आइतबारदेखि मौसममा सुधार हुने
०८ चैत्र २०८०
•
२ मिनेट पाठ
आइतबारदेखि मौसममा सुधार हुने
मौसमविद्हरूले आइतबार बिहानदेखि काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा मौसममा क्रमिक रूपमा सुधार हुने अनुमान गरेका छन्।




आइतबार बिहान काठमाडौँमा घाम लाग्ने उनीहरूको अनुमान छ। वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार दक्षिण पूर्वमा विकसित भएको निम्न चापीय क्षेत्र (लो प्रेसर एरिया) र पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु प्रणालीको कारण काठमाडौं लगायत पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हल्का वर्षा, मध्यम वर्षा र केही ठाउँमा मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना शनिबारसम्म कायमै रहेको छ।

‘दक्षिण पूर्वी क्षेत्रमा निम्न चापीय क्षेत्र विकसित भएकोले  काठमाडौँ, मधेस र कोशी प्रदेशमा हल्का, मध्यम वर्षा भइरहेको छ भने पश्चिमी वायु प्रणालीको कारण पश्चिमी  र सुदूरपश्चिम  क्षेत्रमा हल्का, मध्यम वर्ष, मेघ गर्जन र चट्याङको सम्भावना आगामी शनिबारसम्म कायमै रहेको छ’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार देशभर साधरणतया बदली र फाट्टफुट्ट वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ। यसैगरी देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी शुक्रबार राती  बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा साधरणतया आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ। शुक्रबार राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना छ।

त्यस्तै शनिबार कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।  यसैगरी शनिबार कोशी  प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती  प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

शनिबार मधेस प्रदेश, कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा हावा हुरी आउने सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 
अर्को समाचार
आजबाट मौसममा पूर्ण सुधार हुँदै
०६ माघ २०७६
•
२ मिनेट पाठ
आजबाट मौसममा पूर्ण सुधार हुँदै
काठमाडौं – पश्चिमी न्युन चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आइबारदेखि पूर्ण सुधार हुने बताइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आइतबारदेखि मौसममा सुधार आउनेछ। हाल देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराइका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।




महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५.९ डिग्री र अधिकतम १६.६ डिग्री सेल्सियस रहेको छ। आइतबार सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ०.१ डिग्री सेल्सियसमा झरेको छ। आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली भएर बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबारदेखि पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ। मंगलबार पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस