नारायणगढको पोखरा बसपार्कस्थित एक होटलमा पुरुषको शव फेला परेका छ।
पोखरा बसपार्कमा रहेको न्यू दिप होटल एण्ड लजमा सुतेका माडी नगरपालिका ८ स्थित अयोध्यापुरीका ५५ बर्षिय लाल बहादुर रानामगर शनिवार मृत अवस्थामा फेला परेका हुन्।
शुक्रबार राती बास बसेका रानामगर शनिबार बिहान होटलको ५ नम्बर कोठमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
‘राती ८ बजे होटलमा बास बसेको देखिन्छ। बिहान खाना समेत नआएपछि हेर्न जाँदा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएका थिएु।’ चितवन प्रहरीले भनेको छ।
उनले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। अहिले माडीबाट उनका आफन्त आएपछि उनको शव भरतपुर अस्पतालमा ल्याइएको छ। आफन्तले जाहेरी दिएपछि पोस्माटम गर्ने तयारीमा प्रहरी रहेको छ।
घट्नाको छानविनका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।