महिला श्रीमानहरूको पहिलो सम्मेलन
०८ चैत्र २०८०
•
२ मिनेट पाठ
महिला श्रीमानहरूको पहिलो सम्मेलन
नेपालमै पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन हुन लागेको छ। ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक भोलि र पर्सि ललितपुरमा महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुन लागेको हो।




परिवर्तनलाई आत्मसात् गर्न र पेसामा आत्मविश्वास बढाउन सम्मेलन गर्न लागेको न्यायाधीश समाज अन्तर्गत महिला न्यायाधीशकी संयोजक सारंगा सुवेदीले बताइन्। सुवेदी सर्वोच्च अदालतकी न्यायाधीश हुन्।

सम्मेलनले पेनागत रुपमा साझा धारणा निर्माण गर्न सहयोग पुग्ने बताइएको छ। ‘परम्परागत रुपमा महिला न्यायाधीशलाई हेर्ने विभेदसहितको दृष्टिकोण पनि परिवर्तन गर्नुछ’, उनले भनिन्, ‘साथसाथै नीतिगत रुपमा के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल सम्मेलनमा हुनेछ।’

देशभरिका महिला न्यायाधीशलाई सङ्गठित गर्न पनि सम्मेलनले सहयोग पुग्ने बताइएको छ। न्यायमा लैङ्गिक दृष्टिकोण कसरी ल्याउने ? न्याय सेवा, न्यायाधीशमा महिला सहभागिता सुनिश्चित गर्न, कानुनमा महिला सहभागिता वृद्धि गर्न पनि सम्मेलनको महत्त्व रहेको न्यायाधीश सुवेदीले बताइन्।

सर्वोच्च अदालतमा ३ जना, मुख्य न्यायाधीश एक जना, उच्च अदालतमा २१ जना, जिल्ला न्यायाधीशमा १८ जना महिला रहेका छन्। यी सबैगरी देशभरिका अदालतमा ४३ जना महिला न्यायाधीश कार्यरत छन्। यो कूल संख्याको १०।५३ प्रतिशत महिला न्यायाधीश हो।

महिलाका कस्ता विषय अदालतमा आउँछन् र कस्तो खालका विधिशास्त्र निर्माण भइरहेका छन् भन्ने विषय पनि महत्त्वपूर्ण भएको न्यायाधीश सपना मल्ल प्रधानले बताइन्। ‘महिलाका लागि छुट्टै इजलासको आवश्यकता छ वा छैन रु कस्ता विधिशास्त्र तयार भइरहेका छन्। हामी छलफल गर्छौं’ उनले भनिन्।

न्यायमा नै महिला सहभागिता बढ्दै गएको र केही वर्षमै महिलाको उपस्थिति निकै बढ्ने अनुमानसमेत गरिएको छ। कानुन पढ्ने महिलाको संख्या बढ्दो, सरकारी वकिल, न्याय सेवामा संख्या बढ्दो रहेकाले न्यायाधीशमा पनि संख्या बढ्ने आँकलन गरिएको हो। सम्मेलनमा नेपालकै पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठदेखि, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, वर्तमान महिला न्यायाधीशहरूको अनुभव आदानप्रदान गरिने बताइएको छ। 
अर्को समाचार
महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित: मन्त्री गिरी
०९ चैत्र २०८०
•
२ मिनेट पाठ
महिला न्यायाधीशहरुले सम्पादन गरेका न्याय विवादरहित: मन्त्री गिरी
कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताएका छन्।




आजबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले न्याय सम्पादनमा आएका कमीहरु पुनः सच्याइएको उदाहरण रहेको भन्दै न्याय सम्पादन सँधै सही नहुने बताए।

उनले महिला न्यायाधीशहरुले गर्नुभएको न्याय सम्पादन न्यायको मर्मको गहिराईसम्म पुगेर न्याय दिनसक्ने ल्याकत सहितको हुने गरेको विगतबाट देखिएको बताए। मन्त्री गिरीले कानूनको अध्ययन गर्ने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको भन्र्द अध्ययन समयदेखि नै महिलाहरुलाई न्यायको क्षेत्रमा लाग्नुपर्ने प्रेरणा दिन आवश्यक रहेको बताए।

उनले पछिल्लो समय कानून अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढेको भन्दै खुशी व्यक्त गरे।

उनले भने, ‘राज्यका सबै निकायमा समानुपातिक प्रतिनिधित्वको कुरा गर्‍यौँ। सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको कुराहरु हामीले गरेका छौँ। अहिले पनि न्यायको क्षेत्रमा हामीले जसरी न्यायाधीशहरुको नेतृत्व प्रदान गर्नुपर्ने हो त्यसमा अझै धेरै कमजोरीहरु रहेका छन्। यो यथार्थ हो। आजको दिनमा पनि १०.५ प्रतिशत मात्रै भनेर हामीले आँकडा मैले सुनेँ। यो अत्यन्त कम हो। यसो भन्दैमा हामीले यसको कलेजमा कानून पढ्ने विद्यार्थीदेखि नै महिलालाई यो क्षेत्रमा आकर्षित गर्न सकिएन भने सर्वोच्च अदालतमा एकैपटक धेरै न्यायाधीश हामीले खोजेर पाउँदैनौँ। तर पछिलो समयमा एउटा खुशीको कुरा के छ भने कलेजहरुमा पनि उल्लेख्य मात्रामा महिला कानूनका विद्यार्थी पाउँछौँ।’

मन्त्री गिरीले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशहरुलाई निश्चित रुपमा कार्यान्वयन गर्नका निम्ति र कानूनहरु निर्माण गर्नका निम्ति सरकारले प्राथमिकता दिएर काम गरिरहेको बताए।

उनले महिला न्यायाधीशहरुको वृद्धि विकास र क्षमता अभिवृद्धिका निम्ति गर्नुपर्ने कार्यक्रममा सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस