ललिता निवास क्षेत्रको जग्गा खाली गर्न काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
०९ फागुन २०८०
•
१ मिनेट पाठ
ललिता निवास क्षेत्रको जग्गा खाली गर्न काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम
काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न ७ दिने अल्टिमेटम दिएको छ।




महानगरले आज सूचना जारी गर्दै व्यक्ति, कम्पनी र संघसंस्थाहरूलाई ७ दिनभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर ४ मा रहेको ललिता निवास क्षेत्रको सरकारी जग्गा खाली गर्न भनेको हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद–१३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत दफा ९७ (१) ले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत संभार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानुनी दायित्व अनुसार जग्गा खाली गर्न भनिएको महानगरले जनाएको छ।

विशेष अदालत, काठमाडौँबाट वादी नेपाल सरकार र प्रतिवादी कलाधर देउजा समेत १७५ जना भएको ‘सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको’ मुद्दामा २०८० फागुन ३ गते भएको फैसलाबाट काठमाडौँ महानगरपालिका वडा नं.४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा जफत (सरकारी) भएको सूचनामा उल्लखे गरिएको छ।

सार्वजनिक स्थानमा छोड्ने सम्बन्धमा सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उक्त ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघ संस्थाहरु सो क्षेत्रबाट हटी सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्ने कार्यमा महानगरपालिकालाई सहयोग गर्नुहुन अनुरोध गरिन्छ।’

सूचनाले तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने पनि महानगरले जनाएको छ।
अर्को समाचार
जो विवादित, उही पुरस्कृत !
२४ फागुन २०८०
•
४ मिनेट पाठ
जो विवादित, उही पुरस्कृत !
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेपछि बनेको नयाँ सरकारमा विवादित व्यक्ति शक्तिशाली मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।




प्रधानमन्त्री दाहालले विगतमा विवादित छवि भएका व्यक्तिलाई नै लिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन्। अघिल्लो मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीलाई हटाउन विपक्षी दलले अल्टिमेटम दिएपछि त्यसलाई टार्दै नयाँ समीकरण गर्न पुगेका दाहालले विवादित व्यक्तिलाई आफ्नो मन्त्रिपरिषद्मा रोक्न सकेनन्।

माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र डिपी अर्याल, एमालेका रघुवीर महासेठ विवादित पात्र हुन्। उनीहरूलाई पार्टीले मन्त्री हुनबाट रोकेन।

समीकरणको सूत्रधारमध्येका एक पात्र पुनले अर्थ मन्त्रालय सम्हालेका छन्। उनको भूमिकालाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको छ। सुनकाण्डमा उनको परिवार जोडिएका समाचारहरू बाहिरिएका थिए। उनका आफ्नै भाइ प्रनिस पुनको नाममा भियना मल्टिपर्पस नामको सुन उत्खनन गर्ने उद्देश्य रहेको कम्पनी थियो।

सुन तस्करीको अभियोगमा थुनामा रहेका दावा छिरिङसँग प्रत्यक्ष सहकार्य रहेको थियो। अमला रोका, दीपक बुढा, सिसम रोकाको नाममा रहेको सो कम्पनीले सुनको खोजतलास गर्ने जनाएको थियो। यद्यपि विवादमा आएपछि वर्षमान पुनले आफू त्यसकार्यमा संलग्न नभएको जनाएका थिए।

मन्त्रिपरिषद्मा रहेका अर्का विवादित पात्र रघुवीर महासेठ हुन्। एमाले सचिवसमेत रहेका महासेठ अघिल्लो सरकारमा पनि भौतिक, निर्माण, योजना तथा यातायातमन्त्री थिए। त्यतिबेला गृह मन्त्रालयले ‘कामचोर’ ठेकेदारलाई पक्राउ गर्न खोज्दा उनले रोकेका थिए। अघिल्लो पटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा बदनाम भएका उनलाई तत्कालीन प्रधानमन्त्रीले पटकपटक चेतावनीसमेत दिएका थिए।

तर, महासेठले विभिन्न शक्ति केन्द्रहरूमार्फत प्रधानमन्त्रीलाई आफूलाई नहटाउन दबाब दिएका थिए। उनी व्यापारी तथा गैरआवसीय नेपाली नागरिक उपेन्द्र महतोका बहिनी ज्वाइँ भएकाले एमालेबाट पटकपटक फाइदा लिने मन्त्रीमा पर्छन्। पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाललाई महतोको घरमा गोप्य भेटघाट गराएकाले उनले अहिले शक्तिशाली मन्त्री हुने अवसर पाएका हुन्।

यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका रवि लामिछाने सबैभन्दा बढी विवादित पात्र हुन्। उनले यस पटक पनि गृह मन्त्रालय सम्हालेका छन्। सहकारी ठगीमा उनीविरुद्ध प्रहरीमा उजुरी कायम रहेका बेला मन्त्रालय सम्हालेपछि त्यस विषयमा छानबिन वा अनुसन्धान हुनेमा कुनै सम्भावना छैन। सूर्यदर्शन सहकारीलगायत सहकारीका मालिक गीतेन्द्रबाबु राईका व्यापारिक साझेदार रहेका रविलाई गृह मन्त्रालय दिएर तिनै सहकारी ठगीको अनुसन्धानमा पठाएको छ।

राई यतिबेला फरार रहेका छन्। प्रहरीले खोजतलासको क्रममा राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ। अघिल्लो पटक अमेरिकी नागरिकता त्याग नगरी पुरानो नागरिकता लिएर चुनावमा भाग लिएकाले लामिछानेको मन्त्री र सांसद पद गएको थियो। अटेरी स्वाभावका लामिछानेले दोहोरो पासपोर्ट लिएका थिए।

सो विषयमा उनले आफूमाथि अनुसन्धान गर्न पटकपटक भन्दै आए पनि उनलाई सरकारी संरक्षणमै सुल्झाइएको थियो। सहकारी ठगी प्रकरणमा आफू नजोडिएको र सहकारी पीडितले न्याय पाउनुपर्ने माग गर्दै आएका थिए। साथै उनी सरकार बाहिर हुँदा गृहमन्त्रीले जिबी राईलाई पक्राउ गर्न छाडेर आफूलाई आक्रमण गर्न लागेको भन्दै तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध खनिएका थिए।

यही मन्त्रिपरिषद्मा रहेका अर्का विवादित पात्र हुन डिपी अर्याल। उनले श्रम मन्त्रालय सम्हालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका अर्यालले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको आरोप लागेको थियो। पार्टीबाट निष्काशित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा अर्यालले सो रकम लिएको दाबी गरेका थिए।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रूपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछि चर्चामा आएका डा. ढाकाकुमारले सभापति रवि लामिछाने निकट अर्याल र महासचिव मुकुल ढकाललाई पार्टी कार्यालय र रेस्टुरेन्टमै पुगेर पैसा दिएको दाबी गरेका थिए। सो विवाद आएपछि रास्वपाले ढाकाकुमारलाई सांसदबाट हटाएको थियो। साथै महासचिव ढकालले सामाजिक सञ्जालमा मानप्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको भन्दै त्यसको खण्डन गरेका थिए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस