घडियालसँग ‘प्रेम’ को प्रेम
०४ चैत्र २०८०
•
३ मिनेट पाठ
घडियालसँग ‘प्रेम’ को प्रेम
फाइल तस्बिर
लोप भएको झन्डै चार दशकपछि शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका २५ वटा घडियाल गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा पुनःस्थापना गर्दा तीन दशक लामो घडियाल संरक्षणमा सक्रिय ५८ वर्षीय प्रेम शर्मा अग्रपंक्तिमा थिए।




चौधर नदीमा गोही पुनःस्थापनको तयारी निकुञ्ज प्रशासनले गरिरहँदा नदीमा गोही छाड्ने क्रममा भने चितवनका प्रेम शर्मालाई अनुभवी व्यक्ति भन्दै सो कार्यमा अघि सारिएको थियो। जनप्रतिनिधि, स्थानीय प्रशासन र निकुञ्ज प्रशासनको रोहबरमा गोही छाड्ने काम शर्माले क्रमशः सावधानीपूर्वक केही समयमै पूरा गरे।  

५८ वर्षीय शर्मा घडियाल गोही स्थानान्तरणमा खटिएको यो पहिलोपटक भने होइन। चितवनस्थित घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा विगत ३१ वर्षदेखि गोहीको संरक्षण एवं संवद्र्धनमा खटिएका शर्माले आफ्नो जीवनको स्वर्णीम समय त्यसैमा खर्चिएको अनुभव सुनाए।

‘घडियाल स्थानान्तरणका क्रममा कहिलेकाहीं सामान्य चोटपटक व्यहोर्नुपरेको छ’, उनले भने, ‘वन्यजन्तु र लोपोन्मुख प्रजातिसँग दशकौं बिताउनु सामान्य होइन, मैले त झन् जीवन नै घडियाल संरक्षणमा बिताएँ।’ चितवन महानगरपालिका– ५ का स्थायीय शर्मा माझी (कार्यालय सहयोगी) पदमा अहिलेसम्म करारमा कार्यरत छन्।

‘घडियाल स्थान्तरणका क्रममा बबई, नारायणीका विभिन्न ठाउँमा पुगेको छु’, उनले भने, ‘अहिलेसम्म आफैं भएर सयौँ गोही स्थानान्तरणमा खटिएको छु।’ घडियाल संरक्षण एवं सोसम्बन्धी तालिम लिन चीनसम्म पुगेका शर्माले अन्यभन्दा आफूहरुको व्यवस्थापन सशक्त भएको बताए।

‘घडियाल संरक्षणमा सफल भए पनि ३१ वर्षसम्म स्थायी नहुँदा आफ्नो व्यक्तिगत जीवनमा पछि परेको आभास हुन्छ’, उनले भने, ‘स्थायीका लागि पटकपटक पहल भयो तर कार्यान्वयन भएन, अब जागिरबाट निस्किँदा जस्तो आए, त्यस्तै जाने भइयो।’

घडियाल गोहीको संरक्षण र त्यसको संख्या वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको प्रजनन केन्द्रकै कारण पर्या–पर्यटनमासमेत सहयोग पुगेको उनको भनाइ छ। ‘लोप हुँदै गएको घडियाललाई जोगाउन पनि चुनौतीपूर्ण छ’, शर्माले भने, ‘अहिले राप्तीमै बढी संख्यामा छन्।’  

शर्माले इकोसिस्टमलाई सन्तुलनमा राख्न घडियालको ठूलो भूमिका हुने गरेको बताउँदै प्रदूषित पानीमा घडियाल बस्न नरुचाउने गरेको जानकारी दिए। ‘जहाँ पानी प्रदूषित हुन्छ त्यहाँ घडियाल बस्दैन’, उनले भने, ‘बग्ने पानी जहाँ घडियाल बस्छ त्यो पानी पिउन योग्य छ भनेर बुझ्दा पनि हुन्छ।’ बासस्थान प्रदूषित हुँदै जाँदा नै घडियालको अस्तित्व सङ्कटमा परेको उनको भनाइ छ।

‘चितवनको प्रजनन केन्द्र रहँदासम्म घडियालको संरक्षण र संख्या वृद्धि हँुदै जाने छ’, शर्माले भने, ‘यदि त्यो बन्द भयो भने पाँच÷सात वर्षमा घडियाल अझ सङ्कटमा पर्नेमा शङ्का छैन।’ उनले आफूले सेवाभावले नै घडियाल संरक्षणमा लामो समयदेखि काम गर्दै आएको बताए।

शर्माले सरकारले पनि घडियाल गोही संरक्षणमा सक्ने सहयोग र पहल गरिरहेको बताए। सन् १९५० सम्म नेपाल, भारत, भुटान, पाकिस्तानका नदीमा घडियाल प्रशस्तमात्रामा पाइने गरेको भए पनि अहिले यो प्रजाति सङ्कटापन्न अवस्थामा छ। मानवीय चाप तथा सहरीकरण, औद्योगिकीरणबाट सिर्जित प्रदूषणलगायत कारणबाट यो प्रजाति लोप हुन पुगेको हो।

घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा विसं २०३५ मा स्थापना भएको हो। यहाँ रहेका घडियालले विसं २०५१ यता निरन्तर रुपमा बच्चा कोरली रहेका छन्। –रासस
अर्को समाचार
कतारलाई उपहार: ‘खगेन्द्रप्रसाद' र ‘रुद्रकली', दुवै जङ्गली रोनाल्डोका सन्तान
११ वैशाख २०८१
•
३ मिनेट पाठ
कतारलाई उपहार: ‘खगेन्द्रप्रसाद' र ‘रुद्रकली', दुवै जङ्गली रोनाल्डोका सन्तान
नेपाल सरकारले कतार सरकारलाई दुईवटा हात्ती उपहार दिने तयारी गरेको छ। गैंडालगायत विभिन्न प्रजातिका वन्यजन्तु तथा आखेटोपहार उपहार दिएको नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो। 




कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमणमा पहिलोपटक आज नेपाल आउन लागेका छन्। यी हात्ती औपचारिक रुपमा उनलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार, सौराहास्थित चितवन राष्ट्रिय निकुञ्ज हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसरमा हुर्किएका खगेन्द्रप्रसाद (भाले) र रुद्रकली (पोथी) हात्तीलाई कतार पठाउन लागिएको हो। 

‘सरकार र कतार बिचभएको एक किसिमको सम्झौता अनुसार यहाँका दुई वटा हात्ती कतार पठाउने तयारीमा छौँ,’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनमगरले भने, ‘कतार सरकारले चाहेको समयमा लैजाने गरी व्यवस्थापन भएको छ। यही दिन लैजाने भन्ने अझै यकिन छैन।’ 

हात्ती लैजानका लागि करिब एक वर्षदेखि तयारी थालिएको थियो। कतारका प्राविधिक यहाँ आएर हात्तीको अवस्थाबारे बुझेर गएको उनले बताए। ‘हात्ती लैजानका लागि कतारका प्राविधिक नेपाल आएर जानुभएको छ। हाम्रा प्राविधिक पनि कतार पुगेर त्यहाँको अवस्था बुझ्ने काम भएको छ,’ पुनले भने, ‘नेपाली प्राविधिकबाट कतारमा हात्तीको लागि उपयुक्त वातावरण भएको सुझाव प्राप्त भएको छ।’ उनले यहाँबाट लैजाने दुईवटै हात्तीको स्वास्थ्य रिपोर्ट कतार पठाएको बताए। 

यहाँबाट पठाउन लागिएका हात्ती जङ्गली हात्ती रोनाल्डोका क्रस हुन्। २०७६ माघमा पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा खगेन्द्रप्रसाद जन्मिएको थियो। पाँच वर्ष पुग्नै लागेका खगेन्द्रलाई जदुसिंह थारूले निरन्तर तालिम दिँदै हुर्काउँदै आएका छन्। खगेन्द्र मलीको तौल अहिले एक हजार एक सय ९० केजी रहेको छ। कोशीकलीले जन्म दिएपछि खगेन्द्रलाई तालिम केन्द्रमा राखेर प्रशिक्षण दिइएको हो। खगेन्द्र  हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र मध्येको एक हो। खगेन्द्रले पर्यटकहरूलाई फूलमाला लगाइदिएर आशीर्वाद दिनुका साथै नमस्ते र ढोग गर्ने गरेका छन्।

नेपाल सरकारले कतारका राजाको नेपाल भ्रमणको क्रममा दुईवटा हात्ती उपहार दिने निर्णय गरेसँगै खगेन्द्रको कतार यात्रा निश्चित भएको हो। कतार पठाउन लागिएको अर्को पोथी हात्ती रुद्रकली साढे पाँच वर्ष पुगेकी छ। हात्ती प्रजनन केन्द्रमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली तीन महिनाको छँदा पूजाकलीको मृत्यु भइसकेको छ।  त्यसले गर्दा उनलाई कुनै समस्या नहोस् भनेर कम्तीमा दुई जनाले रेखदेख गर्दै आइरहेका छन्। अहिले उसको तौल एक हजार दुई सय केजी रहेको छ। 

पूजाकलीको पाँच सन्तानमध्येको सबैभन्दा कान्छी रुद्रकलीको दिनचर्या पनि खगेन्द्रको जस्तै छ। खगेन्द्र र रुद्रकली दुवै स्वस्थ छन्। इमानदार, स्वस्थ र विदेशमा पनि सहज रूपमा बस्न सक्ने भएकाले यी दुई हात्तीलाई उपहार स्वरूप पठाउन लागिएको हो। यी दुवै हात्ती गत वर्ष तालिम लिनेमध्येका उत्कृष्ट हुन्। उनीहरूलाई कतार लैजानका लागि कम्तीमा ९ जना प्राविधिक आवश्यक पर्ने निकुञ्जले जनाएको छ। कतार सरकारले कार्गो प्रयोग गरेर लैजाने तयारी गरेको पुनले बताए। 

नेपाल सरकारले हात्तीसँगै उनीहरूलाई रेखदेख गर्दै आइरहेका माहुतेहरूलाई पनिसँगै कतार पठाउने तयारी गरेको छ। हालसम्म विभिन्न देशहरूलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ। हालसम्म सबैभन्दा धेरै २६ वटा गैँडा उपहार दिइएको छ। 
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस