डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन
१७ फागुन २०८०
•
२ मिनेट पाठ
डेढ वर्षदेखि कार्यालय प्रमुखविहीन इलाका प्रशासन
डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ। कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय प्रमुखविहीन भएको हो।




कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन्। प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका छन्। कार्यालय प्रमुख हुँदा उक्त कार्यालयबाट दैनिकी ७० देखि ८० वटासम्म प्रतिलिपि र नयाँ नागरिकता  वितरण गर्दै आएको थियो। सो कार्यालयबाट नाबालक परिचयपत्र, जातीय प्रमाणितको सिफारिस, नागरिकता प्रतिलिपि, नयाँ नागरिकता वितरण गर्दै आएको छ।

इलाका प्रशासन कार्यालयबाट रंगेली नगरपालिका, सुनबर्सी नगरपालिका,  रतुवामाई  नगरपालिका, धनपालथान गाउँपालिकाको वडा नम्बर  २, ३ र ४ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर १ बासिन्दाहरूले सेवा लिँदै आएका छन्। तर, डेढ वर्षअघि रहेका कार्यालय प्रमुख उपेन्द्र राईको सरुवा भएपछि सोही कार्यालय रमेश कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको थियो।

कोइरालाको पनि अन्यत्र सरुवा भएपछि सोही कार्यालयका निर्मल खतिवडाले निमित्तको जिम्मेवारी पाएका थिए। उनले ६ महिनाका लागि जिम्मेवारी पाएका थिए। ६ महिनाको म्याद सकिएपछि पुनः ६ महिना थप गरेर कार्यालय सञ्चालन हुँदै आएको थियो। निमित्तका भरमा कार्यालय सञ्चालन हुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका थिए। 

खतिवडाको पनि १ वर्षे कार्यकाल समाप्त भएपछि अर्को नयाँ कार्यालय प्रमुख नआउँदा सेवाग्राहीहरूले समस्या भोग्दै आएका छन्। करिब १ महिनादेखि जिल्ला प्रशासन कार्यालय मोरङ (विराटनगर) बाटै एक जना अधिकृतले मंगलबार र शुक्रबार सेवा दिन थालेका छन्। गृह मन्त्रालयले अधिकृत नपठाउँदै सेवा लिन आउने सेवाग्राहीका काम ढिलासुस्ती हुने र दुःख सास्ती खेप्न बाध्य हुनु परेको छ।

गृह मन्त्रालयले अहिलेसम्म इप्रकामा शाखा अधिकृत नपठाउँदा कार्यालयमा काम लिएर आएका सेवाग्राही त्यसै घर फर्कन बाध्य भएका छन्। दरबन्दी अनुसारको अधिकृत नहुँदा इप्रकामा मात्रै नभई जिल्ला प्रशासन कार्यालयमा समेत समस्या भएको बताउँदै, सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रदीप साहले भने, ‘दरबन्दी अनुसारका अधिकृत नआउँदा समस्या भएको छ। स्वयम् जिल्लामै पनि ४ जनाको दरबन्दीमा २ जना मात्रै अधिकृत हुनुहुन्छ। उहाँहरूबाट काम लिही रहेका छौँ। रंगेली दुर्गम भएकाले पनि होला कोही पनि अधिकृत आउन नमान्नु भएको।’

रंगेलीमा १ जना अधिकृतको दरबन्दी भए पनि कोही पनि नआउँदा नायव सुब्बाबाट काम चलाउनु परेको छ। रंगेलीमा काम नरोकियोस् भनेर यहाँबाटै हप्ताको २ दिन अधिकृत पठाएर सेवाग्राहीको काम गरिरहेको बताउँदै, सूचना अधिकारी साहले भने, ‘लामो समयसम्म एक व्यक्तिलाई कार्यवाहक (निमित्त) दिन मिल्दैन। नायब सुब्बा निर्मल खतिवडाले करिब १ वर्षदेखि निमित्त भएर काम गर्दै आउनु भएको थियो। यहाँबाट कसैलाई पनि निमित्तको जिम्मेवारी दिन नमिल्ने भएको हुँदा गृह मन्त्रालयमा पत्र पठाएका छौँ। अधिकृत पठाइ दिन वा निमित्तको जिम्मेवारी दिनका लागि।’
अर्को समाचार
कर्मचारी व्यवस्थापन नहुँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
२७ पौष २०८०
•
३ मिनेट पाठ
कर्मचारी व्यवस्थापन नहुँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध
गृह–मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरिदिँदा इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएको छ। इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कको गत मङ्सिर १८ गतेदेखि र इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा यही पुस २४ गतेदेखि पूर्णरुपमा अवरुद्ध भएको हो।




अहिले दुवै इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित जनजाति प्रमाणीकरण एवम् सिफारिस, नाबालक परिचयपत्र प्रदानलगायत सम्पूर्ण प्रशासनिक सेवा रोकिएका छन्। ऐँसेलुखर्कका नायब सुब्बा राजेन्द्र भुर्तेलको कामु शाखा अधिकृत अवधि मङ्सिर १७ गते सकिएपछि दैनिक सेवा प्रभावित भएको हो।

इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध हुँदा गाउँपालिकाका सातैवटा वडाका नागरिक डेढ महिनादेखि समस्यामा परेको गाउँपालिकाका प्रमुख गिरेन्द्रबहादुर राईले जानकारी दिए। इलाका प्रशासन कार्यालय ऐँसेलुखर्कबाट नागरिकता सिफारिसलगायत प्रशासनिक सेवा रोकिएपछि प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ऐँसेलुखर्क पुगेर यही पुस ४ र ५ गते सेवा प्रदान गरेका थिए।

नासु भुर्तेलको कामु अवधि सकिएकै दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई कामु अवधि सकिएको जानकारी दिए पनि हालसम्म कुनै सुनुवाइ नभएको जनाइएको छ। 'शाखा अधिकृतको व्यवस्था गर्न वा कामु अधिकृत नियुक्त गरिदिन पुस १६ गते पनि मन्त्रालयलाई पत्राचार गरेका थियौँ। तर हालसम्म पत्रको सुनुवाइ भएको छैन', जिल्ला प्रशासन कार्यालका एक अधिकृतले भने, 'गृह–मन्त्रालयले दीर्घकालीन समस्या समाधान गर्नुपर्छ । म्यादी शाखा अधिकृत अधिकृतको जिम्मेवारी दिइरहे पुनः समस्या दोहोरिरहन्छ।'

यसैगरी, गृहले इलाका प्रशासन कार्यालय, खोटाङ बजारमा कार्यरत नायब सुब्बा मोहनबहादुर राईलाई छ महिनाका लागि दिएको कामु अवधि सकिएपछि नागरिकता वितरणलगायत प्रशासनिक सेवा रोकिएको छ। यसअघि शाखा अधिकृत नहुँदा गत असार २६ गतेदेखि इलाका प्रशासन कार्यालयको सेवा रोकिएको थियो।

गृहले बढीमा छ महिनाका लागि नासु राईलाई कामु मुकर्रर गरेर पत्र पठाएपछि गतसाउन २२ गतेदेखि नागरिकता वितरणलगायत सेवा सुरु गराइएको थियो। सो कामु अवधि यही पुस २० गते सकिएको जनाइएको छ।

कार्यक्रमका सिलसिलामा खोटाङ बजार पुगेका प्रमुख जिल्ला अधिकारी सुनारले पुस २१ र २२ गते नागरिकता जारी गरेका थिए। खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारमा रहेको इलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही समस्यामा परेका छन्।

इलाका प्रशासन कार्यालय खोटाङबजारको सेवा अवरुद्ध भएपछि सेवाग्राहीहरु काम नगरी फर्कन बाध्य भएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए। 'पुस २४ गते इलाका प्रशासन कार्यालय खोटाङबजार पुगेको थिएँ। त्यो दिन २२ जना सेवाग्राही काम नगरी फर्कन बाध्य भएका थिए', उनले भने, 'यो म्यादी कार्यालयबाट कहिलेदेखि जनताले ढुक्कसँग सेवा लिन पाउने ? एकै दिन २२  सेवाग्राही काम नै नगरी फर्किनु परेको दुःखद खबर छ। कतिको, कति अप्ठ्यारो परिस्थिति पनि हुन्छ।'

इलाका प्रशासन कार्यालयमा जिम्मेवार कर्मचारीको व्यवस्था नगर्दा अत्यावश्यक कामका लागि सेवाग्राही जिल्ला प्रशासन कार्यालय दिक्तेल पुग्नुपर्ने बाध्यता छ। इलाका प्रशासन कार्यालयको सेवा पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायमा पहल भइरहेको खोटेहाङ गाउँपालिका प्रमुख उदिम राईले बताए। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस