क्रस कन्ट्रीको तयारी अन्तिम चरणमा
२२ कार्तिक २०८१
•
३ मिनेट पाठ
क्रस कन्ट्रीको तयारी अन्तिम चरणमा
तेस्रो पोखरा अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियेगिताको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र हिमालयन टुरिजम फोरम पोखराको संयुक्त आयोजनामा यही कात्तिक २४ गते प्रतियोगिता आयोजना हुने भएको हो।




बिहिबार आयोजित पत्रकार सम्मेलनमा हिमालयन टुरिजम फोरम, पोखराका अध्यक्ष विश्वशङ्कर पालिखेले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे।

प्रतियागितामा सहभागिताका लागि चीनको कुनमिङबाट एक सय ३४ जना सहभागी र समर्थक चार्टर्ड उडानमार्फत आज पोखरा विमानस्थलमा अवतरण भएका छन्। प्रतियोगितामा चार वटा विधाका दौडमा एक हजार दुई सय जना खेलाडीले सहभागिता जनाउने हिमालय टुरिजम फोरमका मिडिया संयोजक ई प्रतीकराज पहारीले जानकारी दिए।

उनका अनुुसार प्रतियोगिताको टिम समूहमा ५० किमी, च्यालेञ्ज व्यक्तिगत समूहमा ५० किमी, विद्यार्थी दौडमा पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड हुने भएको छ। टिम समूहका विजेताले चार लाख ५८ हजार, उपविजेताले तीन लाख ४३ हजार तथा तेस्रो हुनेले दुुई लाख २९ हजार दुई सय पुरस्कार पाउनेछन्। त्यस्तै चौथो र पाँचौँ स्थान प्राप्त गर्नेले क्रमशः एक लाख ५२ हजार आठ सय र रु ९५ हजार पाँच सय पुरस्कार प्राप्त गर्ने गरिने पहारीले जानकारी दिए।

च्यालेन्ज व्यक्तिगततर्फ विजेता महिला र पुरुषले समान रु एक लाख ५२ हजार आठ सय पाउनेछन् भने उपविजेताले रु एक लाख १४ हजार पाउने छन्। त्यस्तै तेस्रो स्थान प्राप्त गर्नेले रु ७६ हजार चार सय पाउनेछन्। प्रतियोगितामा चौथोदेखि सातौँ स्थान प्राप्त गर्ने महिला तथा पुरुषलाई रु ३८ हजार दुई सय प्रदान गरिनेछ भने आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीलाई १९ हजार एक सय नगद प्रदान गरिनेछ।

विद्यार्थीतर्फको प्रतिस्पर्धामा विजेताले ३० हजार जित्ने छन् भने उपविजेताले  २५ हजार र तेस्रो स्थान प्राप्त गर्नेले २० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा चौथोदेखि छैठौँ स्थान प्राप्त गर्नेका लागि  १०/१० हजार प्रदान गरिनेछ ।

ह्याप्पी रन समूहमा दौड पूरा गर्ने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिने छ। यी सबै विधाका प्रतियागिताको पुरस्कारका लागि रु १९ लाख ३८ हजार एक सय पुरस्कार रहेको पहारीले जानकारी दिए।

कूल ५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर राष्ट्र बैंक चोक, ड्याम साइड, छोरेपाटन, फुस्रेखोला, रामदी, मट्टीखान, देउराली, फेदीखोला, दमगडे स्कूल, साल्मेडाँडा, रामकोट, कुुविण्डे, उल्लेरी, थाप्ले, टाइगर हिल, काब्रे, पुम्दीभुम्दी, तालपारी, द बीच रेष्टुरेण्ट हुँदै पुनःबाराहीघाट आएर पूरा हुनेछ। टिम समूह दौडका लागि १७ वटा नेपाली र चार वटा चिनियाँ समूह गरी २१ वटा समूह दर्ता भएको र यसमा ६३ जना खेलाडी दर्ता भएको  पहारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले पोखरासहित नेपाललाई पर्यटकीय रुपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूतावासका डिसिएम वाङ सिनले नेपाल र चीनबीचको युगौँदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन यो कार्यक्रमले थप योगदान गर्ने बताए। दुुई देशका नागरिकबीचको सम्बन्धलाई यसले सुमधुर बनाउने उनको भनाइ छ।

पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिमल्सिनाले पोखरासहित समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने बताउँदै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई अझै मजबुद बनाउने धारणा राखे। 
अर्को समाचार
अब पोखरेलीले सिधै धाराबाट पानी पिउन सक्ने
१४ मंसिर २०८१
•
३ मिनेट पाठ
अब पोखरेलीले सिधै धाराबाट पानी पिउन सक्ने
<br>
पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो।




आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको शुक्रबार संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गरे।उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ।

आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरूको उद्घाटन भए पनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान भएका धारामा शुद्ध खानेपानी भने आई हाल्दैन। त्यसका लागि करिब एक हप्ता कुर्नुपर्ने बताइएको छ। केही संरचना निर्माण गर्न बाँकी रहेको तथा ट्याङ्कीहरू सफा गर्न समय लाग्ने भएकाले घरको धारामा शुद्ध खानेपानी ३ दिनदेखि एक हप्तासम्ममा मात्रै आई पुग्ने कर्मचारीहरू बताउँछन्। त्यसपश्चात् भने पोखरेलीले धाराको पानी सिधै पिउन सक्नेछन्।

किनकि पानीको शुद्धीकरण गरेर पठाइने भएकाले पहिलेजस्तो धमिलो हुनेछैन भने ब्याक्टेरिया पनि निर्मलीकरण गरेर पटाइनेछ।जाईकाले ४ अर्ब ८१ करोड रुपैयाँको अनुदान सहयोगमा यो आयोजना निर्माण गरेको हो । पोखरेलीलाई बुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले २०७६ सालमा सुरु गरेको आयोजना हालै सम्पन्न गरेको हो । आयोजना अन्तर्गत बालुवा हटाउने ट्याङ्की ४ वटा, पानी थिग्राउने ट्याङ्की ४ वटा, पानी छान्ने फिल्टर ६ वटा, सफा पानी संकलन ट्याङ्की (३)घन मिटरका २ वटा, क्लोरिनेसन प्लान्ट, पानी पोखरीलगायतका संरचना निर्माण सम्पन्न भइसकेको जाइकाले जनाएको छ।

त्यस्तै, पोखरा–५ प्रस्याङ र पोखरा–११ फूलबारीमा २०/२० लाख लिटर क्षमताका १÷१ वटा पानी संकलन ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ । पोखरा–१५ कोलपाटनमा सोही क्षमताको अर्को पानी संकलन गर्ने ट्याङ्की निर्माण गर्ने भनिए पनि बनाउन बाधा पुगेको छ।त्यहाँ ट्याङ्कीको उचाइ बढी देखिएको भन्दै नेपाल हवाई उड्डयन प्राधिकरणले निर्माण कार्य जारी रहँदा निर्माणमा रोक लगाएपछि हाललाई सो निर्माण कार्य स्थगित भएको हो।अब त्यसलाई पुनर्निर्माण गर्ने कि उचाइ घटाएर कम क्षमताको बनाउने भन्नेमा टुंगोमा पुगेर निर्माण सम्पन्न गरिने जाईका श्रोतले बताएको छ।

यसबाहेक पोखरेलीलाई शुद्ध पिउने पानी वितरणका लागि १११ किलोमिटर पाइप जडानसमेत गरिसकेको जनाइएको छ।

यो आयोजनापश्चात् अब पोखरेलीको धारामा दैनिक ४ करोड लिटर पानी ट्रिटमेन्ट प्लान्टले शुद्ध र सुरक्षित रुपमा प्रशोधन गरी पठाउनेछ।

आयोजनाको संरचना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले अबदेखि पोखरेली शुद्ध पिउने पानी पाउने दाबी गरे । उनले भने,आजैदेखि पोखरेलीले शुद्ध र सुरक्षित खानेपानी प्राप्त गर्नेछन्, जुन शुद्ध अनि सफा हुनेछ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेलीले अबदेखि धमिलो पानी पिउन नपर्ने बताए । उनले भने,हिलो मिसिएको धमिलो पानी अब पोखरामा आउँदैन । अब सिधै धाराबाट पिउन मिल्ने पानी आउँछ।’ तर आयोजना सञ्चालन गर्ने दक्ष कर्मचारी खानेपानी संस्थानसँग हुनुपर्ने बताए। नभए त्यसतर्फ ध्यान दिन उनले आग्रह गरे।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस