जीवनमुल्यलाई बढवा दिने एचवीके पब्लिक स्पिकिङ अभियानसम्बन्धी सेमिनार आज राजधानीमा सम्पन्न भएको छ।
‘स्पीक एण्ड विन’ (बोल्नुस् र जित्नुस्) भन्ने मूल नाराका साथ आफ्ना क्रियाकलापलाई अगाडी बढाइ रहेको नेपाल आन्ट्रप्रेनरसिप एजुकेसन फाउन्डेशन (नीफ) पब्लिक स्पिकिङ, संवादकला, व्यक्तित्व तथा क्षमता विकासमा प्रशिक्षण दिने नेपालकै अग्रणी संस्था हो।
यसले करिब ८ वर्षयता हजारौँ व्यक्तित्वहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरी अनेकनको जीवनमा आमूल परिवर्तन ल्याउन सफल भएको छ।
सेमिनारमा निफका प्रमुख प्रशिक्षक एवं एचवीके पब्लिक स्पिकिङ सिरिजका निर्माता एचवि कटवालका अनुसार नतिजा बदल्न काम गर्ने शैली बदल्नु पर्छ। काम गर्ने शैली बदल्न स्वभाव बदल्नु पर्छ।
‘स्वभाव बदल्न माइण्डसेट बदल्नु पर्छ भन्दै सृजनशील सोच र कार्यद्वारा भीडबाट भिन्न बन्न सक्नुपर्छ,’ उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई प्रेरित गर्दै कटवालले भने।
त्यस्तै कार्यक्रममा नीफका अध्यक्ष तथा सीइओ शशी शर्माले गुणस्तरीय संवादकलाको माध्यमबाट नेपाली समाज र देशमा योगदान गर्ने अभिप्रायले एचवीके पब्लिक स्पिकिङ अभियानलाई अगाडि बढाइ रहेको जानकारी दिइन्।
‘अधिकांश प्रशिक्षार्थीहरुले यस प्रशिक्षणपछि आफ्नो व्यक्तिगत जिन्दगी तथा कार्यक्षेत्रमा धेरै राम्रो उपलब्धीहरु हासिल गरेका छन्,’ उनले भनिन्।
नीफले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तित्वहरूलाई व्यवहारिक प्रशिक्षण प्रदानसँगै उनीहरूको जीवनमा आमूल परिवर्तन ल्याउन सफल भएको छ।
नीफद्धारा आयोजित उक्त कार्यक्रममा चार हप्ताको एचवीके पब्लिक स्पिकिङ प्रशिक्षण पुरा गरेका ब्याच ५२७ देखि ब्याच ५२९ सम्मका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो।