पाल्पामा रुखबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।
जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर ५, ढाकरडाँडाका ३१ वर्षिय मिना कुमारी लामिछाने मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रवार बिहान करिब साढे ८ बजे मिना घाँस काट्न बारीमा गएकी थिईन्। काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा उनी लडेपछी उपचारका लागी मेडिकल कलेज प्रभास लगिएको थियो।
उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ।