भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी
१८ चैत्र २०८०
•
२ मिनेट पाठ
भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी
बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ। शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबै जस्तो ठाउँमा लगाइएको जौ,गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिए।




बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाँ असिनापानीले नष्ट गरेको उनले बताए। ‘शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको थियो’,वडाध्यक्ष घलेले भने,‘ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेला भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन्।’

असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ। बारपाकको सोर्पा,र्खोका,च्वेजङ्ग, तसीरङ्ग,र्मोकङ्ग लगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन्।‘धेरैजसोको त जौ, गहुँ, आलुको बीउसमेत आउने अवस्था छैन’,वडाध्यक्ष घलेले भने,‘अव के गर्ने भन्ने चिन्तामा परेका छौँ।’

असिनापानीले कति मूल्य बराबरको क्षति भयो भन्ने यकीन भइनसकेको उनको भनाइ छ।‘बारपाक क्षेत्रमा प्रायःसबै घरपरिवारले हिउँदे तरकारीखेती,गहुँ र जौको खेती गरेकै हुन्छ’,वडाध्यक्ष घलेले भने,‘अहिलेसम्म क्षतिको पूरै विवरण सङ्कलन गर्न सकिएको छैन,अब प्राविधिकलाई बोलाएर के गर्ने भन्नेबारेमा छलफल गर्नेछौँ।’ किसानलाई क्षतिपूर्तिको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरे।

‘यहाँ धेरैले आफैँ खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज,लसुनलगायतका खेती गरेका थिए’,उनले भने,ठूलो असिनापानीले सबै क्षति गरेको छ।’एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उनको भनाइ छ।

‘बारीमा गएर हेर्दा रुन मन लाग्छ’,स्थानीय किसान मनबहादुर घलेले भने,‘जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो रु उनले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताए। ‘अलिअलि भएको पनि बटुल्नसक्ने अवस्था छैन’,घलेले भने, ‘खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ।’

भौतिक संरचनामा क्षति  

भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ।‘बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको छ,वडाध्यक्ष घलेले भने,‘स्वास्थ्यचौकीमा मात्र रु तीन लाखभन्दा बढीको क्षति भएको अनुमान छ।’

त्यस्तै वडा नं १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा भलसँगै आएको बाढीले क्षति पुर्‍याएको छ। ‘बाढीले विद्यालयको तारबार, स्कुलको जग खोतलेर लगेको छ’,उनले भने,‘ऐरेलपाखा खानेपानी आयोजनामा पानी र बाढीले क्षति पुर्‍याएको छ।’-रासस
अर्को समाचार
किसानका पीडा : आगोले गहुँबाली खायो, हामी के खाने ?
१४ वैशाख २०८१
•
३ मिनेट पाठ
किसानका पीडा  : आगोले गहुँबाली खायो, हामी के खाने ?
फाइल तस्बिर
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौं मेहनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा थिए। त्यहीबेला गत साता एक्कासि आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो।




महिनौंको मेहनत आगोको लप्काले क्षणभरमै खरानी भएपछि मगर चिन्तित छन्। ‘महिनौं मिहेनत गरेर उब्जाएको गहुँको एक दाना पनि जोगाउन सकिएन। आगोले क्षणभरमै सबै खरानी बनायो’, मगर भन्छन्, ‘घरभित्रको अन्नपात पनि सकियो, भित्र्याउनै आँटेको गहुँबाली पनि खरानी भएपछि अब के खानु र कसरी बाँच्नु !’

मगर परिवारले १२ कट्ठा जमिनमा गहुँबाली उब्जाएको थियो। त्यही अन्नले १५ जनाको परिवारको छाक टार्नुपर्ने थियो। विगतका वर्षभन्दा यस वर्ष पर्याप्त सिँचाइ तथा उन्नत जातको बीउ प्रयोग भएकाले मगर परिवार तुलनात्मक रूपमा विगतभन्दा बढी गहुँ हुने आशामा थियो।

उनी भन्छन्, ‘यो वर्ष तीन-चार पटक सिँचाइ गर्‍यौं। उन्नत जातको बीउ र पर्याप्त मलखाद प्रयोग भएकाले अघिल्लो वर्षभन्दा राम्रो उत्पादन हुने आशा थियो तर आगोले गहुँ मात्रै होइन, हाम्रो आशा पनि खरानी बनाइदियो।’

बाबास्थानकै नरेश कुमालको पनि सोही दिनको आगलागीले एक बिघा जमिनको गहुँबाली जलेर नष्ट भयो। यतिबेला कुमाललाई सातजनाको परिवारलाई के खुवाउने र गोठमा रहेका बीस बाख्रा र तीन भैंसीलाई वर्षभरि कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ।

‘गहुँ काटेर मुठा बाँधिसकेका थियौं। आगोले पूरै जलेर खरानी भयो। अहिलेसम्म यस्तो विपत्ति कहिल्यै भएको थिएन’, उनी भन्छन्, ‘घरभित्रको अन्न पहिल्यै खाएर सकिइसक्यो। अब खानका लागि अन्न छैन, कसरी गुजारा गर्ने होला ?’ कुमाल परिवारले कृषिलाई नै मुख्य उद्यम बनाएर यहींबाट आएको पैसाले घर खर्च चलाउने गरेको थियो।

‘विगतमा त्यही खेतमा उब्जेको गहुँ वर्षभरिका लागि राखिन्थ्यो र बाँकी बिक्री गरेर घर खर्च चलेको थियो। यो वर्ष भने आगोले सखाप बनाएपछि आफूलाई मात्रै होइन, छिमेकीबाट सापटी लिएको गहुँ पनि फिर्ता गर्न पाइएन’, उनले दुःखेसो पोखे।

गत बिहीबार रुखका हाँगा टुटेर बिजुलीको तारमा परेपछि त्यसैबाट गहुँबालीमा आगो सल्केको स्थानीयको भनाइ छ। आगलागीबाट बाबास्थानका १५ किसानको करिब ११ बिघा जमिनको गहुँबाली जलेर नष्ट भएको थियो।

पसिना चुहाउँदै महिनौं मेहनत गरेर लगाएको बाली खरानी भएपछि पीडामा रहेका तिनै किसान अहिले वस्तुभाउका लागि जलेको गहुँ सङ्कलन गरिरहेका छन्।

तीन बिघा जमिनको गहुँबाली जलेपछि पीडामा रहेका स्थानीय लालबहादुर पुनमगर भन्छन्, ‘बाख्रा, बङ्गुरलगायत वस्तुभाउका लागि होला भनेर खरानीसहितको जलेको गहुँ बटुलिरहेका छौं । अघिल्लो पटक ४० क्विन्टल गहुँ बिक्री गरेकोमा यसपटक वस्तुभाउका लागि खरानी बटुलेर बस्नुपरेको छ।’

आगलागीबाट जोगिएको एक बिघा जमिनबाट मात्रै यो वर्ष ३० क्विन्टल गहुँ उत्पादन भएको उनको भनाइ छ। लालबहादुरले बाख्रा, भैंसी र बङ्गुरपालन पनि गरेका छन्। तीन बिघा जमिनको गहुँ खरानी बनेपछि बाख्रा, भैंसी र बङ्गुरपालनमा पनि धक्का लागेको उनको गुनासो छ।

‘गहुँ त जल्यो, जल्यो, वस्तुभाउका लागि भुसा पनि रहेन। चौपायालाई कसरी पाल्ने भन्ने चिन्ता छ’, उनले भने, ‘आगो लागेको दस मिनेटमै पूरै बाली जलेर खरानी भयो। दमकल नआएको भए बाबास्थान बजार पनि जल्थ्यो’, लालबहादुरको बुझाइ छ।

बाली भित्र्याउने समयमा परेको विपत्ति परेपछि पीडामा रहेका किसान क्षतिको मूल्याङ्कन गरी सरकारले राहत उपलब्ध गराउने अपेक्षामा छन्।

पीडित किसानले स्थानीय पालिकामा क्षतिको विवरण पनि बुझाइसकेका छन्। दोधारा चाँदनी नगरपालिकाले राहतस्वरुप प्रत्येक किसानलाई तत्काल पाँच हजार वितरण गरेको छ। –रासस
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस