विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको सरकारी गाडीमा आगजनी गरेका छन्। घटनामा विद्युत् प्राधिकरणको पाँचवटा गाडी समेत तोडफोड गरिएको छ।
विद्यार्थीहरूले क्याम्पसको गेट अगाडि योजना आयोगको गाडी रोकेर आगजनी गरेका हुन्। घटनास्थल रोडशेषदेखि करिब ५० मिटर पश्चिममा पर्छ। यता, रोडशेषदेखि करिब ५० मिटर उत्तरमा रहेको बिग होटलमा गृहमन्त्री रवि लामिछाने, सबै सुरक्षा निकायका प्रमुखहरू, र अर्थ मन्त्रालयका कर्मचारीहरूको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी चलिरहेको थियो।
गोष्ठी सकिएसँगै त्यही होटलमा सुरक्षा सम्बन्धी अर्को गोष्ठी हुने कार्यक्रम थियो। सबै सुरक्षा निकायका अधिकारीहरू होटल वरपर केन्द्रित हुँदा विद्यार्थीहरूको समूहले योजना आयोगको गाडीमा आगजनी गरेको हो।
विद्यार्थीहरूले कलेज उत्तरमा रहेको कञ्चनजंघा पार्टी प्यालेस बाहिर पार्किङ गरिएका विद्युत् प्राधिकरणका गाडीहरूमा पनि तोडफोड गरेका छन्। घटनामा ६ वटा गाडी क्षतिग्रस्त भएको मोरङ प्रहरीले जनाएको छ।
तोडफोड गरिएका गाडीहरूमा बा एबी ८१८०, बागमती प्रदेश ०१-०० ञ २७०१, बा १ ञ २४१९, बा ०० ञ २९९०, र बा १ ञ १८८७ नम्बरका छन्। आगजनीबाट क्षतिग्रस्त को १ झ ६४४ नम्बरको योजना आयोगको गाडीमा लागेको आगो दमकलले नियन्त्रणमा लिएको थियो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सरकारी गाडीमा आगजनी र तोडफोड गर्ने समूहको पहिचान गरी खोजी भइरहेको छ। विद्यार्थीहरूले गाडीमा आगजनी र तोडफोड गरेपछि कलेज परिसरभित्र पसेका थिए।
महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ) का सदस्य दीपक यादव लगायत विद्यार्थीहरूले रंगेली नगरपालिकामा रहेका निजी विद्यालयको शुल्क घटाउन र सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति नियम अनुसार गर्नुपर्ने माग राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका थिए।
बिहीबार रंगेली नगरपालिकाका कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि दुव्र्यवहार गरेको आरोपमा यादवसहित ६ जनालाई पक्राउ गरिएको थियो। विद्यार्थीहरूले शुक्रबार कोशी राजमार्ग बन्द गर्दै पक्राउ परेका सम्पूर्ण विद्यार्थीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने माग राखेका थिए।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...