८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मानव तस्करीमा संलग्न तीन जना पक्राउ, अमेरिका पठाउने भन्दै केन्या लगेर महिनौंसम्म बन्धक

मानव तस्करीमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।  

अवैध बाटो भएर अमेरिका हिँडेका १० जना नेपाली केन्याबाट स्वदेश फर्केपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई नियन्त्रणमा लिएको हो । 

दश जनालाई ९ महिनासम्म केन्यामा बन्धक बनाएर राखिएको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, कर्थलीका ङिमबुटी शेर्पा र जुगलकी १९ वर्षीया नीमा शेर्पा रहेकोे प्रहरीले जनाएको छ ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँसम्म असुल गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए । पक्राउ पर्नेमा  

अमेरिका पुर्यादिने भन्दै गिरोहले प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँसम्म उठाएको र केन्यासम्म पुर्‍याइ बन्धक बनाइएको एसएसपी भट्टराईले जानकारी दिए ।  

पक्राउ पर्ने डरमा पासपोर्ट फिर्ता गरेपछि नेपालबाट रकम मगाएर सबै दश जना स्वदेश फर्किएका थिए ।  

प्रहरीले पक्राउ परेको गिरोहले थप १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएको सुचनाका आधारमा अनुसन्धान जारी राखेको बताएको छ । 

प्रकाशित: २८ वैशाख २०८१ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App