भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी
०५ चैत्र २०८०
•
६ मिनेट पाठ
भेपमा सुन तस्करी : माओवादी संलग्नता देखाउने नै दोषी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (विद्युतीय चुरोट) मार्फत ल्याइएको तस्करीको सुन अनुसन्धानमा सघाउनेलाई नै सुन तस्करी चाँचबुझ आयोगले कारबाही सिफारिस गरेको छ।




सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा गठित आयोगले तस्करीमा माओवादी नेताहरूको ‘कनेक्सन’ पत्ता लगाउन सहयोग गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरूण पोखरेललाई नै कारबाही सिफारिस गरेको हो। आयोगले ६ महिना लगाएर तयार पारेको छानबिन प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

२०७९ पुसमा बरामद ई–सिगरेट (भेप) मा ल्याइएको तस्करीको सुन र गत साउनमा बरामद ६१ किलो तस्करीको सुनका विषयमा छानबिन गर्न सरकारले आचार्यको अध्यक्षतामा आयोग बनाएको थियो। गत साउनमा हङकङबाट बे्रक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन विमानस्थलबाट भन्सार पास भई बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो। सुनसहितको भेप विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्थामा चोरी भएको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड– ०५८७ बाट नेपाल आएका चिनियाँ ली हानसोङले लगेजमा राखी ई–सिगरेट (भेप) भित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएका थिए। विमानस्थल भन्सार कार्यालयले बरामद गरी राखेको अवस्था उक्त भेप गायब पारिएको थियो।

भन्सारका नासु रेवन्त खड्काले भन्सार एजेन्टसँगको मिलेमतोमा सुन गायब पारेको अनुसन्धानबाट खुल्न आएको थियो। भेपमार्फत ल्याइएको तस्करीको सुनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलसमेत जोडिएको भन्दै अनुसन्धान गर्न विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख पोखरेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्र पठाएका थिए।

पोखरेलले महराका बाबुछोरालाई अनुसन्धानको दायरामा ल्याउन सिआइबीलाई आग्रह गरेका थिए। उनले सुनसहितको भेप चोरीमा संलग्न भन्सारका कर्मचारीलाई पनि कारबाहीको दायरामा ल्याउन सिआइबीलाई निवेदन गरेका थिए।

सिआइबीले भेप प्रकरणमा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर विमानस्थल भन्सार कार्यालयमा रहेको भेप लिलामी गर्न दबाब दिएको खुल्न आएको उल्लेख छ। सिआइबी प्रतिवेदनमा महराका बाबुछोरा, भेपमा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली र अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित राखिएको छ।

महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर भेप ल्याउने लि आफ्नो व्यापारिक साथीको भएको र सके भेप छाडिदिन नभए लिलामीमा राखिदिन आग्रह गरेका थिए। महरा बाबुछोराले लीले बुढी गण्डकी जलविद्युत् आयोजनामा काम गर्ने मजुदरका लागि भेप ल्याएकाले छाडिदिन दबाब दिएका थिए। सिआइबीले अनुसन्धानका क्रममा कल डिटेल हेर्दा सुन तस्करसँग महरा बाबुछोराको कनेक्सन देखिएको र उनीहरूले भन्सार प्रमुखलाई दबाब दिएको खुल्न आएको थियो।

राहुल महराले भन्सार कार्यालयका कर्मचारीलाई फोन गरी सके भेप छाडिदिन। नसके लिलामीमा राखिदिन भनेको बयान सिआइबीलाई दिएका थिए। उनले ली चिनेजानेका मानिस भएका कारण भन्सारका कर्मचारीलाई छाडिदिन फोन गरेको तर उनको धन्दा के थियो भन्नेबारे आफू जानकार नभएको बताएका थिए।

भेप प्रकरणमा चिनियाँ नागरिक दाओजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेका थिए। भेपमा शंका लागेपछि विमानस्थल भन्सारले बरामद गरी लीलाई छाडेको थियो। भन्सारले छाडेपछि भेप छुटाउन लीले महरा बाबुछोरालगायतसँग सम्पर्क गरेका थिए।

बरामद भेपभित्रको करिब नौ किलो सुन भन्सार कार्यालयको स्टोरमा कार्यरत नायबसुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र सुरक्षागार्डसमेत मिलेर करिब ६ करोड रूपैयाँमा बिक्री गरेको पनि अनुसन्धानबाट खुल्न आएको थियो। उक्त सुन बेच्ने योजनाकार भन्सार एजेन्ट बस्नेत रहेको सिआइबी अनुसन्धानबाट खुलेको थियो।

उनले विमानस्थल भन्सार कार्यालयका नायबसुब्बा खड्कासँग मिलेर करिब नौ किलो सुन चोरी गरी बेचेका थिए। त्यो सुन चोरेर बेच्नुुअघि नै उनीहरूले महरा बाबुछोरालाई भन्न लगाएर लिलामीमा राख्ने कोसिस गरेका थिए। भेप फिर्ता गर्ने र लिलामीमा राख्ने दुवै प्रयास सफल नभएपछि त्यसभित्रको सुन झिकेर बेचिएको थियो।

पोखरेलाई कारबाही सिफारिस गरेको सुन तस्करी जाँचबुझ आयोगले कृष्णबहादुर महरालाई पनि पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन भनेको छ। महराको छोरा राहुल थुनामै छन्।

‘महराले सहयोग गरिदिनू भनेका हुन्’  : पोखरेल

म मिति २०७९-०५-२० गतेदेखि त्रिवि भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको पदमा कार्यरत रहिआएको छु। मिति २०७९-०९-१० गते फ्लाई दुबईको फ्लाई नम्बर एफजेड ०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हाङसोङले दुईवटा सुटकेसमा ७३ वटा बट्टामा ल्याएका ७३० थान इलेक्ट्रिक सिगरेट जफत भई मिति २०७९-१०-२९ गते मुद्दा तथा लिलाम शाखामा दाखिला भएको थियो।

उक्त इलेक्ट्रिक सिगरेट सो शाखामा दाखिला भएपछि नियमानुसार लिलाम वा नष्ट गर्ने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा विभिन्न व्यक्तिहरूले मालवस्तु लिलाम प्रक्रिया अगाडि बढाइदिई हामीलाई नै सकार गराइदिने वातावरण बनाइदिनू भनी मलगायत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद पौडेललाई समेत भनेका थिए।

सोही क्रममा कृष्णबहादुर महराले निजको मोबाइल नं. ९८५१२२४०५५ बाट फोन गरी मेरो छोरा राहुल महरा आउँछ, के रहेछ हेरिदिनू, सहयोग गरिदिनू भनी भनेका थिए। निज राहुल महराले मेरो मोबाइल नं. ९८४१२९५४१३ मा एसएमएस गरी म राहुल महरा हो, भेटेर कुरा गर्नु छ भनी म्यासेज पठाएका थिए।

मसँग पहिले चिनजान नभएको, आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले मेरो कार्यालयको कार्यकक्षमा आई भेटी सो इलेक्ट्रिक सिगरेट चाँडो लिलाम गरी मेरो समूहलाई नै दिलाइदिनु भनेका थिए। निज राहुल महरा ६÷७ पटक सोही विषयलाई लिएर कार्यालयमा दबाब दिएका थिए।

एक दिन निज राहुल महरा तीन जनासहित सोही विषयमा कुरा गर्न आउँदा कुरा गर्ने क्रममा नाम थरसमेत थाहा नभएका अ.५५ वर्षको मोटो शरीर भएको उचाइ ५.७ फिट भएको मंगोलियन जस्तो देखिने व्यक्तिले जफत भएको मालवस्तु रहेको सुटकेस हेर्नका लागि अनुरोध गरेका थिए।

सोपश्चात् निजलाई गोदाममा रहेको माल वस्तु किन हेर्नुपर्‍यो, तपाईंहरू पटकपटक किन यो कामका लागि आउनुभएको छ, सो सुटकेसमा कुनै शंकास्पद मालवस्तु रहेको छ कि, यसमा प्रहरीले समेत अनुसन्धान गर्ने कुरा रहेको छ भनी निजहरूको नियत बुझ्न भनिदिएको थिएँ। साथै, यदि आयोजनाका लागि इलेक्ट्रिक सिगरेट चाहिने भए बजारमा अरू पनि इलेक्ट्रिक सिगरेट पाउन सकिने भन्दा निजले होइन, यो जफत भएको इलेक्ट्रिक सिगरेट नै चाहिन्छ भनी जवाफसमेत दिएका थिए।

सोपश्चात् कुनै खास इलेक्ट्रिक सिगरेटका लागि उनीहरूको अत्यधिक चासो अस्वाभाविक लागेकाले सो मालवस्तुको सम्बन्धामा थप छानबिन गर्ने क्रममा गोदाममा रहेको इलेक्ट्रिक सिगरेट साटिएको अवस्थामा फेला पारी विस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकाले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचारसमेत गरेको हुँ।
अर्को समाचार
‘एक्सरे मेसिन’ जडान
१९ पौष २०८०
•
१ मिनेट पाठ
‘एक्सरे मेसिन’ जडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ। ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ।




विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको बताए।

उनले भने, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ। भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ।”

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५  विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा.पाण्डे बताए।

उनका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको छ।

यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ। विगतमा  जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस