जापान सरकारको सहयोगमा दैलेखको ठाटीकाँध गाउँपालिकामा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ।
जापान सरकारले ठाटीकाँध गाउँपालिकामा रहेको मालिका माविको भवन १ करोड ४ लाख ५० हजार रुपैयाँ लागतमा बनाइदिएको हो।
उक्त भवन नेपालस्थित जापानी दूतावासले विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको छ।
सन् १९६४ मा स्थापना भएको उक्त विद्यालयमा साढे ३ सय बढी विद्यार्थी अध्ययनरत छन्। वातावरणमैत्री उक्त भवन गत वर्षको भूकम्पमा पूर्ण सुरक्षित रहेको बताउँदै जापान सरकारले कक्षा ८ सम्मका विद्यार्थीका लागि भूकम्प प्रतिरोधी भवन बनाएको दाबी गरेको छ।
समृद्ध दैलेखका लागि गुरुयोजना निर्माण गरिने भएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा शनिवार आम भेला गरी गुरुयोजनाबारे छलफल चलाइएको हो।
दैलेखबाट प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व मन्त्रीहरू, हालसम्मका संसद्, जिल्लाका क्रियाशील राजनीतिक दललगायत सरोकारवालाको उपस्थितिमा छलफल गरिएको छ।
जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ।
गुरुयोजनामा स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई भावी १५ वर्षमा २ सय शैयामा सञ्चालन गर्नेदेखि मेडिकल कलेज खोल्नेसम्म योजनामा छलफल भएको छ।
यस्तै शिक्षातर्फ लोपोन्मुख राउटे समुदायको मातृ भाषा संरक्षण, राउटे विद्यार्थीका लागि विद्यालय सञ्चालनदेखि सबै पालिकाहरूमा ५ वर्षभित्र क्याम्पस स्थापना गर्नुपर्ने प्रस्ताव सरोकारवालाले राखेका छन् ।
यस्तै पूर्वाधारतर्फ खानेपानीका बृहत् योजना, कृषि, पर्यटन, उद्योग, सहरी विकासदेखि सडक यातायातसम्मका विषय गुरुयोजनामा प्राथमिकीकरण गरेर राख्नुपर्ने सवाल उठेका छन्।
प्रस्तावित गुरुयोजनाको कार्यान्वयन अवधि १५ वर्षसम्मको रहने गरी खाँका तय गरिएको छ।
गुरुयोजना कार्यान्वयन निर्देशन समितिसमेतको परिकल्पना गरिएको छ । समृद्ध दैलेख बनाउने सम्बन्धमा सरोकारवालाबीच राम्रो छलफल भएको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...