अर्घाखाँचीमा भजन प्रतियोगिता हुने
२१ चैत्र २०८०
•
१ मिनेट पाठ
अर्घाखाँचीमा भजन प्रतियोगिता हुने
फाइल तस्बिर।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। पाणिनी–६, धातिवाङमा खुला लोक भजन प्रतियोगिता हुने भएको हो।




वडाको स्वीकृत कार्यक्रम अनुसार वैशाख १ गते (नयाँ वर्षको दिन) वृहत् भजन प्रतियोगिता हुन लागेको पाणिनी-६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।

‘स्थानीय तहको भूमिका अनुसार काम गरेका छौं, उनले भने, ‘परम्परा, मूल्य मान्यता, कला संस्कृति जगेर्ना गर्ने हाम्रो दायित्व हो।

’लोक संस्कृति जगेर्नाका लागि स्थानीय तहको भूमिका’ विषयमा खुला लोक भजन प्रतियोगिताको आयोजना गर्न लागिएको हो। लोक संस्कृति प्रवर्धन कार्यक्रम अन्तर्गत वडा कार्यालयले स्थानीय भजन प्रेमीहरूको मागलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको अध्यक्ष पौडेलले बताए।

प्रतियोगितामा प्रथम हुने समूहलाई १५ हजार, द्वितीय हुने समूहलाई १२ हजार, तृतीय हुने समूहलाई ८ हजार र सान्त्वना हुने समूहलाई ४ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र दिइनेछ।

पाणिनीको धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर गुफामा आयोजना हुने भजन प्रतियोगितामा अर्घाखाँचीसहित छिमेकी जिल्ला तथा देशभरका भजन गीत समूहले भाग लिन पाउने छन्।
अर्को समाचार
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
०९ फागुन २०८१
•
१ मिनेट पाठ
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ। यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए।




संस्कृत व्याकरण र लोक भजनको उद्गमस्थल मानिने पाणिनी तपोभूमी, दुर्वाशेश्वर गुफा लगायतका धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता राखिएको उनको भनाइ छ।

प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार तीन सय ३३, दोस्रो हुनेलाई २२ हजार दुई सय २२, तेस्रो हुनेलाई ११ हजार एक सय ११ तथा सान्त्वना हुनेलाई पाँच हजार पाँच सय ५५ रूपैयाँ प्रदान गरिने लायन्स क्लबका सचिव घनश्याम पौडेलले बताए।

धार्मिक क्षेत्रको प्रवर्द्धनका साथै भजन संरक्षणमा समेत यो प्रतियोगिता सहयोगी बन्ने आयोजकको अपेक्षा छ। अर्घाखाँचीसहित गुल्मी, पाल्पा, प्यूठान, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाबाट भजन मण्डली आउने तयारी रहेको आयोजकले जनाएको छ। 

-रासस
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस