नेपाली सेनाले आयोजना गरेको ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयासको अवलोकनका लागि अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डर प्रमुख एड्मिरल नेपाल आइपुगेका छन्।
जर्नेल जोन सि अक्विलिनो र श्रीमतीसहित १८ सदस्यीय सैन्य टोली नेपाल आएको हो।
नेपाली सेनाले दिएको जानकारी अनुसार आफ्नै वायुसेनाको विमानमा उनीहरु नेपाल आएका हुन्। अमेरिकी वायुसेनाको कल साइन एसपीएआर १३ विमानमा १८ जना सैन्य टोली र चार जना चालक दलका सदस्य रहेको स्रोतले जानकारी दिएको छ। टोलीमा श्रीमती लौरा अक्विलिनो, क्याप्टेन मेल्भिन स्मिथ, लेफ्टिनेन्ट कर्नेल नोर्म रेनफ्रो, रिच बेरी, जेसन मोब्ले, कार्ल गारमन, एण्डेयु फ्रेल, डा.ओलिभर लि छन्।
त्यस्तै क्याप्टेन कैली रेन्स, स्यानोन स्मिथ, डेभिड रोड्रिगेज, ग्यारेट अथर्ले, डाइजिरो कानासे, डेभिड रान्ज, डेभिड इसोम, क्रिस्टल सिमान्स्की र ह्यामिल्टन रुल्लान कन्टे«ास पनि रहेका छन्। अक्विलिनोले पाँचखालमा मंगलबारदेखि आयोजित ग्लोबल पिस किपिङअन्तर्गत चौथो शान्ति प्रयास अवलोकनका गर्नेछन्। आगामी मार्च ४ तारिखसम्म हुने विशेष सैनिक अभ्यासमा नेपाल, अमेरिकालगायत विश्वका डेढ दर्जन मुलुकका सेनाको सहभागिता छ। जर्नेल अक्विलिनोले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतका उच्च सैनिक अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
फागुन ८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले ‘चौथो शान्ति प्रयास’ अभ्यासको उद्घाटन गरेका थिए। उद्घाटनको क्रममा प्रधानमन्त्री दाहालले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका थिए प्रधानमन्त्री दाहालले बहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने धारणा राखेका थिए। शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उनले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताएका थिए।
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्ति र समानताका लागि निरन्तर र जोडदार रूपमा वकालत गरेको र आगामी दिनमा पनि गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले नेपालको प्रतिबद्धता विश्वमा शान्ति र सद्भावका चाहनामा निहित रहेको बताएका थिए। नेपालले विश्व शान्ति, प्रगति र समृद्धिमा संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण योगदानको प्रशंसा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रसङ्घको शान्ति प्रयासमा नेपालले दृढतापूर्वक प्रतिबद्धता जनाउँदै आएको स्पष्ट पारेका थिए।