मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारदेखि सीमा क्षेत्रसम्मको सडक किनारामा वृक्षारोपण अभियानको सुरुवात गरिएको छ।
मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सडक किनारमा वृक्षारोपण गर्दै अभियानको सुरुआत गरेका हुन्। कर्सिया बजारको बिपी चोकदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकबाट उनले अभियान सुरु गरेका छन् । ‘बिरुवा हुर्काऊँ, पृथ्वी बचाऊँ’भन्ने मूल नाराका साथ अभियान थालेको सांसद मण्डलले बताए।
उनले बिरुवा रोप्ने अर्थात् वृक्षारोपणको कार्यक्रम सबैले गर्ने तर हुर्काऊँ भन्ने कुरा कसैले नगरेको हुँदा मैले रोप्ने मात्रै नभई बिरुवा हुर्काउने अभियान थालेको हो। धनपालथानबाट सुरु गरेको अभियान क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बायाँ मा बिरुवा रोप्ने र हुर्काउने उनको योजना रहेको बताए।
जीवन विकास समाज, थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँगको समन्वयमा सांसद मण्डलले थालेको अभियानको पहिलो दिन ५ सय बढी विभिन्न जातका बिरुवा रोपिएको थियो । पृथ्वी बचाउने अभियान अन्तर्गत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्न थालिएको बताउँदै, सांसद मण्डलले भने, ‘कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको हुँदा वातावरण संरक्षणका लागि सडक किनारमा वृक्ष रोप्न र हुर्काउन सबैमा अनुरोध गर्छु । जसको घर अगाडि रोपिएको उहाँहरूलाई नै संरक्षण गर्ने जिम्मा दिइने छ । घर छेउछाउमा फलफूलको बिरुवा रोप्दा उहाँहरूले संरक्षण गर्नु हुन्छ।’
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए। शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको उनले बताए।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले ‘थ्रि जिरो’ क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थामध्ये नेपालको जीवन विकास लघुवित्त वित्तीय संस्थाले अन्तर्राष्ट्रिय क्लब सपोर्ट अवार्ड प्राप्त गरेको हो।
यस अघि २०२२ र २०२३ को थ्री जिरो क्लब कन्भेन्सनमा पनि जीवन विकासले अवार्ड प्राप्त गर्न सफल भएको जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए।
शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले थ्री जिरो क्लबको (तीन शून्य क्लब) अवधारणा अघि सारेको बताउँदै, कार्यकारी अधिकृत मण्डलले भने, ‘क्लबको सञ्जाल ५६ देशमा छ। विश्वभर क्लबको संख्या ३ हजार ८ सय बढी छन्। ती मध्ये सबैभन्दा धेरै नेपालमा २ हजार ५ सय छन्। नेपालमा रहेका मध्ये आधा भन्दा बढी १ हजार ४ सय १८ वटा थ्री जिरो क्लब जीवन विकास संस्थाले गठन गरेको छ।’
थ्री जिरो क्लब गठन र सहयोगमा उत्कृष्ट कार्य गर्दै आएको जीवन विकासलाई थ्री जिरो क्लब कन्भेन्सनमा प्रवर्द्धक मोहम्मद युनुसले अवार्ड प्रदान गरेको बताइएको छ। पुरस्कार लिँदै कार्यकारी अधिकृत मण्डलले अन्तर्राष्ट्रिय मञ्चमा जीवन विकासले प्राप्त गरेको पुरस्कार नेपालका लागि गौरवको विषय भएको बताए।यो अवार्ड प्राप्त गर्नु हाम्रा संस्थाका लागि मात्रै नभई देशको पनि गौरवको कुरा हो । अवार्डले फिल्डमा काम गर्नका लागि थप उर्जा थपेको मण्डलले बताए।
थ्री जिरो क्लबलाई लघुवित्तसँग जोडेर गरिने सामाजिक कार्य दिगो र प्रभावकारी हुने बताउँदै कार्यकारी अधिकृत मण्डलले भने, ‘समाजले अपनत्व ग्रहण गर्छ। युवालाई अघि बढाउँदा धेरै कुरा सिक्न पाउने र नेतृत्व विकास पनि हुन्छ । क्लबमार्फत युवालाई समाजप्रतिको उत्तरदायित्व सिकाइरहेका छौँ।’ जीवन विकासले गत वैशाख ५ गते नेपालमा पहिलो पटक थ्री जिरो सदस्य सम्मेलन आयोजना गरेको थियो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...