सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारद्वारा आयोजित गोताखोर तालिम समापन भएको छ।
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि आयोजित ३६ दिने तालिमको समापन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानाराण श्रेष्ठले गरेका थिए।
तालिम बागमती प्रदेश सरकारको सहयोगमा आयोजित भएको थियो। सशस्त्र प्रहरी बलका विभिन्न इकाईबाट छनौट गरिएका १९ जना सशस्त्र प्रहरी कर्मचारीले तालिम लिएका थिए।
समापनको क्रममा इच्छाकामना गाउँपालिका वडा नम्बर-४ कुरिनघाट स्थित त्रिशुली नदीमा प्रशिक्षार्थीहरूले जलद्धार सम्बन्धी अभ्यासको डेमो समेत प्रदर्शन गरेका थिए।
कार्यक्रममा मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको प्रशंसा गरे। उनले मनसुनको सुरुवातसँगै आउने विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिए।
नेपाल सरकारले पहिलो पटक वि.सं. २०६९ सालमा बंगलादेशमा २५ जना सशस्त्र प्रहरीलाई गोताखोर तालिमका लागि पठाएको थियो। त्यसपछि वि.सं. २०७६ देखि नेपालमै गोताखोर तालिम सञ्चालन गरिँदै आएको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले जानकारी दिए।
उनले सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यका लागि ८ वटा खोज तथा उद्धार टिमहरू, विपद् डेडिकेटेड ९ वटा वेशहरू र देशभर ९ स्थानमा गोताखोर टोलीहरू आवश्यक साधनस्रोतसहित परिचालन गरिरहेको बताए।
तालिम प्राप्त गोताखोरहरूलाई नेपाली जनताको जिउधनको सुरक्षा गरी भरपर्दो आडभरोसा बन्ने गरी कार्य गर्न उनले निर्देशन दिए।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ। चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गरे।
उनले भने,‘देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ।’ प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताए। प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता रहको थियो।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए। शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए। प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए।
कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...