बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह
१० साउन २०८१
•
१ मिनेट पाठ
बरामद सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह
राजस्व अनुसन्धान विभागले बरामद गरिएका विभिन्न सवारी साधनउपर आफ्नो हकदाबी पेस गर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा लेखिआएबमोजिम शङ्कास्पद रुपमा चलिरहेका भन्ने सूचनाका आधारमा फेलापारी बरामद गरिएका सवारी साधनउपर हकदाबी पेस गर्न आग्रह गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए।




उनले भने, ‘विभागमा दाखिला हुन आएका बरामद सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित १५ दिनभित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको छ, तोकिएको समयमा हकदाबी नपरे ती सवारीसाधन नेपाल सरकारको मातहतमा जाने छन्।’  

विभागले हकदाबी पेस गर्न आग्रह गरेका सवारीसाधनमा लु २८ प ८३४५ नम्बरको बुलेट मोटरसाइकल, को ३६ प ४४४९ र लु ७१ प २०३३ नम्बरका क्लासिक मोटरसाइकल, को ३६ प ९७०१ र बा प्र ०२–०३६ प ४४०५ नम्बरका पल्सर मोटरसाइकल तथा बा ८ च १६११ नम्बरको बागनर कार रहेको सूचना अधिकारी अधिकारीले बताए। विभागले हकदाबी पेस गर्न आग्रह गरेका सबै सवारीसाधन काठमाडौँबाट बरामद गरिएका बताइएको छ।
अर्को समाचार
राजस्व, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धानसँग प्रधानमन्त्री असन्तुष्ट
१७ भदौ २०८१
•
५ मिनेट पाठ
राजस्व, सम्पत्ति शुद्धीकरण र राष्ट्रिय अनुसन्धानसँग प्रधानमन्त्री असन्तुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दोस्रोपटक सरकारको नेतृत्व गरिरहेका बेला प्रधानमन्त्रीको कार्यालयमातहत ल्याइएका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। प्रभावकारी कामका लागि प्रधानमन्त्री कार्यालयमातहत ल्याइएका यी तीन निकायले जनताको कामलाई ध्यान नदिएको भन्दै ओली असन्तुष्ट भएका हुन्।




राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरणका कर्मचारीहरूले व्यापारीहरूलाई दुःख दिने गरेको, बिचौलियाको जस्तो व्यवहार गर्ने गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि ओली ती विभागको कामप्रति असन्तुष्ट भएका हुन्। भदौ ९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभागका प्रमुखहरूसँगको छलफलमा उनले ती तीन निकायले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

अर्कातर्फ राष्ट्रिय अनुसन्धानले राम्रोसँग सूचना संकलन गर्न नसकेको, मुलुकमा तस्करी बढ्न थालेको, आपराधिक गतिविधिका सूचनामा संयन्त्र कमजोर भएको, मुलुकको गुप्तचरी व्यक्तिकेन्द्रित हुन थालेको भनेर प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए।

प्रधानमन्त्री ओलीले २०७५ फागुन १६ मा राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई गृह र अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय गरेका थिए।

प्रधानमन्त्री कार्यालयमातहत ल्याएर राष्ट्रिय अनुसन्धानलाई थप शक्तिशाली बनाउने भने पनि त्यसपछि बनेका प्रधानमन्त्रीहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना भएको छ । राष्ट्रिय अनुसन्धान विभागलाई प्रतिगुप्तचरी संयन्त्र परिचालनका लागि प्रधानमन्त्री कार्यालयमा सारिएको बताइएको थियो। 

तर ‘राष्ट्रिय अनुसन्धान विभाग’को सुदृढीकरण नीतिगत तहमै अल्मलियो । ओलीले प्रधानमन्त्री कार्यालयमातहत ल्याएको गुप्तचरी संयन्त्रलाई अन्य प्रधानमन्त्रीहरूले विपक्षी नेताको चियोचर्चो गर्न प्रयोग गरेको भन्नेमा पनि उनको असन्तुष्टि छ ।  

भदौ ९ गते प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई विमानस्थलबाट सुन तस्करी हुँदा ‘तपाईंको गुप्तचरी संयन्त्र कता थियो’ भनी प्रश्न गर्दा ‘भन्सार र अध्यागमनले हेर्ने’ भन्दै थापा पन्छिएका थिए। ‘अध्यागमन हेर्न त अध्यागमन विभाग नै खडा गरिएको, भन्सार हेर्ने भन्सार विभाग रहेको अवस्थामा तपाईंहरूले त्यस्तो अपराध थाहा नपाउने हो भने किन त्यहाँ बसेको ?’ भन्दै मुख्य अनुसन्धान अधिकृत थापालाई ओलीले प्रश्न गरेका थिए।

प्रधानमन्त्री ओलीले भदौ ९ मा राष्ट्रिय अनुसन्धान विभागले गुप्तचरी मात्रै नभई काउन्टर इन्टेलिजेन्स अर्थात् प्रतिगुप्तचरीसमेत गर्न सक्नुपर्ने नत्र त्यो संस्थालाई यत्तिकै राख्नुको अर्थ नहुने भन्दै तुरुन्तै परिणाम दिने गरी काम गर्न निर्देशन दिएका थिए। गुप्तचरीमा कमजोरी देखिए कसैलाई पनि नछाड्ने चेतावनी पनि उनले दिएका थिए।

अर्कातर्फ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कसुर आकर्षित नै नहुने उजुरीमा व्यवसायी र कर्मचारीलाई बोलाएर सम्पत्ति विवरणको ‘फाराम भराउने’ र ‘तर्साउने’ गतिविधि गरिरहेको विषयमा आफू जानकार रहेको प्रधानमन्त्री ओलीले बताएका थिए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विशिष्टीकृत कसुर हेर्ने गरी स्थापना गरिएको सो विभागले नियमित रूपमा सरकारी कर्मचारी र मध्यम तहका व्यवसायीहरूलाई विभागमा बोलाएर छद्म उजुरी बनाएर सम्पत्ति विवरण फाराम भराउने र अनधिकृत सम्पत्ति देखिएको भन्दै तर्साउने गरिरहेको पाइएको समाचार आएको थियो। 

विभागले आफैं उजुरी सिर्जना गरेर त्यसैका आधारमा व्यक्तिहरूलाई बोलाउने र तर्साउने गरेको व्यवसायी र कर्मचारीले गुनासो गरेपछि ओलीले सम्पत्ति शुद्धीकरणको काम र कर्तव्य र अधिकार तथा प्रभावकारी कामबारे चर्चा गर्दै अहिले गरिरहेको कामप्रति असन्तुष्टि जनाएका थिए ।  

तत्कालीन महानिर्देशक पुष्पराज शाहीको निर्देशनमा विभागका अधिकारीहरूले आफ्नो काम गरिरहेका कर्मचारी र व्यवसायीहरूलाई केरकार गरेपछि यो विषयले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रवेश पाएको थियो। 

प्रधानमन्त्री ओलीले सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रस्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरूपयोग नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्कारी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठुलो राजस्व गुमाएको र बेथिति हुर्किएको दाबी गरेका थिए।

‘अब त्यस्ता गतिविधि सह्य हुँदैन, तस्करी भइरहन सम्भव छैन। तपाईंहरू जसको जे जिम्मेवारी हो, त्यो पूरा गर्न दृढताका साथ लाग्नुस्। कार्यक्षेत्र निर्धारणमा समस्या भए पनि ल्याउनुस्। देशलाई बर्बाद हुनबाट जोगाउनुस्। जनतालाई आशा र विश्वास दिने काम गर्नुस्।

आफ्नो प्रभावकारी औचित्य स्थापित गर्न नसक्ने हो भने भने जागिर खान मात्रै राज्यका निकायहरू खडा गरेर राखिरहनुपर्छ भन्ने छैन,’ प्रधानमन्त्री ओलीले कडा शब्दमा भने। उनले ६ वर्षअघि आफूले नै राम्रोसँग काम गरुन् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मातहतमा ल्याइएको स्मरणसमेत गरे। उनले विमानस्थलबाट सुन तस्करी हुँदा कसैले थाहा नपाउने पनि संयन्त्र हुन्छ भन्दै प्रश्न गरेका थिए।  

अर्कातर्फ राष्ट्रिय सतर्कता केन्द्रको काम हाजिर टिप्ने मात्रै रहेको भन्दै यस्ता संस्थाको कार्य औचित्य पुष्टि गर्न आग्रह गरेका थिए। सर्तकता केन्द्रतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले दूध नदिने भैंसीलाई घाँसकुँडो मात्रै खुवाएर राख्न सम्भव नभएको र त्यसलाई औचित्य हुनेगरी अर्को निकायमा लगेर काम दिने बताएका थिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस