जुम्लाको गुठिचौरमा प्याराग्लाइडिङको सम्भावना देखिएको छ। गाउँपालिकाले गाउँपालिका-२ मा पर्ने गुठिचौरमा प्याराग्लाइलिङको परीक्षण गरेको छ।
पर्यटन गतिविधिलाई बढाउँदै स्थानीयको आयस्रोत बढाउने उद्देश्य रहे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले बताए। उनले भने, ‘पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको हो। यो जुम्ला तेस्रोपटक परीक्षण भएको छ। यो पहिला जुम्लाको तातोपानी र तिला गाउँपालिकामा उडान गरिएको थियो। पर्यटकीय सम्भावना भएकाले यसलाई नियमित गर्न आवश्यक छ। गुठिचौरमा आन्तरिक तथा बाह्य पर्यटक धेरै आउने गरेकाले यो सञ्चालन गरी आम्दानीको स्रोत बलियो हुने देखिन्छ।’
पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार, निर्मल सुनुवार लगायतको प्याराग्लाइडिङ पाइलटको टिमले परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा बताउँछन्। सम्भाव्यता स्थानका लागि परीक्षण उडान सुरू गरिएको हो। ‘परीक्षण उडान सफल भएको छ’, अध्यक्ष बुढाले भने, ‘अब दुई जना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ।’
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्नेछ। स्थानीय गाउँपालिकाले नियमित प्याराग्लाइडिङ उडान गर्न उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्नु पर्ने बताउँछन्। सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्ड लगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेपाल आर्थिक रूपमा अगाडि बढ्न पर्यटन क्षेत्र महत्त्वपूर्ण भएकाले जुम्लामा साहसिक पर्यटन गुठिचौरमा सम्भावना रहेको बताए।उनका अनुसार आफूले पनि ग्लाईडिङ गर्न पाएकोमा खुशी व्यक्त गरे। प्याराग्लाइडिङ उडानका लागि बाबु स्याङजाबाट जुम्ला आएका एडभान्चर प्रालिका प्रमुख सानुबाबु श्रेष्ठले जुम्ला त्यसमा पनि गुठिचौर गाउँपालिका स्विटजरल्याण्डको जस्तो भूगोल भएको बताए। यहाँ प्याराग्लाईडिङ सम्भावना देखे, उनले गुठिचौर नेपालकै उत्कृष्ट साहसिक प्याराग्लाइडिङको गन्तव्य हुनेमा जोड दिए।
गुठिचौर जुम्लाको हजारौ विघा जमिन भएको स्थान कचौरा आकारको छ। वरपर डाँडा र विचमा बृहत चौर भएको त्यस क्षेत्रमा लामो समयदेखि गुठिचौर भेडा फारम सञ्चालन भइरहेको छ। कृषि क्षेत्रमा अनुसन्धान गरिरहेको मारी नामको अनुसन्धान केन्द्र यही छ। जुम्लादेखि डोल्पा जाने सड्कमा यो क्षेत्रमा मानिसहरू अहिले पनि रमाउन त्यहाँ पुगिरहेका हुन्छन्।यहाँ साहसिक प्याराग्लाइडिङ गर्ने हो भने पर्यटकहरू बढ्ने सम्भावना देखिन्छ तर यसको आधार तयार गर्न स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँगै समन्वय आवश्यक छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...