भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
१४ साउन २०८१
•
१ मिनेट पाठ
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या
जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ। गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो।




रिम्नावासी भावना रानाले भने,‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ।’ 

भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताए। उनले भने, ‘हाम्रो दुःख बुझ्ने कोही भएनन्। -रासस
अर्को समाचार
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
१० जेष्ठ २०८२
•
२ मिनेट पाठ
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरूलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका कक्षा एकदेखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैर आवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा छात्रवृत्ति वितरण गरिएको हो।




फाउन्डेसनले अघिल्लो शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्राहरूलाई छात्रवृत्ति वितरण गरिरहेको छ। फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने बताइन् । ‘कक्षा १ देखि १० सम्मका १६ जना छात्राहरूलाई अघिल्लो शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।’

फाउन्डेसनले छात्राहरूलाई वर्षभरिलाई पुग्ने स्टेसनरी, स्कुल पोसाक, झोलालगायतका सामाग्रीहरू वितरण गर्दै आइरहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई दुई जना छात्राहरूलाई फाउन्डेसनले छात्रवृत्ति दिँदै आएको छ ।

अध्यक्ष कटुवालले सांगीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट छात्रवृत्ति दिन थालिएको बताइन् । उनले कर्णालीका १० वटै जिल्लाहरूमा छात्रवृत्ति कार्यक्रम पुर्‍याइने बताइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का अध्यक्ष दीपक रानाले छोरी सशक्तीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले जोखिममा परेका बालबालिकाहरूलाई फाउन्डेसनले गरेको सहयोग महत्त्वपूर्ण भएको बताए । 'छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न यो कार्यक्रम महत्त्वपूर्ण छ,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरूले पढाइमा पनि राम्रो गरेको पाइएको छ ।’

सानीभेरी नगरपालिका वडा नं। १ का वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताए । उनले भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीहरूलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु नै ठुलो कुरा भएको बताए ।

भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकाहरूलाई छात्रवृत्ति कार्यक्रमले ठुलो सहयोग पुर्‍याएको बताए । ‘भूकम्पका कारण कापी किताब किन्न नसक्ने अवस्थामा रहेका पीडित बालिकाहरूलाई छात्रवृत्ति दिएर फाउन्डेसनले ठुलो सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘यो कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनुहोला ।’

छात्रवृत्तिमा अध्ययन गरिरहेकी जाजरकोटको नलगाड नगरपालिकाकी छात्रा गंगा विकले छात्रवृत्तिका कारण आफूले पढ्ने वातावरण पाएको बताइन् । ‘भूकम्पका कारण शरीरमा लगाउने कपडा पनि थिइन्, यस्तोमा पढ्ने सपना त्यागी सकेकी थिएँ’ उनले भनिन्, ‘फाउन्डेसनको सहयोग पनि पढ्नमा कुनै समस्या छैन, राम्रो अंक ल्याएर उत्तीर्ण भएँ ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस