मनाङमा १३ दिनदेखि दिनहुँ झरी, बाढीले पक्की पुल बगायो
२० असार २०८१
•
४ मिनेट पाठ
मनाङमा १३ दिनदेखि दिनहुँ झरी, बाढीले पक्की पुल बगायो
२०७८ असार पहिलो साता हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो। वर्षासँगै मर्स्याङ्दी नदी र आसपासका खहरेमा बाढी आउँदा ठूलो क्षति गर्‍यो। मानवीय क्षति नपुगेपनि ठूलो आकारमा भौतिक संरचनामा नोक्सान पुगेको थियो।




बाढीले त्यो बेला करिब पाँच दर्जन घरमा क्षति पुर्‍याएको थियो भने पुलपुलेसा बगेका थिए। सरकारी तथा निजी संरचनामा क्षति भएको थियो। लामो समय सडक अवरुद्ध हुँदा त्यो बेला मनाङवासीले खाद्यान्न ओसारपसारमा समेत सकस खेपेका थिए।

विस्थापित गाउँलेलाई घर फर्किन पनि त्यो बेला निकै नै बढी समय लागेको थियो। तीन वर्ष अघि वर्षाको त्यो त्रासदीपूर्ण अवस्था खेपेको मनाङका बासिन्दा वर्षा लाग्नासाथ डराउन थालेका छन्।

स्थानीयका अनुसार अहिले पनि मनाङमा नियमित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पोखरा कार्यालयले अहिले मनाङ सदरमुकाम चामेमा स्वचालित वर्षा मापन स्टेशन राखेको छ। चामेको उक्त स्टेशन हेरिरहेका प्राविधिक प्रकाश गुरुङका अनुसार पछिल्लो २४ घण्टा (मंगलबार बिहान पौने ९ देखि बुधबार बिहान पौने ९ सम्म) का चामेमा मात्र १८ मिलिमिटर वर्षा भएको छ।

उनका अनुसार चामेमा गत मे महिनाको १२ तारिखमा वर्षा मापन स्टेशन राखिएको थियो। त्यो स्टेशनमा रेकर्ड भए अनुसार पछिल्लो १३ दिनदेखि चामेमा दिनहुँ वर्षा भइरहेको छ। यो अवधिमा ५९.८ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा बढी वर्षा मंगलबार भएको हो।

‘जुन २० देखि निरन्तर वर्षा सुरु भएको थियो। त्यसको भोलिपल्ट (जुन २१) मा बाहेक अहिलेसम्म हरेक दिन धेरथोर वर्षा भएकै छ। यसले हिमाली जिल्लामा जोखिम निम्त्याउने खतरा हुन्छ,’ उनले भने, ‘नियमित वर्षा हुँदा बाढी पहिरोको जोखिम हुन्छ।’

उनका अनुसार जुलाई १ मा १.४, जुलाई २ मा ३.८ र जुलाई ३ मा १८ मिलिमिटर वर्षा भएको छ। मनाङको हुम्दे स्टेशनको भने रेकर्ड नआइसकेको उनले बताए।

हिमाली जिल्लामा यसैपनि वर्षा कम हुने भएपनि पछिल्लो समयको नियमित वर्षाले थप पहिरो निम्त्याउने जोखिम रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन। उनले पनि मनाङको चामेमा पछिल्लो २४ घण्टामा १८ मिलिमिटर वर्षा भएको बताइन।

‘सुरुवाती अवस्थामा भए त्यो वर्षा (१८ मिमि) ले खासै फरक पार्ने होइन, किनकि माटो भिज्न पाउँथ्यो। तर, दिनहुँ जसोको वर्षाले अहिले जमिन गलिसकेको छ। जमिनले पर्याप्त पानी सोसेको छ, त्यसैले अब पहिरोको जोखिम थपिन्छ,’ उनले भनिन, ‘माटो कमजोर बनेकोले सतर्क हुनुपर्छ। पानी कम पर्ने ठाउँमा लगातार वर्षा हुँदा त्यसको जोखिम बढ्न डर हुन्छ।’ 

जल तथा मौसम विज्ञान विभागका अनुसार २०७८ असारमा मनाङका भएको मनसुनी वर्षाले त्यस भन्दा अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको थियो।

मनाङ हुम्देस्थित स्टेसनको रेकर्ड अनुसार जुन १६ (२०७८ असार २) मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भएको थियो। त्यस दिन हुम्देमा ८२.२ मिलिमिटर वर्षा भएको थियो। अघिल्लो दिन असार १ गते हुम्देमा ५४.६ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि जेठ १५ मा पनि ६०.६ मिलिमिटर वर्षा भएको थियो। त्यही वर्षापछि मनाङमा बाढीले वितण्डा मच्चाएको थियो।

फेरि क्षति  

लगातारको वर्षापछि मनाङमा पक्की र काठे पुल बगेका छन्। मनाङको चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ खोलामा आएको बाढीले ढलान गरेको पक्की पुल बगाएको छ।

मंगलबार बेलुकी माथिल्लो क्षेत्रमा काठे पुल बगेकोमा रातीको भेलले पक्कि पुलको संरचना पनि बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए।

‘मंगलबार बेलुकी काठे पुल बगेको थियो। राती त ढलान गरेको पक्की पुल नै बगायो। अब मनाङसँगको स्थलमार्ग टुटेको छ,’ लामिछानेले भने, ‘अग्लो ठाउँबाट खसेको छहराले पुलमा क्षति गरेको हो। नियमित वर्षाका कारण अहिले जनजीवन प्रभावित भएको छ।’

प्रजिअ लामिछानेका अनुसार तिमाङमा पक्की पुल बगेको ठाउँ निकै नै अप्ठेरो थियो। दुइवटा पहरोलाई खोपेर बनाइएको ठाउँमा माथिबाट झरेको गेग्रानसहितको छहराले क्षति गरेको हो।

पुल करिब १० मिटर लामो थियो। पुल क्षति भएको ठाउँबाट सदरमुकाम चामे पुग्न गाडीमा पनि कम्तीमा १ घण्टा लाग्ने उनले सुनाए। ‘ढुंगासहितको छहरा पुलमाथि बजारिएपछि क्षति भएको हो,’ उनले भने।

‘अरु मानवीय क्षति त भएको छैन। तर, मनाङमा वर्षा नियमित हुँदा त्रास भने बढेको छ,’ उनले भने। उनका अनुसार अहिले पनि मनाङका खहरेमा पानीको बहाव बढेको छ। मर्स्याङ्दी नदीमा पनि बहाव बढेको छ तर, क्षति भने भएको छैन।

‘ठाडो खोला भएकोले बहावको गति तीव्र हुन्छ। त्यसैमा बढेमानका ढुंगा बगेर आउँदा जोखिम थपिन्छ,’ उनले भने, ‘बाढीले कुनैपनि बेला क्षति पुर्‍याउने त्रास छाएको छ।’

उनका अनुसार पुल बगेको ठाउँमा डाइभर्सन बनाउन पनि मिल्ने अवस्था छैन। किनकि त्यहाँ अग्ला पहाड काटेर पुल बनाइएको थियो।

नेपाली सेनाले २०६९ मा लमजुङको बेशीसहरदेखि मनाङको चामेसम्म सडकको ट्र्याक खोल्ने क्रममा सडकका ठाउँ ठाउँमा काठे पुल राखिएको थियो। ती मध्ये केही पुललाई अघिल्लो पटकको वर्षाले क्षति गरेको थियो।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस