‘झापा विद्रोहमा कम थिएन महिलाको योगदान’
२१ फागुन २०८०
•
४ मिनेट पाठ
‘झापा विद्रोहमा कम थिएन महिलाको योगदान’
इतिहासमा परिवर्तन ल्याउने झापा विद्रोहको अग्रदस्तामा पुरुषको नाम देखिए तापनि त्यसलाई सफल बनाउन क्रान्तिकारी जोशका साथ प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेका महिलाको चर्चा निकै कम हुने गरेको छ।




आजसम्म विद्रोहका बारेमा लेखिएका किताब तथा लेखमा पनि महिलाको भूमिकाका बारेमा त्यति उल्लेख गरेको पाइँदैन। वास्तवमा झापा विद्रोहमा महिलाको योगदान पुरुषकोभन्दा कम नरहेको नेपाल कम्युनिष्ट पार्टी ९एमाले० की केन्द्रीय सदस्य मेनुका काफ्लेले बताइन्।

उनका अनुसार लीला कट्टेल, सीता खड्का, गौरा प्रसाईं, जीवन घिमिरे, रिता खड्कालगायत वीराङ्गना विद्रोह सुरु हुनुअघि नै क्रान्तिको तयारीका लागि भूमिगत भइसकेका थिए। क्रान्तिकालमा सुरक्षित सेल्टर दिने र राज्यको दमन खेप्ने महिलाको साहसिक कथाको अझै खोजी हुन नसकेको उनको भनाइ छ।

'लीला कट्टेल त कोअर्डिनेसन केन्द्र (कोके) झापाकै कार्य समिति सदस्य हुनुभएको विभिन्न दस्तावेजले देखाउँछ। सीता र गौरा उमेरका हिसाबले कलिलै भएकाले उहाँहरु बालसेना (रेडगार्ड) मा आबद्ध भएर पार्टीले अह्राएका गतिविधि गरेको पार्टीको दस्तावेजमा उल्लेख छ', काफ्लेले भनिन्।

'झापा विद्रोहमा योगदान पुर्‍याउने महिलामा एकथरी कलिलो उमेरका विद्यार्थी थिए भने अर्काथरी श्रीमान् राजनीतिमा लागेपछि क्रान्तिकारी विचारबाट प्रभावित भएका पत्नी थिए', नेकपा एमाले सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाईंले भनिन्, 'यसबाहेक शिक्षकका रुपमा काम गरिरहेका र किसान महिला क्रान्तिमा होमिएका थिए।'

निरङ्कुश शासन भएको समाजमा महिलाले कम्युनिष्ट बनेर विद्रोहको राँको बोकेर हिँड्नु आफैँमा क्रान्तिकारी रहेको एमाले नेत्री लत्ता प्रसाईंले बताइन्। 'पुलिसको निगरानी छल्दै सेल्टरमा दु:खपूर्वक दिनरात बिताउनु र पार्टीको गतिविधिमा सहभागी हुने क्रममा महिलाले भोगेका एक/एक सास्तीहरु कथा बन्न सक्छन्', उनले भनिन्।

झापा विद्रोहका योद्धाहरुलाई खाना खुवाउने, सेल्टर दिने र उनीहरुको सन्देश गाउँहरुमा फिँजाउने काममा थुप्रै विद्यार्थी र पाका महिला सहभागी हुने गरेका प्रसाईंले जानकारी दिइन्। जीवन घिमिरे, विश्वश्वरा दाहाल, जानुका दाहाल, इन्दिरा चापागाईं, छायाँदेवी चापागाईं, नीरा प्रसाईं खरेल, रिता खड्का चौधरी, लक्ष्मी ढकाललगायत नेताहरु उक्त विद्रोहमा सहभागी भएका उनको भनाइ छ।

नेपालमा महिलाको योगदान जहिले पनि ओझेलमा पर्ने गरेको एमाले केन्द्रीय सदस्य काफ्लेले बताइन्। आन्दोलनको विगुल फुक्नुपर्दा र कठिन घडीमा महिलालाई अघि सार्ने गरिएको अनुभव उनले सुनाइन्।

'नारा र दस्तावेजमा महिला अधिकार र हितका कुरा धेरै पाइन्छन्', काफ्लेले भनिन्, 'जब आन्दोलनले सफलता पाउँछ, पद र अवसर वितरणका बेला महिलालाई बिर्सने गरिन्छ । घोषणापत्र र नारा भुल्ने गरिन्छ।'

झापा विद्रोहमा महिलाले गरेको त्याग, सङ्घर्ष र बलिदानीको हालसम्म पनि उचित खोजी र सम्मान हुन नसकेको महिलाहरुको गुनासो छ। झापा विद्रोहका साथै विसं २०४६ र २०६२/६३ सालको जनान्दोलन, १० वर्षे जनयुद्धलगायत विभिन्न आन्दोलनमा महिलाले अग्रणी भूमिका निर्वाह गरेका नेकपा ९माओवादी केन्द्र०की केन्द्रीय सदस्य लक्ष्मी न्यौपानेले बताइन्।

'जनयुद्धमा महिलाले बन्दुक बोकेर युद्ध मैदानको कमान्डसमेत सम्हालेका थिए। आन्दोलनपछि आएको राजनीतिक परिवर्तनमा महिलाले उचित सम्मान र अवसर पाउन सकेका छैनन्', उनले भनिन्।

झापा विद्रोहमा जेल परेका पाँच योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, बीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई विसं २०२९ फागुन २१ गते साँझपख झापा र इलामको सीमानास्थित सुखानी जङ्गलमा गोली हानेर हत्या गरिएको थियो। उक्त घटना भएको १७ वर्षपछि जनान्दोलनको बलमा मुलुकमा प्रजातन्त्र बहाली भएको जानकारहरु बताउँछन्।

प्रजातन्त्र बहाली भएको २६ वर्षपछि (२०७२ फागुन १९ गते) मात्र राज्यले सुखानीमा जीवनको आहुती दिएका ती पाँच योद्धालाई सहिदका रुपमा चिनेको नेकपा एमाले प्रदेश कमिटी सदस्य गणेश पोखरेलले बताए। उनका अनुसार सुखानी हत्याकाण्ड भएको सहादतस्थलमा पाँच विद्रोहीको सालिकसहित अग्लो स्मारक निर्माण गरिएको छ।

सालिक राखिनुअघि त्यहाँ पाँच वटा रुखको फेदमा फलामको बेराभित्र सिमेन्टको सानो स्मारक मात्र थियो। झापा विद्रोहलाई सम्झिएर विद्रोहीहरुप्रति श्रद्धासुमन अर्पण गर्न उक्त स्थानमा बर्सेनि हजारौँ मानिस जान्छन्। फागुन २१ गते उक्त स्थानमा विभिन्न कम्युनिष्ट पार्टीले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै आएका पोखरेलले जानकारी दिए। रासस
अर्को समाचार
सुखानीका सहिद सम्झँदै झलनाथ खनाल
२१ फागुन २०८०
•
१ मिनेट पाठ
सुखानीका सहिद सम्झँदै झलनाथ खनाल
वामपन्थी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सुखानी घटनाका प्रत्यक्षदर्शी हुन् । झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्। झापा विद्रोहका क्रममा सहादत प्राप्त गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठहरूको स्मरण गर्दै नेता खनालले उनीहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।  ५० वर्षअघि फागुन २१ गते सहिदहरुले सुखानीमा शहादत प्राप्त गरेका थिए।




नेता खनाल फागुन २१ को घटना यसरी सम्झन्छन्, ‘म ठीक त्यहि दिन कोअर्डिनेसन केन्द्र बनाउने बारेमा छलफल गर्न इलामबाट चिसापानी, गरुवा हुँदै झापा जाँदै थिएँ। गरुवा पुग्दा मलाई रोकियो। हजारौं यात्रीलाई बिहानैदेखि रोकिएका रहेछन्। यसको कारण हत्याकाण्ड रचिएको रहेछ। केही समयपछि छाडियो। म घटनास्थलमा पुगें। चारैतिर रक्ताम्मे थियो। रुख पातमा रगतका छिर्का परेको देखिन्थ्यो। बोझिल हृदय लिएर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरें।’

नेता खनाल फेरि सम्झन्छन्, ‘राजतन्त्रको ठाडो आदेशमा त्यो घटना अमानवीय, विवेकहीन र पासविक थियो। पञ्चायती शासकले ती सहिदहरूलाई जेलमा राख्ने र उहाँहरूको बाँच्न पाउने मानव अधिकारको वास्ता गरेनन्। यसरी अनेकौं ठाउँमा सयौं योद्धाको हत्या गरियो।’

नेता खनालले तिनै साहिदहरूको प्रेरणा, नेपाली जनताको अभूतपूर्व जागरण र संघर्षको परिणामस्वरुप ०६२–०६३ मा जनक्रान्ति सम्पन्न भई मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए।

समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार, विकृति विसंगतिलाई समुच्छेद गर्दै सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्ने सहिदहरूको सपना पूरा गर्ने समय आएको उनको भनाइ छ। उनी भन्छन्, ‘यसका लागि कम्युनिस्टहरू सबै एकताबद्ध भई सहिदहरूको सपना समाजवाद निर्माणमा दृढतापूर्वक अघि बढौं।’
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस