एकल महिलालाई बालबच्चा हुर्काउनै समस्या
३२ असार २०८१
•
३ मिनेट पाठ
एकल महिलालाई बालबच्चा हुर्काउनै समस्या
कैलालीकाे टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन्। श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छन्। ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको निकै चिन्ता छ।




‘छोरी अहिले १० कक्षामा पढ्छिन्, छोरीको धेरै पढ्ने इच्छा छ’, उनल भनिन, ‘मेरो कमाइ छैन। छोरीलाई शिक्षा दिन सक्दिन कि भन्ने पीरले सताउँछ। यस्तो बेला सरकारले हेरिदेओस् भन्ने चाहना छ।’

टीकापुर–३ कटानपुरकी रामपति चौधरीले तीन नातिनातिना पालेर बसेकी छन्। रामपतिका छोरा कुलतमा फसेपछि बुहारीले अर्को विवाह गरेर गइन्। छोराबुहारीले नस्याहारेपछि एकल रहेकी रामपतिले सामाजिक सुरक्षा भत्ताले बच्चाको भोक मेटिरहेकी छन्। ‘म आफू पनि एकल महिला, श्रीमान् बितेको धेरै भयो’, उनी भन्छन्, ‘छोरो कुलतमा फसेर मानसिक रुपमा पनि कमजोर छ। तीन बच्चा मेरै जिम्मेवारीमा छन्। मलाई यिनको पेट भर्नै समस्या छ। कसरी अरु आवश्यकता पूरा गरौँ?’

टीकापुर –६ का जोगी परियारका पनि छोराबुहारी बेपत्ता छन्। ज्येष्ठ नागरिक जोगीका दम्पतीले नातिनातिना स्याहारी रहेकी छन्। ‘भारत कमाउन गएको छोरो उतै हरायो, बुहारी पनि कता गइन थाहा भएन’, उनले भनिन, ‘हामी ८० वर्ष आसपासका बूढाबूढी सामाजिक सुरक्षा भत्ताले यी बच्चालाई लालनपालन गरिरहेका छौँ। साह्रै गाह्रो छ हामीलाई।’

टीकापुर–६ नारायणपुरकी चिन्कीदेवी चौधरीका श्रीमान् बितेको ११ वर्ष भयो। उनका दुई छोरा छन्। दुवै छोरा बिरामी छन्। पहिलो बच्चालाई सिकलसेल एनेमियाको समस्या छ। दोस्रो बच्चालाई पनि नियमित रगत चढाउनुपर्छ।

‘सानो बच्चा एक वर्षको हुँदा श्रीमान् बित्नुभयो, त्यसपछि दुःखका दिन सुरु भए’, उनले भनिन, ‘१४ वर्षको छोरालाई सिकलसेल एनेमिया छ । उपचारमा आउजाउ गर्न, अस्पताल बस्न, बच्चालाई पोषिलो खुवाउन सकेको छैन।’

चिन्कीदेवी स्थानीय सरकारले बस्ने घर बनाइदिनुपर्ने, अत्यावश्यक पर्ने सरसामान, बच्चाको उपचार र शिक्षामा सघाउनुपर्ने माग गर्छिन्। ‘कहिलेकाहीँ यस्तो सङ्घर्ष गर्न सक्दिनकी जस्तो लाग्छ, श्रीमान् बितेपछि एक वर्षको बच्चा छोडेर इँटाभट्टामा काम गरेर बच्चाको भोक मेटाए’, उनले भने, ‘हरेक महिना बच्चा बिरामी हुन्छन्। नियमित काम गर्न पनि मिलेको छैन।’

टीकापुर–५ की जानकी रेग्मी पनि एकल महिला हुन्। जग्गा जमिनसमेत नभएकी जानकीले दुई छोराछोरीलाई मजदुरी गरेरै पालेकी छन्। ‘सधैँ काम पाइँदैन, काम नपाएपछि घरमा अन्न हुँदैन’, उनी भन्छन, ‘कहिलेकाहीँ बिरामी हुँदा काम काममा जान सकिँदैन, त्यो बेला घर चल्दैन। समस्या हुन्छ।’

आइतबार यस्ता अभिभावक नभएका, एकल महिलाले पालिरहेका, विपन्न भएकै कारण विद्याललमा समस्या रहेका बालबालिकालाई टीकापुर नगरपालिकाले शैक्षिक सामग्री सहयोग गरेको छ।

विद्यार्थीलाई झोला, शैक्षिक सामग्री, दुई थान पोसाक वितरण गरिएको हो। वडास्तरीय बाल अधिकार समितिको सिफारिसमा २५ जना विपन्न बालबालिकालाई अध्ययनमा सघाउन सहयोग गरिएको बताइएको छ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले शैक्षिक सामग्रीले शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए।

‘विपन्नलाई धेरै राहत हुन्छ, कतिपय बालबालिका कापी, कलम र लत्ताकपडा नभएर पनि नियमित हुन सकेका हुँदैनन्’, उनले भने, ‘त्यस्ता बालबालिका नियमित विद्यालय आउने अपेक्षा गरिएको छ।’ -रासस
अर्को समाचार
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
०५ फागुन २०८१
•
१ मिनेट पाठ
क्यान्सरपीडित ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर, बर्सेनि थपिँदै १५ सय संक्रमित
पछिल्लो समय बढ्दो संक्रमणका कारण नेपालमा क्यान्सरपीडित बालबालिकाको संख्या भयावह हुँदै गएको पाइएको छ । नेपालमा हरेक वर्ष १ हजार ५ सय बालबालिकामा नयाँ क्यान्सर पहिचान हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।




क्यान्सर भएकामध्ये ७५ प्रतिशत बालबालिका अस्पतालको पहुँचभन्दा बाहिरै हुने गरेको पाइएको छ । क्यान्सरपीडितमध्ये २५ प्रतिशत बालालिकामात्रै अस्पताल पुग्नु चिन्ताको विषय भएको बाल क्यान्सर रोग बिशेषज्ञहरु बताउँछन् । विपी कोइराला मेमोरियल अस्पतालका बाल क्याक्सर रोग बिशेषज्ञ डा. कृष्ण सागर शर्माले बाल क्यान्सरमा आवश्यक बोनम्यारो प्रत्यारोपण र बाल क्यान्सर काटिसेल प्रत्यारोपण उपचार बाहेक बाँकी सबै नेपालमै उपचार हुने गरेको बताए ।

ढिला पहिचान, उपचारमा एकरुपता, औषधिको सहज पहुँच, परीक्षणमा सहज पहुँच, नागरिक र स्थानीय स्वास्थ्यकर्मीमा जनचेतनाको कमीलगायत विषय अहिले पनि बाल क्यान्सर उपचारको लागि चुनौती बनेको चिकित्सकहरुले औल्याए । क्यान्सर लागेका बालबालिका मात्र नभएर परिवारसमेत प्रभावित हुने भएकोले नेपाल सरकारले बाल क्यान्सर उपचारमा एकरुपता, समयमै पहिचान, औषधिको उपलब्धता विशिष्ट अस्पतालको स्थापनाको कमी मुख्य चुनौती रहेको उनीहरुले औल्याएका छन् । ‘सरकारले चौध वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार गरेर मात्र हुँदैन, आवश्यक आर्थिक, मानसिक हेरचाहको लागि यस्तो अभियान चाहिन्छ’ डा.सुचारिका तुलाधरले भनिन् । उनले बाल क्यान्सरमा सम्पुर्णता मान्यताको आवश्यक रहेको सुझाइन ।

बाल क्यान्सर रोग बिशेषज्ञ डा.सानी सिपाइले बाल क्यान्सरमा छिटो पहिचानको उपचारले मात्र राम्रो परिणाम आउने बताइन । ‘यसका लागि स्थानीय स्वास्थ्यकर्मीलाई बाल क्यान्सर रोगको बारेमा न्युनतम तालिम दिनु पर्ने देखिन्छ,’उनले भनिन् ।

नेपालमा अहिले १७ सय जना बालबालिकामा क्यान्सर रहेको सरकारी तथ्याङ्क छ ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस