारको निर्णयलाई चिकित्सकले नमान्दा विरामीहरु समस्यामा परेका छन्।
अस्पताल प्रशासनले गत आइतबार सूचना प्रकाशित गरी साउन १५ गतेबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म अस्पताल समय कायम गरिएको जनाएको थियो। नियमित औषधि खाने स्वास्थ्य बीमाका बिरामीहरुका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म रिफिल काउन्टरबाट सेवा लिन सकिने सूचनामा उल्लेख छ।
यस्तै ओपिडि सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म नियमित सञ्चालन रहने जनाइएको छ। सूचनाको आधारमा उपचारका लागि अस्पताल पुग्ने बिरामी अहिले साढे ९ बजेदेखि मात्र सेवा लिन पाएका छन्। यसले गर्दा विरामीहरु प्रत्यक्ष मारमा परेका हुन्।
पहिलो सिफ्टमा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने गरी निर्णय गरिएको थियो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा. कृष्णप्रसाद पौडेलले अर्को सातादेखि सरकारको निर्णयलाई लागु गर्ने बताए। ‘अहिले चिकित्सकहरु मान्नुभएको छैन’, उनले भने ‘सायद एक हप्ताभित्र उहाँहरु हाम्रो निर्णयमा फर्कनुहुन्छ।’
विभागीय प्रमुखहरुसँग बैठक राखी सुझाव माग गरेर मन्त्रालयको परिपत्र कार्यान्वनमा लागेको उनले बताए। संघिय अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सरकारले दुई सिफ्टा सेवा सञ्चालन गर्न लागेको हो।
भरतपुर अस्पतालमा दैनिक ओपिडीमा दुई हजार हाराहारीमा बिरामी आउने गर्दछन्। भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिका तर्फबाट राखिका विशेषज्ञ चिकित्सकको संख्या एक सय ३५ जना रहेको छ। मेडिकल अधिकृत ५९ जना र छात्रवृत्ति करारका ३६ जना चिकित्सक रहेका छन्। ४२५ जना नर्स छन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...