अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी
२९ जेष्ठ २०८१
•
३ मिनेट पाठ
अर्गानिक कृषि उपजको बजारीकरण गर्दै राजभण्डारी
फाइल तस्बिर
विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त छन्। उनी यस्तो कार्यमा संलग्न भएको हिजाआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा व्यस्त छन्।




गाउँको कृषि उपजलाई बजारसँग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने दखेपछि राजभण्डारी महालक्ष्मी अर्गानिक खाद्य उद्योगमार्फत कृषि उपजको बजारीकरण गरिरहेका छन्। चार वर्षअघि तोरीको तेल उद्योग सञ्चालनमा ल्याएका उनले विस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर बिक्री गर्न थालेको बताए।

उनले शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्नुका साथै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद गरेर बागलुङ बजार ल्याएर बिक्री गर्दै आएको सुनाए । ‘सुरुमा तोरीको तेलको कारोबार गरेको थिए, पछि ताराखोलाको भाङ्गो, टिुमर, सिस्नो, भट्टमास, घीउ, तोरीको तेल, गुन्द्रक, ढकायोको साग, फापरको पीठो, कोदोको पीठो, मकै र जौको च्याख्ला, ताराखोलामा उत्पादन भएको रन्बो ट्राउट माछालगायतका सामाग्री बिक्री गर्दै आएको छु’, उनले भने।

राजभण्डारीले आफ्नो उद्योगमा उद्योगमा जिल्ला बाहिरको आयातित सामग्री बिक्री नुहुने र स्वास्थ्यवद्र्धक वस्तु मात्रै उपलब्ध गराइरहेको उनको भनाइ छ। पछिल्लो सयम अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण धेरैले अर्गानिक कृषि उपज खोज्दै उद्योगसम्म आउने गरेको उनले बताए। 

‘मेरो स्वभाव पनि अर्गानिक खानेकुरा खोज्ने छ, त्यसैले चार वर्षअघि शुद्ध तोरीको तेल उत्पादन गर्नका लागि प्रशोधन उद्योग सञ्चालनमा ल्याएको थिए, पछि उपभोक्ताको मागअनुसार गाउँमा उत्पादन भएको अर्गानिक आलुदेखि घीउ, भाँगोदेखि अण्डासम्म बिक्री गर्न थाले’, राजभण्डारीले भने, ‘तुलनात्मक रुपमा महङ्गो मूल्य पर्ने यस्ता अर्गानिक वस्तुको महत्व बुझेकाहरु मात्रै उद्योगमा आउँछन्, यस विषयमा जानकारहरु मात्रै मेरा नियमित ग्राहक छन्।’

राजभण्डारीले आयातित सामग्रीलाई प्रतिस्थापन गर्न स्वास्थ्यवद्र्धक वस्तु मात्र बिक्री गरिरहेका छन्। पछिल्लो समय अस्वस्थकर खानपानका कारण स्वास्थ्यमा आउने समस्याका कारण अर्गानिक कृषि उपजको खोजी हुन थालेको उनले बताए।

५८ वर्षीय राजभण्डारीले आफ्नो जीवनकालमा एक दर्जनभन्दा बढी उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन्। यसअघि उनले इँटा उद्योग, कालिका मिनिरल खानेपानी, रेम्बो ट्राउट माछा फर्मलगायतका उद्योग सञ्चालन गरिसकेका छन्।

विशेषगरी बागलुङको ताराखोला गाउँपालिकामा उत्पादन हुने कृषि उपजको बजारीकरण गर्न लागेका उनले आयातित कृषि उपजको तुलनामा बढी मूल्य पर्ने भए पनि विस्तारै उपभोक्ताको सङ्ख्या बढ्दै गएको सुनाए। ‘थोरै खाने तर अर्गानिक र शुद्ध खानेकुराले शरीरलाई फाइदा गर्दछ। गाउँको सिन्की, टिमुर, भागो, तोरीको तेल, घीउ र फापर जस्ता कृषि उपज प्रगोग नगरी हामीले मःम, पिजा र जङग फुडस् खाइरहँदा स्वास्थ्यमा असर परिरहेको सुन्छौँ’, उनी भन्छन्, ‘मेरो उद्योगमा पाइने हरेक कृषि उपज गाउँका किसानलाई उचित मूल्य दिएर खरिद गरेर ल्याउने गरेको छु, मौसमअनुसार गुडुरा र गौरिया चामलसहित अन्य अन्नको च्यख्लासमेत पाइन्छ। अब यहाँका पालिकाले स्थानीय कृषिकलाई प्रोत्साहन हुने गरी अर्गानिक उत्पादनमा जोड दिनुपर्छ।’ -रासस
अर्को समाचार
व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
०८ जेष्ठ २०८२
•
२ मिनेट पाठ
व्यावसायिक कृषि प्रणालीमा लाग्दै पाथीभरा याङवरक
डुम्रिसेका किसानलाई सुन्तलाका बिरुवा र उपकरण प्रदान गर्दै पालिका अध्यक्ष केशरकुमार सुब्बासहित जनप्रतिनिध। तस्बिरः नागरिक
कृषि क्षेत्रमा आफ्नो पालिकालाई व्यावसायिक बनाउन पहल लिइरहेको ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले वडागत रूपमा तरकारी बाली तथा फलफूल खेतीको पहिचान गरेको छ।




वडा नं ४ डुम्रिसेलाई पालिकाले सुन्तला फल उत्पादनमा प्राथमिकता दिएको छ। वडा नं २ थेचम्बुमा आलु खेती प्रवर्द्धन कार्यक्रममा लगानी गरेको छ। वडा नं ४ डुम्रिसेका लप्से क्षेत्रमा सुन्तलाको बलियो सम्भावना देखेपछि पालिकाले उक्त क्षेत्रका किसानलाई सुन्तलाका बिरुवादेखि सिँचाइ पाइप र सुन्तला टिप्ने भर्याङसम्म प्रदान गरेको छ। 

पालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार यस वर्षको सिजनमा स्थानीय प्रेम मेन्याङ्वोले आफ्नो एक रोपनी बगानमा फलेका सुन्तलामध्ये ९१ हजार रुपैयाँको त बिक्री नै गरे। सुभाष उप्रेति त्यो क्षेत्रमा नाम कहलिएका कृषि व्यवसायी हुन्।

पालिका अध्यक्ष मेन्याङ्वोका अनुसार अहिले उक्त क्षेत्रका किसानका घरमा कम्तीमा सुन्तलाका ३० बोट छन्। यस वर्ष मात्र त्यहाँका किसानलाई करिब तीन सय बोट सुन्तलाका बिरुवा थप गर्ने गरी पालिकाले बिरुवा उपलब्ध गराएको छ भने विद्युतीय स्प्रेयर, पावर स्प्रेयर, डिजिटल काँटा, सिँचाइ पाइपसहितका सामग्री समेत पालिकाले दिएर उनीहरूको व्यावसायिकता अभिवृद्धि गर्ने कार्यक्रम राखेको छ।

पालिकाका कृषि विकास शाखा प्रमुख निकेश भट्टराईका अनुसार पाथीभरा याङवरकका किसान खेतीप्रति उत्साहित पनि छन्। उनीहरूका लागि चालु आर्थिक वर्षको बजेटमै सशर्त अनुदान र वित्तीय समानीकरण अनुदानतर्फ मात्र करिब १ करोड रुपैयाँ विनियोजन भई कृषि कार्यक्रम सञ्चालनमा रहेको भट्टराईले बताए।

पालिका उपाध्यक्ष रनमाया गुरुङका अनुसार किसानको मेहेनत र प्रोत्सानहको सम्मान गर्न पालिकाले स्थापना दिवसको अवसर पारेर हरेक वर्ष कम्तीमा ४ जना उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कृत समेत गर्दै आइरहेको छ। व्यावसायिक हुन खोज्ने किसानलाई पालिकाले उन्नत बीउ तथा मल, उपकरण र प्रविधि समेतमा निरन्तर सहयोग गर्दै आइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलले जानकारी दिए।

पालिकाले माटो र हावापानी सुहाउँदो खेती प्रणालीमा ध्यान दिएको र पालिका क्षेत्रको अनुकूल स्थानमा फरक–फरक प्रकृतिको सहयोग गर्दै आइरहेको पालिकाले जनाएको छ। व्यावसायिक रूपमा लागेका किसानहरू प्रविधिबारे जानकारी लिन समेत उत्सुक छन्। उनीहरू प्राविधिक जानकारी लिन बोलाइएका कार्यक्रममा उत्साहजनक उपस्थिति जनाउँछन्।

पालिकाले पनि किसानका टोलबस्तीमा पुगेर खेती प्रणालीबारे प्राविधिक सल्लाह समेत नियमित रूपले प्रदान गर्दै आइरहेको पालिकाले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस