जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
११ साउन २०८१
•
१ मिनेट पाठ
जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष जाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्।




रुकुम–पश्चिम र रुकुम–पूर्वका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीयस्तरका नेता, सांसदसहित जिल्ला नेतृत्वले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित भएकाका लागि सरकारले तय गरेको पहिलो र दोस्रो किस्ताको रकम यथाशीघ्र उपलब्ध गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन्।

ज्ञापनपत्रमा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ। यसगैरी तत्कालीन सशस्त्र द्वन्द्वका समयका विभिन्न घटनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इतर पक्षलाई राजनीतिक पहुँच र कानुनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओलीसमक्ष गरिएको छ।

ज्ञापनपत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य खेममान खड्का, कांग्रेसका राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकाय, एमालेका प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्मा, कांग्रेसका पूर्व्राज्यमन्त्री गोपालजीजङ्ग शाह, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, रुकुमपूर्वका एमालेका जिल्ला अध्यक्ष लीलामणि गौतम, सोही कांग्रेसका प्रदेश सदस्य सरिता बिसी, रुकुम–पश्चिमका कांग्रेस जिल्ला अध्यक्ष प्रेमप्रकाश ओली, सोही जिल्लाका एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटालगायत सहभागी थिए। 
अर्को समाचार
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
१० जेष्ठ २०८२
•
२ मिनेट पाठ
भूकम्प प्रभावित छात्रालाई छात्रवृत्ति
भूकम्प प्रभावित जिल्लाका १६ जना छात्राहरूलाई श्री ज्योति फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेको छ । जाजरकोट, रुकुम पश्चिम र सल्यानका कक्षा एकदेखि १० सम्म अध्ययनरत छात्राहरूलाई गैर आवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा छात्रवृत्ति वितरण गरिएको हो।




फाउन्डेसनले अघिल्लो शैक्षिक सत्रदेखि भूकम्प प्रभावित जिल्लाका छात्राहरूलाई छात्रवृत्ति वितरण गरिरहेको छ। फाउन्डेसनका अध्यक्ष ज्योतिकुमारी कटुवालले कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरूलाई हरेक वर्ष छात्रवृत्ति वितरण गरिने बताइन् । ‘कक्षा १ देखि १० सम्मका १६ जना छात्राहरूलाई अघिल्लो शैक्षिक सत्रदेखि छात्रवृत्ति वितरण गरिरहेका छौँ,’ उनले भनिन्, ‘छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिनेछौँ ।’

फाउन्डेसनले छात्राहरूलाई वर्षभरिलाई पुग्ने स्टेसनरी, स्कुल पोसाक, झोलालगायतका सामाग्रीहरू वितरण गर्दै आइरहेको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र आठबिसकोट नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका दुई दुई जना छात्राहरूलाई फाउन्डेसनले छात्रवृत्ति दिँदै आएको छ ।

अध्यक्ष कटुवालले सांगीतिक कार्यक्रम आयोजना गरेर जम्मा भएको रकमबाट छात्रवृत्ति दिन थालिएको बताइन् । उनले कर्णालीका १० वटै जिल्लाहरूमा छात्रवृत्ति कार्यक्रम पुर्‍याइने बताइन् ।

छात्रवृत्ति वितरण कार्यक्रममा भेरी नगरपालिका वडा नं १ का अध्यक्ष दीपक रानाले छोरी सशक्तीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले जोखिममा परेका बालबालिकाहरूलाई फाउन्डेसनले गरेको सहयोग महत्त्वपूर्ण भएको बताए । 'छोरीहरूलाई पढ्नका लागि प्रेरणा प्रदान गर्न यो कार्यक्रम महत्त्वपूर्ण छ,’ उनले भने, ‘छात्रवृत्ति पाएका छात्राहरूले पढाइमा पनि राम्रो गरेको पाइएको छ ।’

सानीभेरी नगरपालिका वडा नं। १ का वडाध्यक्ष टेकबहादुर पुनले भूकम्प प्रभावित क्षेत्रमा शिक्षामा लगानी आवश्यक रहेको बताए । उनले भूकम्पका कारण घरबार गुमाएका परिवारका छोरीहरूलाई पूर्ण छात्रवृत्ति दिएर पढ्ने वातावरण दिनु नै ठुलो कुरा भएको बताए ।

भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेम पुनले भूकम्पका कारण पीडित बनेका परिवारका बालिकाहरूलाई छात्रवृत्ति कार्यक्रमले ठुलो सहयोग पुर्‍याएको बताए । ‘भूकम्पका कारण कापी किताब किन्न नसक्ने अवस्थामा रहेका पीडित बालिकाहरूलाई छात्रवृत्ति दिएर फाउन्डेसनले ठुलो सहयोग पुर्‍याएको छ,’ उनले भने, ‘यो कार्यलाई आगामी दिनहरूमा पनि निरन्तरता दिनुहोला ।’

छात्रवृत्तिमा अध्ययन गरिरहेकी जाजरकोटको नलगाड नगरपालिकाकी छात्रा गंगा विकले छात्रवृत्तिका कारण आफूले पढ्ने वातावरण पाएको बताइन् । ‘भूकम्पका कारण शरीरमा लगाउने कपडा पनि थिइन्, यस्तोमा पढ्ने सपना त्यागी सकेकी थिएँ’ उनले भनिन्, ‘फाउन्डेसनको सहयोग पनि पढ्नमा कुनै समस्या छैन, राम्रो अंक ल्याएर उत्तीर्ण भएँ ।’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस