पाँच वर्षदेखि एउटै प्रमुख प्रशासकीय अधिकृत
२५ चैत्र २०८०
•
२ मिनेट पाठ
पाँच वर्षदेखि एउटै प्रमुख प्रशासकीय अधिकृत
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले सेवा समूह मन्त्रालयमा फेरबदल पारेर पहुँचको भरमा पाँच वर्षदेखि कार्यरत रहेको खुलेको छ। राजनीतिक आडमा शिक्षा समूहका रिजालले प्रशासन सेवा भनेर लामो समयदेखि ठाकुरबाबा नगरपालिकामा कार्यरत रहेको खुलेको हो।




उच्च स्रोतका अनुसार रिजाल प्रशासन समूह भएको पत्रमा उल्लेख गरेर मन्त्रालयमा जानकारी गराइएको छ। प्रमुख प्रशासकीय अधिकृत दरबन्दी रिक्त रहेको अवस्थामा तीन महिना काम चलाउका लागि प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिने व्यवस्था लत्याएर लामो समयदेखि रिजाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन्।

प्रमुख प्रशासकीय अधिकृत रिजाल शिक्षा समूहका उपसचिव भए पनि प्रशासन समूहको दरबन्दीमा कार्यरत रहेको तथ्य सार्वजनिक भएको हो। अधिकांश सुगमका नगरपालिकामा शिक्षा समूहका उपसचिव शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा छन्।

उक्त दरबन्दीका कोही प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी र कोही शिक्षा शाखा प्रमुख हुने भएकाले कर्मचारीको आपत्ति रहेको छ।

गत कातिकमा सामान्य प्रशासन मन्त्रालयले ठाकुरबाबा नगरपालिकामा सरुवा गरेका प्रशासन समूहका माधव शर्मा पहुँचको भरमा नगपालिकाबाट पुनः मन्त्रालय फिर्ता गरिएको थियो। नगरपालिकाले शिक्षा समूहका रिजाललाई प्रशासन समूह भनेर झुक्याएर लामो समयदेखि प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी दिइएको आरोप छ।

स्रोतका अनुसार मन्त्रालयले पटकपटक प्रशासनको उपसचिवको दरबन्दि भएपनि मिलिमतोमा हाजिर हुन ठाकुरबाबा पुग्ने कर्मचारी निरुत्साहित भएर फर्कने गरेका छन्। गत कातिकमा शर्मालाई ठाकुरबाबा नगरपालिकामा र ठाकुरबाबाका रिजाललाई राजापुर नगरपालिकामा भए पनि सरुवा पत्रमा राजापुर गाउँपालिका उल्लेख गरेर पत्र पठाएको वेबसाइटमा उल्लेख थियो।

मन्त्रालयले गरेको सरुवामा रिजालको सरुवामा राजापुर गाउँपालिका उल्लेख गरिएकाले राजनीतिक पहुँचको आधारमा चलखेल गरेर शर्मालाई नगरपालिमा हाजिर नगराएर शर्मालाई पुनः फिर्ता पठाएको नगरपालिकाको भनाइ छ।

शिक्षा समूहको भएपनि प्रशासनको उपसचिव दरबन्दीको जिम्मेवारीमा काम गरिरहेको रिजालले स्वीकारे। नगरपालिकाको स्रोतका अनुसार राजापुर गाउँपालिकामा नभएको अर्थाएर सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रिजाल पुनः ठाकुरबाबाको नगरपालिका प्रमुख प्रशासकिय अधिकृतबाट हटेनन्।

प्रमुख प्रशासकिय अधिकृत रिजाल शिक्षा समुहका भएकाले दोहोरो सहमितिको आवश्यक भएकाले अन्यन्त्र सरुवा नगरिएको हुन सक्ने नगर प्रमुख तिलकराम लम्सालले बताए। ‘मैल कोही कसैलाई नियमविपरीत संरक्षण गर्न पर्ने छैन,’ उनले भने, ‘सरुवा ऐनअनुसार वा नगरपालिकामा दरबन्दीअनुसार पदपूर्ति हुनुपर्ने हो।’ आफू अनुकूलभन्दा नगरको हितमा काम गर्ने दरबन्दीअनुसारको कर्मचारी आवश्यक रहेको नगरप्रमुख लम्सालले बताए।
अर्को समाचार
गाईभैँसी खरिद गर्न अनुदान
२७ माघ २०८२
•
१ मिनेट पाठ
गाईभैँसी खरिद गर्न अनुदान
मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ।आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो।  




गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए।  

प्रशासकीय अधिकृत पुरीका अनुसार प्रति एक गाई वा भैँसी खरिद गर्ने किसानलाई रु २५ हजार अनुदान दिइने छ। कुनै सहकारी, सामूहिक वा व्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै किसानले पनि अनुदान लिनसक्ने छन्।  

अनुदान लिन सम्बान्धित वडा कार्यालयको सिफारिस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालनका लागि जग्गा करारमा लिएको कम्तीमा पाँच वर्षको सम्झौतापत्र वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने गाउँपालिकाले प्रकाशित गरेकोमा सूचनामा उल्लेख छ।

बढ्दो युवा पलायन, बाँदर आतङ्क, बजार अभावलगायत कारणले कृषि तथा पशुपालन व्यवसायमा लाग्ने किसानको संख्या न्यून हुँदै गएका बेला यसतर्फ आकर्षित गर्न यो कार्यक्रमबाट प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताए। उनले गाईभैँसी खरिद गर्न माग बढ्दै गएमा अर्को वर्ष लगायी बढाउँदै जाने बताए।  

पोखरा–बागलुङ सडक तथा अधिकांश वडा तहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमि मानिन्छ। अहिले पनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहारलगायत स्थानका किसानले व्यावसायिक रूपमा गाईभैँसीपालन, कुखुरापलन तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन्। रासस  
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस