खाली दरबन्दी लुकाउन नमान्दा एक महिनामै दुई पटक सरुवा
१८ चैत्र २०८०
•
३ मिनेट पाठ
खाली दरबन्दी लुकाउन नमान्दा एक महिनामै दुई पटक सरुवा
यति बेला देशभर शिक्षा मन्त्री सुमना श्रेष्ठको चर्चा भइरहेको छ। संसद्मा देखिएको उनको अब्बलताले धेरैलाई शिक्षा क्षेत्रमा गुणस्तर आउनेमा आशावादी बनाएको छ। उनी मन्त्री बनेपछि शिक्षा क्षेत्रमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ।




उनी मन्त्री भएलगत्तै निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भन्दै शिक्षकको अन्तर जिल्ला सरुवा रोकिएको थियो। तर, जिल्लामा शिक्षा हेर्ने शिक्षा विकास तथा समन्वय इकाइका कर्मचारीको सरुवा भने रोकिएको छैन। कर्मचारीको सरुवा मात्रै होइन, एकै ठाउँमा महिना दिनसमेत काम गर्न नदिई अर्को ठाउँमा सरुवा गरिएको छ।

श्रेष्ठ मन्त्री भएको एक महिना नपुग्दै सरुवा भएका प्राविधिक सहायक मानबहादुर कुमाल एकै महिनामा दोस्रो पटक सरुवा भएका छन्। हाल शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा कार्यरत उनको एक महिनाको अवधिमा दुई पटक सुरुवा भएको हो। मनपरी सरुवा भएपछि उनले आफू अन्यायमा परेको सुनाए।

उनी २०७८ असोज २० मा प्राविधिक सहायक नियुक्त भएका थिए। सुरुमै कालिकोट पोस्टिङ भएका उनी ०७८ चैतसम्म कालिकोटमै बसे। त्यसपछि जुम्ला सरुवा भएका उनी ०८० असार अन्तिममा पुनः कालिकोट गए।

०८० फागुन १४ गते जुम्लामा शिक्षा विकास तथा समन्वय इकाई निमित्त प्रमुखको रुपमा सरुवा भएर जुम्ला पुगेका उनले चैत्र १५ गते देखि सञ्चालित माध्यमिक शिक्षा परीक्षामा जुटिरहेको बेला पुनः सरुवा भएको चिठी आयो।

जुम्लामा सरुवा भएर आएको एक महिना नपुग्दै मन्त्रालयले कालिकोटमै सरुवा गर्नु शिक्षा मन्त्रालय जिम्मेवार नभएको सरोकारवालाहरू बताउँछन्।

एकातिर देशमा ऊर्जावान् शिक्षामन्त्री हुनु अर्को तिर उनकै तालुक कार्यालयमा कर्मचारीको मनपरी सरुवा हुनु संयोग मात्रै कसरी हुन्छ भन्ने खालका प्रश्न उब्जिएका छन्।

‘अहिले एसइई परीक्षा चलिरहेको छ। केही समस्या आयो भने जिम्मेवारी कसको हुने ? काज फिर्ता गर्नु नै पर्ने थियो भने पनि परीक्षा सकिसके पछि गर्नुपर्ने ? कि त यसरी सरुवा गरेर नल्याउनु पर्ने थियो,’ पीडित प्राविधिक सहायक कुमालले गुनासो सुनाए ‘यसरी कर्मचारीलाई मनपरी चलाउँदा मेहनती, लगनशील र कर्तव्यनिष्ठ कर्मचारीको मनोबल गिर्छ।’

एक महिना अगाडि कालिकोटबाट आएका उनलाई फेरि कालिकोटमै फिर्ता पठाइएको छ। तर उनको कालिकोटमा भएको दरबन्दीमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नयाँ कर्मचारी खटाइसकेको छ।

‘एउटा निकायले गरेको निर्णय अर्कोसँग बाझिने कसरी हुन सक्छ म अचम्ममा छु,’ उनले भने, यो घटनाबाट देश र कर्मचारी संयन्त्र स्पष्ट र नीतिगत रुपमा नभै राजनीतिक दबाबमा चलेको देखिन्छ।’

काज फिर्ता भएपछि उनले शिक्षा मन्त्रीलाई निवेदन पनि दिएका थिए। तर कुनै जवाफ आएको छैन। ‘कर्मचारीको काम जहाँ खटाइयो त्यही गएर गर्ने हो,’ उनी भन्छन्, महिना दिन नबित्दै यसरी कर्मचारी चलाउनु सरासर अन्याय हो। यसरी सरुवा गर्नु कर्मचारीको मनोबलमा प्रहार गर्नु हो।’

उनका अनुसार जिम्मेवारी दिएको एक महिना नपुग्दै समान तह र पदमा कार्यरत जुनियर कर्मचारीलाई निमित्त इकाई प्रमुख बनाउन सिनियर कर्मचारीको काज फिर्ता गर्नु अन्याय हो। अहिले एसइई परीक्षा जस्तो महत्त्वपूर्ण समयमा काज फिर्ता गर्नु परीक्षाको गरिमा र संवेदनशीलता समेत ख्याल नगर्नु हो।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय प्रमुख हुन अधिकृत हुनुपर्ने प्रावधान छ। अधिकृत नभएको खण्डमा प्राविधिक सहायकलाई निमित्त दिने गरिएको छ। उनी निमित्त भएरै जुम्ला आएका थिए।

‘जुम्ला शिक्षा इकाईमा अधिकृत पठाएको भए कुनै गुनासो थिएन। तर सिनियर कर्मचारीलाई हटाएर जुनिएर कर्मचारीलाई निमित्त बनाउनु राजनीतिक प्रतिशोध बाहेक अरु केही होइन,’ उनले भने।

जुम्लाका विद्यालयहरूमा खाली रहेका दरबन्दी लुकाउन नमान्दा शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका निमित्त प्रमुख मानबहादुर कुमालको सरुवा भएको हो।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी अवस्थामा नै उनको सरुवा भएकोले परीक्षाको व्यवस्थापनमा समस्या देखिएको छ। तर उनलाई कार्यालयबाट काज सरुवा गरेपनि एसइई परीक्षा सफल बनाउन उनी जुम्लामै खटिएका छन्।
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
४ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस