जुम्लामा मनाइयो काफल दिवस
३२ असार २०८१
•
२ मिनेट पाठ
जुम्लामा मनाइयो काफल दिवस
जुम्लामा अहिले लटरम्म काफल फलेका छन्। जेठको दोस्रो सातादेखि साउनको अन्तिम सातासम्मको अवधिलाई ‘काफलको सिजन’ भनेर चिनिन्छ।




‘काफलको सिजन’ लाई उल्लासपूर्ण बनाउन सोमबार जुम्लाको सिँजा क्षेत्रमा काफल दिवस मनाइएको छ। सिंजा क्षेत्रका जंगल यतिबेला काफल पाकेर राताम्मे छन्।

परापूर्वकालदेखि यहाँका बासिन्दाहरूले असारको अन्तिम दिन काफल खाएर असारलाई बिदाइ गर्ने परम्परा पालना गर्दै आएका छन्। यस वर्ष पनि यस परम्परालाई जोगाउन गाउँपालिकाले स्थानीय बिदा समेत दिएकाे छ।

सिँजाली क्षेत्रका बासिन्दाहरूको लागि हरेक वर्ष असारको अन्तिम दिन विशेष हुन्छ। काफल टिपेर, देउडा गाएर, रमाइलो गर्दै, उनीहरू असारलाई बिदा गर्छन्।

युवा-युवतीहरू काफल टिप्न पाटन पुग्छन्। यस परम्परालाई जोगाउन उनीहरूले हरेक वर्ष असार मसान्तमा काफल टिप्न जाने प्रचलन कायमै राखेका छन्।

विशेष गरी जुम्लाको क्षेत्र नम्बर ९ (ख), अर्थात् सिँजा क्षेत्रमा काफल टिपेर खाने प्रचलन छ। पाटनमा गएर काफल खाने चलन पहिलेदेखि चली आएको बुढापाकाहरू बताउँछन्।

यस वर्ष पनि सिँजा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष लालबहादुर बुढाले गत वर्षको गाउँ सभामा गरिएको निर्णय अनुरुपनै काफल दिवस धूमधामले मनाइएको बताए।

उनका अनुसार, गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक, चौरीमेल जस्ता रमणीय पाटनमा मानिसहरू काफल टिपेर, देउडा र चड्किला गाएर रमाउने गर्छन्।

काफल टिप्नका लागि प्लास्टिक र निगालोबाट बनेका बस्तु लैजाने चलन छ। यस दिनबाट काफल बिस्तारै हराउन थाल्छ।

जुम्लामा जेठ १५ गतेबाट काफल पाक्न सुरु हुन्छ। यो दिन मन परेका युवायुवती भेटघाट गर्ने दिनको रूपमा पनि परिचित छ।

काफल टिप्न गएका युवायुवतीले मायाप्रीतिका देउडा खेल्ने गर्छन्। यो दिनमा अनिवार्य वर्षा हुनुपर्छ भन्ने विश्वास छ। साथै, गाई-गोरु लेकतिर लैजानुपर्ने मान्यता पनि रहेको छ।

पाटनमै दही, खीर, दूध, मासु, पुरी र तरकारी खाने चलन पनि रहेको छ। परम्परागत पहिरन पटुका, चोलो, धोती लगाउने र गलामा माला पहिरने गरिन्छ।

घरमा गाई नहुनेले बजारबाट पाउडरको दूध ल्याएर पनि खीर खानुपर्छ। जङ्गलमा चराचुरुङ्गीको आवाजले काफल पाकेको संकेत गर्छ। काफल पाकेपछि वन जङ्गल राताम्मे हुन्छ।

तराईमा जति जति गर्मीको राप चढ्दै जान्छ, त्यति नै पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा हुँदै जान्छ।

जुम्लामा गाइने थुप्रै गीतमा काफलको प्रसङ्ग जोडिएको छ। यो दिन सिँजाली क्षेत्रका बासिन्दाहरूका लागि निकै महत्त्वपूर्ण र हर्षोल्लासपूर्ण हुन्छ।
अर्को समाचार
जुम्लामा मनाइयो ‘काफल दिवस’
३१ असार २०८०
•
३ मिनेट पाठ
जुम्लामा मनाइयो ‘काफल दिवस’
आज असार ३१ गते जुम्लाको सिँजा क्षेत्रमा काफल दिवस मनाइएको छ। यस क्षेत्रमा परापुर्वकाल देखि हरेक वर्ष असारको अन्तिम दिन काफल खाएर असारलाई बिदा गर्ने प्रचलन छ।




सिँजाली क्षेत्रका बासिन्दाहरुले काफल खाएर असारलाई बिदा गर्ने प्रचलन अनुसार हरेक वर्ष असारको अन्तिम दिन काफल टिपेर, देउडा गाएर रमाइलो गर्ने गर्दछन्।

पूर्वकालदेखि चली आएको परम्परालाई जोगाई राख्न आज सिँजा गाँउपालिकाका युवा युवतीहरू काफल टिप्न पाटन पुगेका छन्। हरेक वर्ष असार मसान्तमा यहाँका युवा युवतीहरू काफल टिप्न पाटन पुग्ने गर्छन्। काफल खाएर असार महिनालाई बिदाइ गरिने परम्परा छ।

विशेष गरी जुम्लाको क्षेत्र नम्बर (ख) अर्थात् सिँजा क्षेत्रमा पर्ने स्थानीय तहमा काफल टिपेर खाने प्रचलन छ। पाटनमा गएर काफल टिप्ने र खाने चलन पहिले देखि चली आएको बुढापाकाहरु बताउँछन्।

सिँजा गाउँपालिका-६ का वडा अध्यक्ष लालबहादुर बुढाले गाउँपालिकाको १२ औं गाउँ सभामा परापुर्वकाल देखि चली आएको काफल खाने दिनलाई काफल दिवसको रुपमा मनाउने निर्णय भएको सुनाए। सोही निर्णय अनुसार आज काफल दिवस मनाइएको हो।

उनका अनुसार मानिसहरू आजको दिन गोवानी, दमाईमारे, डिके, देउलाडी, माजखरक, चौरीमेल लगायतका पायक पर्ने रमणीय पाटनमा काफल टिप्ने र परम्परागत रुपमा देउडा, चड्किला गाएर रमाउने गर्दछन्।

आज सिंजा गाउँपालिकाकी उपाध्यक्ष शितली रोकाया सहितको सिंगो टिम पनि काफल खान उक्त पाटनमा पुगेको छ।

युवायुवती वनमा गएर काफल टिप्ने, खाने र एक आपसमा रमाइलो गर्ने गर्दछन्। युवतीहरुले टिपेका काफलहरु युवाहरुले मागेर खाने गर्दछन्। काफल टिप्नको लागि प्लाष्टिक र निगालोबाट बुनेका बस्तु लैजाने चलन छ। यस दिनबाट काफल पनि बिस्तारै हराउने गर्दछन्। जुम्लामा जेठ महिनाको १५ गतेबाट काफल पाक्न सुरु हुन्छ। 

यस दिन मन परेका युवायुवती भेटघाट गर्ने दिनको रुपमा पनि परिचित छ।काफल टिप्न गएका युवायुवतीले मायाप्रीतिका देउडा खेल्ने गर्छन्। यो दिनमा बाबु, आमाको अगाडी देउडा खेल्दा पनि लाज मानिँदैन। काफल टिप्न जाँदा छाता, प्लाष्टिक ओढेर जाने गरिन्छ। यो दिनमा अनिवार्य वर्षा हुनुपर्छ भन्ने विश्वास छ।

साथै गाई गोरु लेकतिर लैजानु पर्ने मान्यता छ। काफल टिपेर असारको बिदाइ गरिने चलन छ। पाटनमै दही, खिर, दूध, मासु, पुरी, तरकारी खाने चल्ती पनि रहेको छ। आजका दिन परम्परागत पहिरन पटुका चोलो, धोती लगाउने र गलामा माला पहिरने गरिन्छ। आजको दिन घरमा गाई नहुनेले बजारबाट पाउडरको दूध लिएर पनि खीर खानुपर्छ। 

यति बेला जङ्गलहरुमा केही चराचुरुङ्गी कराएको आवाजले काफल पाकेको संकेत गर्छ। काफल पाकेपछि वनजङ्गल राताम्मे हुन्छ। काफललाई पवित्र फल मानिन्छ। तराईमा जतिजति गर्मीको राप चढ्दै जान्छ पहाडका जङ्गलमा काफलको रङ्ग पनि गाढा बन्दै जान्छ। काफल अहिलेको मौसमी फल भएकोले असारको अन्तिम दिन सबैले चाख्नै पर्छ भन्ने मान्यता रहेको वडा अध्यक्ष लालबहादुर बुढाले बताए।

जुम्लामा गाइने थुप्रै गीतमा काफलको प्रसङ्ग जोडिएको छ। यो दिन सिँजाली क्षेत्रका बासिन्दा लागि निकै महत्त्वपूर्ण दिन हो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस