नागरिकता नबन्दा हरवाचरवा अवसरबाट वञ्चित
०६ असार २०८१
•
३ मिनेट पाठ
नागरिकता नबन्दा हरवाचरवा अवसरबाट वञ्चित
सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छिन्। सदाका श्रीमान् रामप्रसादको १० वर्षअघि नै मृत्यु भइसकेको छ। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छिन्।




'सरकारले एकल महिलालाई मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको छ', चुनरदेवी भन्छिन्, 'मसँग नागरिकता नहुँदा त्यो सुविधाबाट  वञ्चित छ।' नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस बनाए पनि जिल्ला प्रशासन कार्यालयले श्रीमान् र बुबा–आमाको नागरिकता मागेको उनी बताउँछिन्।

चुनरदेवी भन्छिन्, 'श्रीमान्को नागरिकता त छ, तर मसँग बुबा–आमाको नागरिकता छैन।' बुबा–आमाका बितेको करिब २० वर्ष भइसकेकाले नागरिकता आफुसँग उपलब्ध नभएको उनी बताउँछिन्। नागरिकता नपाउँदा चुनरदेवीका २५ वर्षीय छोरा सञ्जीवलाई समस्या भएको छ।

'नेपालमै जन्मिएँ, यही हुर्किएँ। तर हालसम्म नागरिकता पाउन सकेको छैन', सञ्जीव भन्छन्, 'घरको मूल व्यक्ति आमासँग नै नागरिकता नहुँदा समस्या भएको हो।' नागरिकता नबन्दा सञ्जीवले सात वर्षीय छोराको जन्मदर्ता प्रमाणपत्र बनाउन सकेका छैनन्। 

रुपनी–२ लौवापारका बिलट सदा पनि नागरिकताबाट वञ्चित छन्। सानै उमेरमा बुबा–आमा गुमाएकाले आफू नागरिकताबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। नागरिकताका लागि सबै निकायलाई गुहारे पनि अझै पाउन नसकेको बिलट गुनासो गर्छन्।  

'आर्थिक अवस्था असाध्यै कमजोर छ, परिवार पाल्न धौधौ छ', बिलट भन्छन, 'तर ऋण माग्न साहुमहाजनदेखि बैंकसम्म पुग्दा सबैले पहिला नागरिकता माग्छन्, नागरिकता नहुँदा ऋणसम्म पाउन सकिरहेको छैन।' उनको पनि नागरिकताका लागि वडाबाट सिफारिस भइसकेको छ। तर जिल्ला प्रशासन कार्यालयले बुबा–आमाको नागरिकता माग्दा बिलटले दिन सकेका छैनन्।

'दाजुको मृत्यु भइसकेकाले सनाखत गर्न भाउजु फुलबतीदेवी र भतिज रामलगन तयार हुनुहुन्छ, तर यसले पनि समस्या समाधान हुन सकेको छैन।' उनको नागरिकताको पहल गरिदिन वडाध्यक्षसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेपनि नागरिकता बन्न सकेन।

'नागरिकता नबन्दा १२ वर्षीय छोरा दिले र १० वर्षीय पवनको जन्मदर्ता बनाउन सकिएको छैन', बिलटले भने।

स्थानीय २८ वर्षीया सङ्गीतादेवी सदाले पनि अझै नागरिकता पाउन सकेकी छैनन्। सिरहा माइत भएकी उनको स्थानीय उमेश सदासँग विवाह भएको हो। 'श्रीमान्को नागरिकता बनेको छ', उनी भन्छिन्, 'तर जिल्ला प्रशासन कार्यालयले श्रीमान्को नागरिकतासँगै बुबाको पनि माग्छ, बुबा गणेश सदाको नागरिकता आगलागीमा परेर जलेर नष्ट भयो, बुबाको मृत्यु भइसकेकाले झन समस्या भएको छ, बुबाको मृत्युदर्ता बनाउन फोटो चाहिने भयो, तर उहाँको फोटो छैन, कहाँबाट ल्याएर दिनु रु त्यही भएर मृत्युदर्ता बन्न सकेको छैन।' बुबाको नागरिकता वा मृत्युदर्ता नहुँदा मेरो नागरिकता प्राप्त गर्ने सपना अझै पूरा नभएको उनको गुनासो छ।

नागरिकता नै नभएपछि गाउँमा गठन हुने महिला समूहमा आबद्ध हुन पाइरहेको छुइनँ भने न कुनै सेवा सुविधा नै पाउन सकेको छु, उनी भन्छिन्। जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबाआमाको नागरिकता नहुँदा सन्तानको पहिचान सङ्कटमा परेका छन्।

'नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोज्छन्', तर आफ्नो जन्मदर्ता छैन, रुपनी गाउँपालिका–६ का दीपेन्द्र सदा भन्छन्, 'नेपालमा जन्मिएँ, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ।'

'नागरिकता नहुँदा राज्यको मात्रै होइन, समाज तथा समुदायबाट पनि अलग हुनुपरेको छ', दीपेन्द्र भन्छन्, 'नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेको छैन भने राज्यका हरेक सेवासुविधाबाट बञ्चित हुनुपरेको छ।'

रुपनी गाउँपालिकाका चुनरदेवी, बिलट, सङ्गीता र दीपेन्द्र मात्र होइन, सो गाउँपालिकाका विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या अझै भयावह छ। वडामा जन्मदर्ता, विवाहदर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान सुरु गर्न लागिएको छ।रासस
अर्को समाचार
राष्ट्रपति ट्रम्पलाई पहिलो गाँसमै ढुंगा : नागरिकता रद्द गर्ने आदेशविरुद्ध २२ राज्यको मुद्दा
०९ माघ २०८१
•
२ मिनेट पाठ
राष्ट्रपति ट्रम्पलाई पहिलो गाँसमै ढुंगा : नागरिकता रद्द गर्ने आदेशविरुद्ध २२ राज्यको मुद्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता रद्द गर्ने आदेश जारी गरेसँगै तनाव सुरु भएको छ। मंगलबार, २२ राज्यका महान्यायधिवक्ताहरूले राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयासलाई रोक्न मुद्दा दायर गरेका छन्। यो नीति अनुसार, जो कोही अमेरिकामा जन्मिएको व्यक्ति, उनका अभिभावकको आप्रवासी स्थिति जे भए पनि, नागरिक हुन्छन्।




तर, सोमबार राति जारी गरिएको ट्रम्पको सात सय शब्दको कार्यकारी आदेशले उनको चुनावी अभियानमा उठाएको मुद्दालाई पूरा गरेको छ। तर यसले सफलता पाउने कुरा निश्चित छैन, किनभने यसले राष्ट्रपतिको आप्रवास नीति र नागरिक अधिकारको लामो कानूनी लडाई निम्त्याउन सक्छ।

डेमोक्र्याट महान्यायधिवक्ताहरू र आप्रवासी अधिकार समूहहरूले जन्मसिद्ध नागरिकता स्थापित कानूनी विषय भएको र राष्ट्रपतिहरूसँग धेरै अधिकार भए पनि उनी राजा नभएको तर्क गरेका छन्। न्यू जर्सीका महान्यायधिवक्ता म्याट प्लाटकिनले भने, ‘राष्ट्रपतिकाे कलमले गर्ने एक हस्ताक्षरले १४औं संशोधनलाई समाप्त गर्न सक्दैन, यो निश्चित छ।’ व्हाइट हाउसले राज्यहरूसँग कानूनी लडाइँको तयारी गरेको र मुद्दालाई "बामपन्थीहरूको प्रतिरोधको विस्तार" भनेको छ।

व्हाइट हाउसका उप–प्रेस सचिव ह्यारिसन फिल्ड्सले भने, ‘बामपन्थी विचारधारा भएकाहरूले यसमा तीन विकल्पमा काम गर्न सक्छन्, बहिष्कार गर्न सक्छन्, जनताको अधिकांश चाहनालाई अस्वीकार गर्न सक्छन्, वा राष्ट्रपति ट्रम्पसँग काम गर्न सक्छन्।’ कनेक्टिकटका महान्यायधिवक्ता विलियम टङले यो मुद्दा व्यक्तिगत भएको भन्दै भने, ‘१४औं संशोधनले जे भन्छ, त्यसैको अर्थ लाग्छ। अमेरिकी माटोमा जन्मेपछि तपाईं अमेरिकी नागरिक। सक्कियो।’

राष्ट्रपति ट्रम्पको जन्मसिद्ध नागरिकता हटाउने आदेशलाई रोक्न क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेन, मेरिल्याण्ड, म्यासाचुसेट्स, मिचिगन, मिनेसोटा, नेभाडा, न्यू जर्सी, न्यू मेक्सिको, न्यू योर्क, नर्थ क्यारोलिना, ओरेगन, रोड आइल्याण्ड, भर्मन्ट, वाशिङ्टन, विस्कन्सिन र एरिजोना समावेश छन्। यसका अतिरिक्त, डिस्ट्रिक्ट अफ कोलम्बिया र सान फ्रान्सिस्को शहर पनि मुद्दामा सामेल भएका छन्। एपी
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस