मुलुकमा योजनाबद्ध आवास तथा बस्ती विकास, जग्गा एकीकरण आयोजना सञ्चालन, सहरी क्षेत्रमा आवासीय योजना, परियोजना सञ्चालन गर्ने गराउनेलगायत उद्देश्यसहित ६१ वर्षअघि गठन भएको राष्ट्रिय आवास कम्पनी लिमिटेडेको स्वामित्वमा रहेको तीन हजार चार सय ९६ बिघा पाँच कट्ठा आठ धुर जग्गा सदुपयोग हुन नसक्दा बेकामेजस्तै बनेको छ।
कम्पनीले आफ्नो जग्गाबाट निकै न्यून आम्दानी गर्छ। अघिल्लो साल कम्पनीले जग्गा भाडामा लगाएर ६ लाख रूपैयाँ मात्र कमाएको थियो। कम्पनीले जग्गा भाडाबापतको पुरानो १७ लाख रुपैयाँ अझै उठाउन सकेको छैन।
एक सय ७२ रोपनी चार कट्ठा आठ धुरको लालपुर्जा कम्पनीको नाममा छ। तीन हजार दुई सय २४ बिघा एक कट्ठा १० धुर मालपोत कार्यालयको फिल्डबुकमा कम्पनीको नाममा छ तर लालपुर्जा छैन। कम्पनीले यति धेरै जग्गामा निकै कम मात्र आफूखुसी उपयोग गरिरहेको छ।
कम्पनीमा बारम्बार राजनीतिक हस्तक्षेप हुनु, जग्गाको सही सदुपयोग हुन नसक्नु, जग्गा उपयोग गर्ने विषयमा प्रदेश र स्थानीय सरकारबीच तालमेल हुन नसक्नु, जग्गा उपयोगमा ल्याउन नेतृत्वको उदासीनतालगायत कारण जग्गाको सही सदुपयोग हुन नसकेको कर्मचारीहरू बताउँछन्।
कम्पनीले केही जग्गा घडेरीका रूपमा बिक्री गरेर तथा केही जग्गा भाडामा लगाएर आम्दानी गरेको छ। घडेरी बिक्री गरेर कम्पनीले आर्थिक वार्ष २०७९/८० मा ९ करोड ३४ लाख ७१ हजार रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको जग्गा लिजमा लिएका विभिन्न संघसंस्थाले सोबापतको रकम उपलब्ध गराउन आलटाल गर्छन्। ‘यथार्थ भन्ने हो भने कम्पनीका नाममा देशभरि रहेको जग्गा सदुपयोग हुन सकेको छैन,’ ६ महिनाअघि कम्पनीको महाप्रबन्धक बनेका रामकृष्ण निरौलाले भने, ‘मैले देशभर कम्पनीका नामको जग्गा खोजी गर्ने, सदुपयोग गर्ने र लिजबापतको बाँकी रकम उठाउने विषयमा पहल गरिरहेको छु।’
कम्पनीको कञ्चनपुर, बर्दिया, नवलपरासी, झापा र काभ्रेमा गरी तीन हजार चार सय ९६ बिघा पाँच कट्ठा आठ धुर जग्गा छ। कञ्चनपुरको पुनर्वास नगरपालिकामा सबैभन्दा बढी जग्गा छ। पुनर्वासमा लालपुर्जामा १ सय ३३ बिघा तथा फिल्डबुकमा ९ सय बिघा जग्गा छ। यसैगरी बर्दियामा ७ बिघा, काभ्रेमा ५७ बिघा र नवलपरासीमा २१ बिघा जग्गा लालपुर्जामा छ।
नवलपरासरीमा एक हजार ६ सय बिघा जग्गा कम्पनीको नाममा फिल्डबुकमा मात्र छ। त्यस्तै बर्दियामा कम्पनीको नाममा फिल्डबुकमा ६ बिघा जग्गा छ। महाप्रबन्धक निरौलाका अनुसार लालपुर्जा नभएको जग्गा कम्पनीले उपयोगमा ल्याउन सकेको छैन। यस्तो जग्ग्गामध्ये केही स्थानीय सरकारहरूले आफूखुशी उपयोग गरिरहेका छन। यस्तो जग्गाको विषयमा फुटकर जग्गा नियमावली २०७५ लाई संशोधन गरी कानुनी जटिलता हटाउनका लागि गृहकार्य भइरहेको निरौलाले बताए।
कम्पनीका अनुसार स्थानीय सरकारहरूले आफूखुशी प्रयोग गरिरहेको जग्गाको भाडा दिने गरेका छैनन्। यसैगरी कम्पनीको केही जग्गा स्थानीयबासीले अतिक्रमण पनि गरेका छन। त्यस्ता जग्गाको विषयमा कम्पनीले वर्षौदेखि मुद्दामामिला गर्दै आएको छ। कम्पनीका अनुसार २०७८ सालदेखि कम्पनीको जग्गा बिक्रीवितरणको काम मन्द गतिमा छ।
आयल निगमलाई २२ बिघा बेच्न प्रस्ताव
कम्पनीले आफ्नो २२ बिघा जग्गा नेपाल आयल निगमलाई बेच्न प्रस्ताव गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका ३ र ५ नम्बर वडामा रहेको २२ बिघा जग्गा निगमलाई बेच्न कम्पनीले प्रस्ताव गरेको र उक्त प्रस्ताव गत शुक्रबार कम्पनीको बोर्ड बैठकमा समेत पेस भइसकेको महाप्रबन्धक निरौलाले बताए।
उनका अनुसार आयल निगमले उक्त जग्गामा डिपो भण्डारण तथा आवास गृह बनाउन खरिद प्रस्ताव गरेको छ। कित्ता नम्बर १५८, १८२, १६६, १६७, १६५, १६४ र १८२ को जग्गा निगमलाई बेच्न खोजिएको हो। उक्त जग्गाको सरकारी मूल्यांकनअनुसार झन्डै ७० करोड रूपैयाँ पर्छ।
४५ कर्मचारीमध्ये चार मात्र स्थायी
कम्पनीमा हाल कार्यरत रहेका ४५ जना कर्मचारीमध्ये चारजना मात्र स्थायी कर्मचारी छन्। बाँकी सबै अस्थायी छन्। अस्थायी कर्मचारी निकै लामो समयदेखि कार्यरत छन्। यस वर्षबाट मात्र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा राख्न थालिएको छ।
अस्थायी दरबन्दीको हकमा लोकसेवा आयोगबाट पदपूर्ति गराउन नियमावलीको मस्यौदा बनाउने काम भइरहेको छ। गत फागुनमा कम्पनीले ज्यालादारी तथा करारका २६ जना कर्मचरीलाई बिदा गरेको थियो। जसबाट मासिक १० लाख रूपैयाँ जोगिएको कम्पनीको भनाइ छ। यो कम्पनीको इतिहास निकै पुरानो छ।
२०२० सालमा तत्कालीन नेपाल पुुनर्वास प्रालि गठन गरिएको थियो । २०४६ सालमा यसको नाम परिवर्तन गरी ग्रामीण आवास तथा बस्ती विकास कम्पनी राखियो। यसैगरी २०६९ सालमा फेरि नाम परिवर्तन गरी राष्ट्रिय आवास कम्पनी राखियो।