२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु

अर्घाखाँचीमा पौडी खेल्ने क्रममा डुबेर एक युवतीको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका-६ खाँचीकोट निवासी १९ वर्षीय मिरा नेपालीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

नेपाली शितगंगा नगरपालिका वडा नम्बर-६ मा पर्ने आफ्नो माइती घर गएकी थिइन्। साथीहरूसँग स्थानीय खोलामा रहेको भुतिया नहरमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालीको ८ महिनाकी छोरी छिन् भने श्रीमान् रोजगारको लागि भारतमा छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८१ २१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App