वायु प्रदूषणबाट बर्सेनि ५० हजार नेपालीको मृत्यु
१४ असार २०८१
•
४ मिनेट पाठ
वायु प्रदूषणबाट बर्सेनि ५० हजार नेपालीको मृत्यु
स्टेट अफ ग्लाेबल एअर रिपाेर्ट
नेपालमा वायु प्रदूषणका कारण बर्सेनि झन्डै ५० हजार मानिसको मृत्यु हुने गरेको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। स्टेट अफ ग्लोबल एअर रिपोर्ट–२०२४ मा वायु प्रदूषणले सन् २०२१ मा नेपालमा ४८ हजार पाँच सय जनाको मृत्यु भएको उल्लेख छ।




यसअघि सोही संस्थाले सन् २०२१ मा प्रकाशित गरेको समान प्रकृतिको प्रतिवेदनमा सन् २०१९ मा नेपालमा वायु प्रदूषणका कारण ४२ हजार एक सय जनाको मृत्यु भएको देखाइएको थियो।

यसरी सन् २०१९ को तुलनामा सन् २०२१ मा अर्थात् २ वर्षको अवधिमा वायु प्रदूषणका कारण थप ६ हजार चार जनाको मृत्यु भएको देखिन्छ। नेपालमा घरभित्र हुने वायु प्रदूषणका कारण ३३ हजार ९ सय र घरबाहिरको वायु प्रदूषणका कारण १४ हजार ६ सय जनाको ज्यान गएको पछिल्लो प्रतिवेदनमा जनाइएको छ।

नेपालमा घरभित्र र घरबाहिर हुने वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात, फोक्सोको क्यान्सर, मुटुरोग, बालमृत्यु दर तथा मधुमेहका रोगी बढ्दो क्रममा रहेको प्रतिवेदनमा औंल्याइएको छ।

हेल्थ इफेक्ट इन्स्टिच्युट एवं हेल्थ मेट्रिक्स एन्ड इभालुयसन नामक संस्थाले युनिसेफसँगको सहकार्यमा प्रकाशित गरेको उक्त प्रतिवेदनअनुसार धुवाँ र धुलो मिसिएका अत्यन्त साना विषाक्त कण अर्थात् पिएम २.५ का कारण सन् २०२१ मा नेपालमा १२ हजार ७०० जनाको मृत्यु भएको छ। पिएम २.५ को जोखिमका हिसाबले नेपाल विश्वका १० राष्ट्रको सूचीमा छ। यो सूचीमा छिमेकी भारत, बंगलादेश र पाकिस्तानसमेत छन्।

वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका सूक्ष्म कणलाई पिएम २.५ भनेर परिभाषित गरिन्छ। वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग, श्वासप्रश्वास लगायत रोग निम्ताउने गर्छ।

नेपालमा विशेषगरी डिजेल र पेट्रोलले चल्ने सवारी साधनले गर्ने उत्सर्जन, वनजंगलमा डढेलो लाग्दा निस्कने धुवाँ, इँटा कारखानाबाट निस्कने धुवाँ उत्सर्जन, कृषि अवशेष जलाउँदा र फोहोर बाल्दा निस्कने धुवाँ, विषादीको उच्च प्रयोग, सडकबाट निस्कने धुलो वायु प्रदूषणका प्रमुख कारण मानिँदै आएको छ। घरभित्रको वायु प्रदूषणको कारक खाना पकाउन प्रयोग गरिने दाउरा र अन्य परम्परागत जैविक इन्धनलाई मानिएको छ।

सिकागो विश्व विद्यालयअन्तर्गत इनर्जी पोलिसी इन्स्टिच्युटले प्रकाशित गरेको ‘एअर क्वालिटी लाइफ इन्डेक्स–२०२३ प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण नेपालीको सरदर आयु ४.६ वर्षले घटेको छ। तराईका ९ जिल्लामा त सरदर आयु ६.८ वर्षले घटेको आलकन प्रतिवेदनमा गरिएको छ।

वायु प्रदूषणले विश्वमा ८१ लाखको मृत्यु

स्टेट अफ ग्लोबल एअर–२०२४ रिपोर्टअनुसार वायु प्रदूषणका कारण विश्वमा सन् २०२१ मा ८१ लाख मानिसको मृत्यु भएको छ। सन् २०१९ मा वायु प्रदूषणमा कारण मृत्यु संख्या ७२ लाख थियो। दुई वर्षमा यसरी मृत्यु हुनेको संख्या नौ लाखले बढेको देखिन्छ। वायु प्रदूषणका कारण करोडांै मानिसले अनेक दीर्घ रोगसँग जुध्नुपरेको छ। यसले गर्दा वायु प्रदूषण स्वास्थ्य प्रणाली, अर्थतन्त्र र समाजका लागि ठुलो भार बनेको प्रतिवेदनमा उल्लेख छ।

विश्वभरि नै उच्च रक्तचापपछि वायु प्रदूषणबाट धेरैको ज्यान जाने गरेको छ। यसैगरी ५ वर्ष उमेरमुनिका बच्चाको मृत्युको कारणमा पहिलो कुपोषण र दोस्रो वायु प्रदूषण रहेको अध्ययन देखाएको छ।

वायु प्रदूषणका कारण विश्वमा हुने कुल मृत्युमध्ये ५८ प्रतिशत पिएम २.५ कणका कारण र ३८ प्रतिशत घरभित्रकमो वायु प्रदूषणका कारण हुने गरेको प्रतिवेदनमा उल्लेख छ। यसैगरी वायु प्रदूषणका कारण दक्षिण एसियाली र अफ्रिकी मुलुकहरू धेरे जोखिममा छन्।

राष्ट्रिय कार्ययोजनाको माग

वायु प्रदूषणका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेपछि वायु प्रदूषणको क्षेत्रमा कार्यरत संस्थाहरूले तत्काल वायु प्रदूषण रोकथाम राष्ट्रिय कार्ययोजना बनाएर लागु गर्न सरकारसँग माग गरेका छन्।

वातावरण र वायु प्रदूषणको क्षेत्रमा कार्यरत स्वच्छ ऊर्जा नेपाल, वातावरण र जनस्वास्थ्य संस्था, राष्ट्रिय जनवकालत मञ्च नेपाललगायत ११ वटा गैरसरकारी संस्थाको सञ्जाल क्लिन एअर नेटवर्क नेपाल (क्यान) ले बुधबार वक्तव्यमार्फत यस्तो माग गरेको हो।

वायु प्रदूषणका कारण बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र महिला उच्च जोखिममा रहेकाले घातक वायु प्रदूषणबाट उनीहरूलाई जोगाउन वैकल्पिक व्यवस्था गर्नुपर्ने र उनीहरूको वातावरणीय मानव अधिकार सुरक्षित गरिनुपर्ने क्यानको माग छ।

‘नेपालमा वायु प्रदूषणसँग सम्बन्धित ऐन, कानुन, मापदण्ड, कार्यविधि एवं योजनालाई समयसापेक्ष बनाउन तत्काल पुनरवलोकन गरी संशोधन गर्न आवश्यक छ। वायु प्रदूषण गर्ने उद्योग, कलकारखाना, सवारी र मालवाहक साधनको निगरानी तथा अनुगमन गरी कारबाही प्रक्रिया थान्नुपर्छ,’ क्यानले भनेको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस