टर्कीमा रहेको यूएन मिसन कार्यालयमा रोजगारी लगाइदिने प्रलोभन देखाएर करोडौं ठग्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
पोखरा महानगरपालिका–५ का ४२ वर्षीय विनोद श्रेष्ठलाई प्रहरीले चार करोड रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ गरेको हो।
प्रहरीले उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले आरोपीले चुच्चेपाटीस्थित जमघट रेस्टुरेन्टमा पीडितहरूसँग भेटेर सुरुमा ५० हजार र भारतमा लगेर प्रतिव्यक्ति ३ लाख रुपैयाँ असुलेको अनुसन्धानबाट थाहा भएको बताए।
अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीका अनुसार भारतमा भेट्ने एजेन्टले होटेलमा छाडेर सम्पर्कविहीन भएपछि पीडितहरू नेपाल फर्केका थिए। श्रेष्ठविरुद्ध वैदेशिक रोजगार विभागमा जाहेरी दर्ता भएको छ।
अनुसन्धानका क्रममा श्रेष्ठले सालो सुजन भुजेलको नाममा चाबहिलमा साढे ३ करोड रुपैयाँ बराबरको घर किनेको भेटिएको छ। सालो सुजनसहित श्रेष्ठ पत्नी सुरुची भुजेल ठगी मुद्दामा अहिले पुर्पक्षका लागी कारागारमा छन्।