जुम्लाको चन्दनाथ मन्दिरमा सात वर्ष अघि चोरी भएका पुरातात्विक महत्वका तीन वटा मुर्ति अझै भेटिएका छैनन्। २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरका २१ वटा मुर्ति चोरी भएका थिए।
चन्दननाथ भैरवनाथ गुठी कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यका अनुसार २००६ साल लेखिएको सरस्वतीको मुर्ति, सुनले बेरिएको सालिग्राम सहितको मुर्ति र रिद्धिसिद्धि त्रिसुल बन्चरो हातमा लिइएको गणेशको मुर्ति अझै नभेटिएको हो।
मन्दिरमा मुर्ति चोरी भएको सात वर्ष बितिसक्दा पनि मुर्ति नभेटिनु दुःखद भएको उनले बताए।
‘कर्णालीको प्रसिद्ध मानिएको चन्दननाथ मन्दिरमा आन्तरिक तथा बाहृय पर्यटकहरुको घुँइचो लागिरहेको हुन्थ्यो। मन्दिरको दर्शन गरे मनोकामना पुरा हुने विश्वास थियो। तर एकाएक धेरै संख्यामा मुर्ति चोरी हुँदा मन्दिरको शोभा नै घटेको छ। भक्तालुहरुको विश्वास टुटेको अनुभुति भइरहेको छ’, उनले भने।
मुर्ति चोरी घटनाको अनुसन्धान सीआइबीले गरेको थियो। अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन गरिनुका साथै स्थानीय धार्मिक कर्महरु समेत प्रयोग भएका थिए।
मुर्ति चोरी भएको एक महिनापछि पुस १९ गते गुठीचौर-५ स्थित देपालगाउॅको डुम्रेखोलाका खेतहरुमा १४ वटा मुर्तिहरु भेटिए।
२०७६ माघ महिनाको ६ गते चन्दननाथ १० को दानसाँघुमा मन्दिरको दत्रातयको मुख्य मुर्ति भेटियो। ती मुर्ति पुजाआजाका साथ मन्दिरमा भित्र्याइयो।
२०७७ कात्तिक २२ गते चन्दननाथ-१० को बोहोरागाउँमा दुइ वटा मुर्ति भेटिए। तर पुराना तीन वटा मुर्ति भने अझै भेटिका छैनन्।
‘चोरी भएका तीन मुर्तिबारे प्रहरी अनुसन्धानले पनि केही बोलेको छैन। भक्तालुहरु आएर मुर्ति पाइए नपाइएको बारेमा चासो राख्छन्। तर केही बोल्ने आधार नै छैन’, उनी भन्छन्।
आचार्यका अनुसार सीआइबीले अनुसन्धानको कुनैपनि प्रगति मन्दिरमा दिएको छैन। ‘पाइएका मुर्तिहरुको रेकर्ड राख्ने कार्य भइरहेको छ तर नभेटिएका महत्वपुर्ण मुर्तिको बारेमा कुनै खबर छैन।’ उनले भने।
मुर्ति चोरीमा संलग्न भएको आरोपमा पॉच जनालाई नियन्त्रणमा लिएर कारागार चलान गरेर सजाय अवधि पुरा गरेर छोडिएको छ। तर मुर्ति अझै भेटिएका छैनन्।
चन्दननाथ भैरवनाथ मन्दिरका गुठी समितिका अध्यक्ष अमर थापाले नभेटिएका मुर्तिको अनुसन्धान घनीभुत बनाउन माग गरेका छन।
‘चोरिएका अधिकांश मुर्तिहरु भेटिनु तर तीन वटा मुर्ति मात्रै अहिलेसम्म नभेटिनुको कारण पत्ता लगाएर मुर्ति मन्दिरमा फिर्ता गर्ने वातावरण बनाउन सीआइबीलाई आग्रह गरेका छौं।’ उनी भन्छन्।
उनका अनुसार मन्दिर सुरक्षाको लागि पछिल्लो समयमा सीसी क्यामरा जडान गरिएको छ। प्रहरी हवलदारको नेतृत्वमा तीन जना प्रहरी समेत खटाइएको छ।
चन्दननाथ मन्दिरमा रहेका मुर्तिहरु पुरातात्विक महत्वका कतिवटा छन् ? कुन सालमा बनेका हुन ? भन्ने बिषयमा पुरातत्व विभागबाट विज्ञहरु बोलाएर छुट्याउन लागेको उनले सुनाए।
मन्दिर सुरक्षाको लागि आवश्यक पर्ने संरचनाको डिपीआर बनाउने देखि आन्तरिक तथा बाहृय पर्यटकहरुको व्यवस्थित प्रवेशको लागि लकबुकको व्यवस्थापन भएको छ।