चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिकिरण कार्यक्रममा जनप्रतिनिधिबीच दोहोरा झडप भएको छ। मुठभेडकै स्थितिबीच आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट भने पारित गरिएको छ
असन्तुष्ट एमाले–कांग्रेस र नगरको नेतृत्व गरेको माओवादी समर्थित जनप्रतिनिधि दुई पक्षमा बाँडिएर मुठभेडमा उत्रिएका हुन्।
बुधबार ११ बजे बजेट सार्वजनिक गर्न नगरसभा बोलाइएको थियो। सभामा एमाले–कांग्रेसले विरोध जनाउने पूर्वसूचनापछि ढिलो गरी दिउँसो १ बजे मात्र कार्यक्रममा सुरु भएको थियो।
नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बजेटबारे धारणा राख्न सुरु गर्नासाथ एमाले–कांग्रेस समर्थित जनप्रतिनिधि नारावाजीमा उत्रिए। उनीहरुले भद्र सहमति पालना नभएको भन्दै उठेर नाराबाजी सुरु गरे।
नाराबाजीकै बीच उनीहरु माइक खोस्ने, स्पीकर भूँईमा बजार्ने लगायत गतिविधि गर्दै आक्रमक र उत्तेजित भए। प्रतिवादमा माओवादीका उत्रिएपछि दुई पक्ष मुठभेड निम्तियो। जनप्रतिनिधिबीच हात हालाहाल हुँदै आपसमा मुक्का बर्सिए।
एमाले–कांग्रेसका जनप्रतिनिधि सभामा विरोध जनाउने तयारी साथ आएका थिए। तर झडपकै स्थिति पैदा होला भन्ने अनुमान गरिएको थिएन। सभामा प्रवेश गर्नुअघि उनीहरुले उपस्थिति पुस्तिका च्यातेका थिए। त्यपछि सभामा प्रवेश गरेका उनीहरुले भद्र सहमति कायम गर भन्दै नारावाजी थाले।
वडा नं. २ का वडाध्यक्ष सुदीप श्रेष्ठले सुरुमा माइक खोज्दै स्पीकर उचालेर भुँईमा बजारेपछि शान्त बसेका माओवादी जनप्रतिनिधि प्रतिवादमा उत्रिएपछि सभा असान्त बन्यो। धकेलाधकेल, हानाहान, मुक्का बर्साउने र छ्ट्याउने गतिविधिबीच सभामा कोलाहल मच्चियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी नै परिचालन गर्नु गरेको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नगरप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/८२ को बजेट र विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए नगर प्रमुख सापकोटाले नाराबाजीकै बीच बजेट र विधेयक सभामा प्रस्तुत गरे।
बहुमत संख्यामा रहेका माओवादी सदस्यले ताली बजाएरपछि सापकोटाले बजेट र विधेयक पारित भएको घोषणा गरे।
नगरमा माओवादीले एकलौटी गरेको आरोप लगाउँदै एमाले–कांग्रेसले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। नगरसभा र नगर कार्यपालिकामा बहुमत रहेको माओवादीले महत्वपूर्ण निर्णय गर्दा एकलौटी गरेको भन्दै एमाले–कांग्रेसले असन्तुष्टि जनाउँदै थिए।
गत असार ८ गते सम्पन्न १५ औँ नगरसभा पनि बिथोल्ने उनीहरुको तयारी थियो। यो जानकारीपछि नगर प्रमुख सापकोटाले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि सभा सम्पन्न भएको थियो।
प्रतिवद्धता अनुसारको भद्र सहमति बजेट निर्माणमा पालना नभएको उनीहरुको भनाई थियो। प्रमुख सापकोटाले भने सबैलाई समेटेरै अघि बढेको जनाउँदै बिरोध गर्नुको कारण थाहा पाउन नसकेको बताए। ‘काखापाखा गर्ने र पेलेर जाने नियत कहिल्यै राखेको छैन,’ उनले भने।
नगर सभाले आगामी वर्षको लागि १ अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ। आठ प्राथमिकताका क्षेत्र तोकिएको बजेटमा शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई सबैभन्दा बढी महत्व दिइएको छ।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...